शिक्षक सेवा आयोग तयारी सामग्री

aayog
aayog
July 19, 11:42

 साउन४,२०७७

रामचन्द्र शाही, धनगढी 

शिक्षा सम्बन्धि सामान्य ज्ञान
१. शिक्षकका सक्षमताहरु मध्ये पहिलो सक्षमता कुन हाे ?
👉️ बिषय बस्तुकाे ज्ञान

२.नेपालमा सर्बप्रथम चिनिया भाषा पढाउने ब्यबस्था कहिले देखि भएको थियो?
👉️ बि.स.२०३२ देखी

३. जुद्दोदय पब्लिक स्कुल कहिले र कसले खोलेका थिए?
👉️ बि.स.१९९५ चैत २६ तिर्थराजसिंह सुवाल

४. आदर्श बिद्यालय कहिले बिराटनगरमा सारिएको थियो ?
👉️ बि.स १९९२

५.नेपालका प्रथम शिक्षा सहिद को हुन?
👉️ चिनियालाल सिंह

६.दुनियाका तर्फबाट प्राइभेट स्कुल खडा गर्न खड्ग निशाना रिपोर्ट कहिले सदर भएको थियो?
👉️ बिस. १९९५/१२/२८

७. इन्स्पेक्टर अफ स्कुलको स्थापना कहिले भएको थियो?
👉️ बि.स.१९९८

८. दरबार स्कुल स्थापनाको समयमा अध्यापनको माध्यम भाषा के थियो?
👉️ अङ्ग्रेजी

९. कृषि स्कुलको स्थापना कहिले र कसले गरेका हुन?
👉️ बि.स. १९८९ जुद्दशमशेर

१०. नेपालको पहिलो मन्टेश्वरी स्कुलका प्रथम प्रधानाध्यापक को थिए?
👉️ के यु भाम्रा

११. पद्मकन्या कलेज कहिले स्थापना भएको थियो?
👉️ बि.स.२००८

१२. नेपालमा कहिले देखि राजपत्र प्रकाशन सुरु भएको थियो?
👉️ बि.स २००८ असाेज १८

१३. नेपाल रास्ट्रीय शिक्षक शिक्षण केन्द्र ताहाचलमा कहिले स्थापना भयो?
👉️ बि.स.२०११/५/२४

१४. पोखरा मल्टिपर्पस स्कुल कहिले उद्घाटन भएको थियो?
👉️ बि.स. २०१५ पाैष २८

१५. नेपालको पन्चायती संविधान कहिले जारी भएको थियोे ?
👉️बि.स.२०१९ पाैष १

१६STEP के सङ्ग सम्बन्धित छ?
👉️ बिज्ञान शिक्षण सुधार कार्यक्रम

१७. PRIME के सङ्ग सम्बन्धित छ?
👉️ गणित शिक्षण सम्बन्धि

१८. शिक्षण अधिकार पत्र सुरुमा कति अञ्चलका कति जिल्लामा लागू भएको थियो?
👉️ ३ अञ्चलका २० जिल्लामा

१९. लिच्छवि कालमा शिक्षाको ब्यवस्था हेर्ने प्रशासनको अङ्गलाई के भनिन्थ्यो?
👉️ अग्रहार

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा