लकडाउन अबधिको महसुल र घरभाडा छुट दिन होटल तथा पर्यटन ब्यबसायिको आग्रह

सुदुर
सुदुर
July 26, 10:24

बिग्य्प्ति
११ श्रावण २०७७, आईतवार
होटल तथा पर्यटन व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेशले लकडाउन अबधिको घरभाडा र महसुल छुट गर्न सरोकारवालासङ्ग आग्रह गरेको छ।
कोभिड -१९को जोखिम बाट नेपाली जनतालाइ सुरक्षित राख्न नेपाल सरकारले लागू गरेको लकडाउनले होटल तथा पर्यटन क्षेत्रमा ठुलोआर्थिक क्षेती भएको जनाउदै सो अबधिको खानेपानी, विद्युत, टेलीफोनको महसुल र घरभाडामा छुट दिन आग्रह गरिएको हो।
महासंघका सुदुरपश्चिम् प्रदेश अध्यक्ष दिपकबहादुर खड्का द्वारा आइतबार जारी प्रेस बिज्ञप्तिमा लकडाउनको कारणले सुदुरपश्चिम प्रदेशभरी २० अर्ब लगानीका करिब ७ हजार ब्यबसाय प्रत्यक्ष रुपमा प्रभावित भएको बताइएको छ।सो ब्यबसाय सङ्ग सम्बन्धित ४५ हजार जनशक्ति बेरोजगार रहेको र ४ अर्ब २० करोड बराबरको क्षेती भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
कोभिडले पारेको प्रभाबले संचालन हुन नसकेका होटल तथा पर्यटन ब्यबसायलाई पुनर्जीवित गर्न तिनै तहका सरकारहरुसङ्ग मागहरू राखेको भएपनि सरकारबाट आफुहरुको मागको सुनुवाइ नभएको होटल तथा पर्यटन ब्यबसायी सुदुरपश्चिम प्रदेश अध्यक्ष दिपक खड्काले बताए।
अध्यक्ष खड्काले भने"बन्दाबन्दिकाे ४ महिनामा करिव ४ अर्व बढिकाे क्षति हाेटल क्षेत्रले मात्रै ब्यहोर्नुपरेकाे छ । केन्द्र सरकारकाे नजरमा उपेक्षित सुदुरपश्चिम , प्रदेश तथा स्थानीय सरकारकाे नजरमा पनि पर्न नसक्नु दुर्भाग्य हाे ।अथाह पर्यटकिय गन्तव्य रहेकाे प्रदेशमा पर्यटनकाे नाममा कुलदेउताका भराण र कृषिका नाममा स- साना कुलेसा बनाउनमा प्रदेश सरकार अल्झिनुले अझै सुदुरपश्चिम १ पुस्ता पछाडि धकिलिने निश्चित छ ।"
नेपाल रास्ट्रबैंक द्वारा जारी २०७७/०७८को मौद्रिक नितिमा होटल तथा पर्यटन क्षेत्रको बारेमा थोरै भएपनी सम्बोधन हुनुले आफुहरुले राहत महसुस गरेको उनको धारणा छ।
हालसम्म घरभाडा छुट दिदै आएका सबै घरधनीहरु प्रति सम्मान व्यक्त गरिएको खड्का द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।




सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा