बिश्वविद्यालयको स्थगित परीक्षा असोजभित्र

TU
TU
July 17, 2:31


२ साउन २०७७
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिनुभयो ।

विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ । सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर परीक्षा लिनेगरी सञ्चालन गरिने नियन्त्रक जोशीले जानकारी दिनुुभयो । यसका साथै वार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको परीक्षा अनलाइनमा गर्न समस्या देखिएकाले विद्यार्थी परीक्षा हलमै उपस्थित हुनुपर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुुभयो ।

साथै स्थगित परीक्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्नातक तथा स्नातकोत्तर तह तथा सेमेस्टर प्रणालीमा सञ्चालित बाँकी विद्यार्थीको परीक्षा लिइने भएको छ । यो परीक्षा दशैँपछि सञ्चालन गरिने जानकारी त्रिविले दिएको छ ।

विश्वविद्यालयले यसको औपचारिक सूचना साउन ७ गतेपछि दिने भएको छ । सरकारले कोरोना भाइरसको नियन्त्रणमा तथा व्यवस्थापनका लागि जारी बन्दाबन्दीको पछिल्लो समय साउन ७ गते सकिने भएकाले त्यसपछि कार्यतालिका सार्वजनिक गर्ने योजनामा आफूहरू रहेको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो ।

विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विद्यार्थीलाई जोगाउँदै सामाजिक दूरी कायम गरेर भए पनि परीक्षा लिने र परीक्षा केन्द्रसमेत थप गर्ने योजना बनाएको छ । परीक्षा नियन्त्रक जोशीले विद्यार्थीको अबको परीक्षा सामाजिक दूरी कायम गरेर लिइने बताउनुभयो । यसबाट विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन सकिने र परीक्षा लिनसमेत सहज हुने परीक्षा नियन्त्रक जोशीले बताउनुभयो ।




सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा