लोकसेवा तथा शिक्षकसेवा आयोग तयारीका लागि उपयोगी प्रश्न र उत्तरहरु

ख्प्तड
ख्प्तड
July 21, 10:40

धनगढी ६ साउन २०७७
१. त्रिभुवन विश्वविद्यालयले आैपचारिक रुपमा प्रमाणपत्र तह कहिले खारेज गर्‍यो ?
👉️ बि.स.२०६७/४/७

२.नेपालकाे राष्ट्रिय झण्डाका डिजाइनर काे हुन ?
👉️ शंकरनाथ रिमाल

३. पाठ्यक्रमलाई उद्देश्यका रुपमा ब्याख्या गर्ने पहिलाे ब्यक्ति काे हुन ?
👉️ हिल्डा टावा

४. प्राबिधिक तथा ब्यवसाहिक तालिम नीति २०६९ मा कतिवटा उद्देश्य तय गरिएको छ ?
👉️ ३ वटा

५. २०५८ काे जनगणना अनुसार नेपालको साक्षरता कति प्रतिशत थियोे ?
👉️ ५४%

६. राष्ट्रिय साक्षरता अभियान कहिले बाट सुरु गरिएको हाे ?
👉️ आर्थिक बर्ष २०६५/६६

७. लिच्छविहरुकाे शासन केन्द्र कहाँ थियोे ?
👉️ गाेकर्ण

८. राष्ट्रिय शिक्षा अायाेग २०४९ दोस्रोपटक गठन हुदा आयोगका अध्यक्ष काे थिए ?
👉️ रामहरी जाेशी

९. शिक्षण पेशामा नलागेकाहरुकाे निम्ति दिईने शिक्षण सम्बन्धि तालिम कस्तो तालिम हाे ?
👉️ पुर्बसेवाकालिन तालिम

१०. च्यासा पास के संग सम्बन्धित छ ?
👉️ नेवारी पुस्तकालय संग्रह

११. नेपालकाे सबै भन्दा सानाे मुर्ति कुन मुर्तिलाई मानिन्छ ?
👉️ बिश्वरुपकाे मुर्ति

१२. प्रथम विश्वबिद्यलय याेजना कमिसन कहिले खडा गरिएको थियोे ?
👉️ बि.स. २००५/५/१०

१३. शिक्षकहरुकाे कार्यक्षमता मुल्यांकन गर्ने जिम्मेवारी कसकाे हुन्छ ?
👉️ सम्बन्धित विद्यालय निरीक्षकको

१४. बिद्यालय क्षेत्र बिकास याेजना (२०७३-८०) सुरुमा कति बर्षका लागि भनेर स्थापना गरिएको थियोे ?
👉️ ५ बर्ष

१५. बिद्यालय शिक्षकहरुलाई करारमा नियुक्ति गर्ने ब्यवस्था शिक्षा नियमावली २०५९ काे कतिअाै संसाेधनले गरेकाे हाे ?
👉️ छैटौं (२०६७/१०/९)

१६. विशेष शिक्षा परिषदकाे सचिवालय कहा रहेकाे छ ?
👉️ शिक्षा बिभाग

१७. बाज बराहा तिर्थस्थल कुन जिल्लामा पर्छ ?
👉️ राेल्पा

१८.निजामती अस्पताल कुन देशकाे सहयोगमा स्थापना भएको हाे ?
👉️ चिन

१९. CTEVT काे बार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने अधिकार कसलाई दिएको छ ?
👉️ सभा

२०. शैक्षिक गुणस्तर परिक्षण केन्द्रमा हाल कति दरबन्दी रहेका छन?
👉️ ३१ जना

२१. घाेडे जात्रा कहिले मनाइन्छ ?
👉️ चैत कृष्ण चतुर्दशीका दिन

२२. अनैपचारिक प्रथामिक शिक्षा उत्तिण गर्ने बिद्यार्थीले अाैपचारिक बिद्यालयमा कति कक्षामा भर्नाे हुन पाउछ ?
👉️ ६ कक्षा

२३. नेपाली भाषाकाे सबैभन्दा ठुलो शब्दकोष "नेपाली शब्द सागर " का लेखक काे हुन ?
👉️ बसन्तकुमार शर्मा नेपाल

२४. तत्कालीन नेकपा माअाेबादी र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता कहिले भएको थियो?
👉️ बि.स. २०६३/८/५

२५. विशेष शिक्षा परिषद्काे अध्यक्ष काे हुन्छ ?
👉️ शिक्षा मन्त्री वा राज्यमन्त्री

प्रश्न संकलन: रोशन कार्की
सम्पादन: रामचन्द्र शाही 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा