नेपालको संविधान २०७२ सम्बन्धि महत्वपूर्ण सामान्यज्ञान

संविधान
संविधान
July 25, 2:13


२०७७ साउन, १०
१) नेपालको संविधान २०७२ मा कति भाग कति धारा र कति अनुसूचि रहेको छ?
- ३५ भाग ३०८ धारा र ९ अनुसूची।
२) नेपालको संविधान २०७२ कहिले जारी गरियो?- - - - -२०७२ साल असोज ३ गते।
३) नेपालको कुन संविधानको पछाडी साल वा वर्ष लेखिएको छैन?
- नेपालको संविधान २०७२
४) नेपालको संविधान २०७२ संविधान सभाबाट कहिले पारित गरिएको थियो?
- २०७२ भाद्र ३० गते।
५) नेपालको संविधानको पक्षमा कति दलका कति जना सभासदले हस्ताक्षर गरेका थिए?
- ३० दल मध्ये २० दलका ५३७ जना।
६) नेपालको संविधान २०७२ मा कहिले प्रथम संशोधन गरियो?
-२०७२ माघ ९ गते।
७) प्रथम संशोधनबाट कुन कुन धाराहरु संशोधन गरिएको थियो?
- धारा ४२, ८४ र धारा २८६ मात्र।
८) नेपालको संविधानको पहिलो संशोधन कहिले राष्ट्रपतिबाट प्रमाणिकरण गरिएको थियो?
-२०७२ फाल्गूण १६ गते।
९) नेपालको संविधान २०७२ को अनुसूची १ के संग सम्बन्धित छ?
- नेपालको राष्ट्रिय झण्डा।
१०) नेपालको संविधान २०७२ को अनुसूची २ के संग सम्बन्धित छ?
- नेपालको राष्ट्रिय गान।
११) नेपालको संविधान २०७२ को अनुसूची ३ के संग सम्बन्धित छ?
- नेपालको निशाना छाप।
१२) नेपालको संविधान २०७२ को अनुसूची ४ के संग सम्बन्धित छ?
- प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरु।
१३) नेपालको संविधान २०७२ को अनुसूची ५ के संग सम्बन्धित छ?
- संघको अधिकार सूची।
१४) नेपालको संविधान २०७२ को अनुसूची ६ के संग सम्बन्धित छ?
- प्रदेशको अधिकार सूची।
१५) नेपालको संविधान २०७२ को अनुसूची ७ के संग सम्बन्धित छ?
- संघ र प्रदेशको साझा अधिकार सूची।
१६) नेपालको संविधान २०७२ को अनुसूची ८ के संग सम्बन्धित छ?
- स्थानीय तहको अधिकार सूची।
१७) नेपालको संविधान २०७२ को अनुसूची ९ के संग सम्बन्धित छ?
- संघ, प्रदेश र स्थानीय तहो साझा अधिकार सूची।
१८) नेपालको संविधान २०७२ मा भाग १ कति धारा देखि कति सम्म रहेको छ?
- १ देखि ९ सम्म।
१९) नेपालको संविधान २०७२ को धारा १ (१ ) अनुसार संविधान कस्तो कानून हो?
- मूल कानून।
२०) नेपालको संविधान २०७२ को धारा १ (१ ) अनुसार संविधानसंग बाझिने कानून बाझिएको हदसम्म के हुन्छ?
- अमान्य।
२१) नेपालको संविधान २०७२ को धारा १ (२ ) अनुसार संविधानको पालना गर्नु प्रत्येक नागरिकको के हो?
- कर्तव्य।
२२) नेपालको संविधान २०७२ को धारा २ अनुसार सार्वभौमसत्ता र राजकीय सत्ता कसमा निहित छ?
- नेपाली जनतामा।
२३) नेपालको संविधान २०७२ को धारा ३ अनुसार नेपाल राष्ट्रको परिभाषा के हो?
- बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा एक राष्ट्र हो।
२४) नेपालको संविधान २०७२ को धारा ४ अनुसार नेपाल कस्तो राज्य हो?
- नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।
२५) नेपालको संविधान २७२ को धारा ४ बमोजिम धर्मनिरपेक्ष भन्नाले के बुझिन्छ?
- सनातन देखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, साँस्कृतिक स्वतन्त्रता संझनु पर्दछ.
२६) नेपालको संविधान २०७२ को धारा ५(१ ) अनुसार कस्ता विषयहरु राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्?
- नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालको हकहितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितको आधारभूत विषय हुनेछन्।
२७) नेपालको संविधान २०७२ को धारा ५(२ ) अनुसार राष्ट्रिय हितको प्रतिकूल आचरण र व्यवहार के हुनेछ?
- संघीय कानून बमोजिम दण्डनीय।
२८) नेपालको संविधान २०७२ को धारा ६ बमोजिम राष्ट्रभाषा भन्नाले के बुझिन्छ?
- नेपालमा बोलिने सबै मातृभाषाहरू ।
२९) नेपालको संविधान २०७२ को धारा ७ (१) बमोजिम सरकारी कामकाजको भाषा भन्नाले के बुझिन्छ?
- देवनागरी लिपिमा लेखिने नेपाली भाषा ।
२०) धारा ७(२) बमोजिम नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने भाषा एक वा एक भन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम के निर्धारण गर्न सक्नेछ?
- सरकारी कामकाजको भाषा ।

साभार: नेपालको संविधान २०७२ 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा