प्याब्सन,एनप्याबसन र ईस्टु बिच सहमती, संयुक्त बिज्ञप्ति जारी

बिग्यप्ती
बिग्यप्ती
July 19, 10:56


४ साउन,२०७७
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन( प्याब्सन), रास्ट्रीय निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन ( एनप्याबसन) र संस्थागत विद्यालय शिक्षक युनियन ( इस्टु) बिच आइतबार चार बुदामा सहमति भएको छ।

निजि विद्यालयहरुमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई साउन देखि बेतलबी विदा दिने निर्णय प्याब्सन र एनप्याबसनले फिर्ता लिने भएपछि सहमती जुटेको हो।

सहमति पछि तीन वटै संगठनका अध्यक्ष द्वारा जारी संयुक्त प्रेस बिज्ञप्तिमा प्याब्सन र एनप्याब्सनले निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको २०७६ चैतसम्मको बक्यौता तिर्न आफ्ना सदस्य विद्यालयहरूलाई निर्देशन दिने उल्लेख छ। लकडाउन अवधीको तलब सुविधाबारे छलफल गर्न कार्यदल गठन गरिएको छ ।
सहमति भए सङगै संस्थागत विद्यालय शिक्षक युनियनले प्याब्सन र एनप्याब्सनको निर्णयको बिरोधमा घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

आफुहरुले नेपाल सरकार समक्ष पेस गरेका पेशागत र व्यावसायिक हितका साझा माग तथा विद्यालय भौतिक रुपमा खोल्ने लगायतका विषयमा सहकार्य गर्दै जाने निर्णय भएको समेत तीन वटै संगठनहरुद्वारा जारी संयुक्त बिज्ञप्तिमा उल्लेख छ ।

सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै निजि विद्यालयहरुका साझा संगठन प्याब्सन र एनप्याब्सनले साउन १ बाट अनलाइन कक्षा लगायतका बैकल्पिक सिकाइ कार्यक्रम बन्द गर्नुका साथै शिक्षक तथा कर्मचारीलाई बेतलवी विदा दिने निर्णय गरेका थिए।

लगतै संस्थागत विद्यालय शिक्षक युनियनले निर्णय सच्याउन तीन दिने अल्टिमेटम दिएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा