लकडाउनमा १८ सटरको तीन लाख भाडा छुट दिने धनगढीका मनकारी मिश्र दम्पती

Mishra Couple
Mishra Couple
June 29, 4:41

धनगढी, असार १५ – धनगढीका एक दम्पतीले व्यावसायिक प्रयोजनका लागि लिँदै आएको सटर भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्। मिश्र जनरल स्टोरका सञ्चालक खेमराज मिश्र र पत्नी कुर्मा मिश्र दाहालले धनगढीको साल्ट ट्रेडिङ अगाडि रहेको धनगढी सुपर मार्केट मा रहेका १८ वटा सटरको भाडा लकडाउनको तीन महिना अवधिको ५० प्रतिशत छुटको निर्णय गरेका हुन्।

मिश्र दम्पतीले ती सटरबाट मासिक २ लाख भाडा उठाउँदै आएका थिए। कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लागू गरिएको लकडाउनमा व्यवसायीहरूले व्यापार गर्न नपाएकोले चैत, वैशाख र जेठको भाडामा राहत पुगोस् भनेर सो निर्णय गरिएको उनीहरूले बताएका छन्। 

 सुपर मार्केटमा व्यवसाय गरिरहेका दीपक वाच सेन्टरका सञ्चालक दीपक मण्डलले भाडामा भएको छुटले राहत पुगेको बताए। मिश्र दम्पतीले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउन्डेसनलाई एक लाख रुपैयाँ सहयोग गरेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा