पूर्वाञ्चल विश्वविद्यालयद्वारा भदौदेखि गर्ने भनिएका परीक्षा स्थगित

MU
MU
July 27, 4:04
Pu
पुर्वान्चल बिश्वविद्यालयको सुचना


सोमबार, साउन १२, २०७७
पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने भनेकाे परीक्षा स्थगित गरेको छ। लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो।

कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरेको परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर सूर्यप्रसाद संग्रौलाले बताए।

सरकारले लकडाउन खोलेपछि साउन ४ गते विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयबाट भदौ पहिलो सातादेखि सम्बन्धित क्याम्पसहरूमा परीक्षा केन्द्र कायम गर्ने गरी सूचना प्रकाशित गरेको थियो।



सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा