डाेटीकाे साहित्यिक बगैँचा

Dotika Sahityakar
Dotika Sahityakar
August 18, 1:23

      प्रस्ताेता  : 

  • तीर्थराज भट्ट 
  • फणेन्द्र साउँद 

 

    १. परिचय :

                   हालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सांस्कृतिक अर्थमा डोटी प्रदेश भनिन्छ । डोटी विस्तृत फाँट, बेसी, डाँडाकाडा, पाटन त कतै चारैतर्फ पहाडहरुले घेरिएको उपत्यका जस्तो स्वरुपमा रहेको उर्वरभूमि हो । राजा दीप शाहीको शासन कालसम्म डोटी स्वतन्त्र राज्य थियो । पछि नेपाल एकीकरणको समयमा नेपाली फौजले डोटी राज्य माथि आक्रमण गरी विजय प्राप्त गरे पछि डोटी राज्य विशाल नेपालमा विलय भयो । राजा विष्णु शाह र उनका छोरा पहाड शाहले शासन चलाउँदै हालको अवस्थामा आइ पुगेको छ । वर्तमान समयमा जसरी डोटी जिल्लाको नामाकरण गरिएको छ त्यो नामाकरण हचुवाको तालमा गरेको छ भनेर प्रा.डा. जयराज पन्तले भनेका छन् । हाल कायम रहेको डोटी जिल्लामा केही कतै पनि डोटी ठाउँको नाम रहेको छैन । बरू डोटीको सट्टा दिल्पेश्वर, शैलेश्वरी, केदार, खप्तड नाम दिएको भए राम्रो हुने भन्ने राय पन्त सरको छ । डोटी भन्ने ठाउँ डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा घटाल देवताको स्थानमा पर्दछ । जहाँ डोटी खोला नामक नदी छ । प्राचीन समयमा डोटीको राजधानी पनि हालको डडेल्धुरा अजयमेरूकोटमा नै थियो । पछिल्लो समयमा ७५ जिल्ला १४ अञ्चल ५ विकास क्षेत्रमा विभाजित नेपाल हाल ७ प्रदेशमा विभाजन गरेको छ । यस अन्तर्गत सात नं. प्रदेशको सेती अञ्चल भित्र डोटी जिल्ला अवस्थित छ । जसको उत्तरमा बझाङ्ग, बाजुरा पूर्वमा अछाम दक्षिणमा कैलाली र पश्चिममा बैतडी र डडेल्धुरा पर्दछन् । २०५५ वर्ग कि.मि. क्षेत्रफल रहेको डोटी जिल्लामा २ न.पा.७ वटा गाउपालिका रहेका छन् । परापूर्वकाल देखिनै डोटी राज्य भाषा, साहित्य, कला, संस्कृतिमा सम्पन्न राज्य हो भने हाल आएर पनि डोटी जिल्ला भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा धेरै अगाडि बढेको छ । डोटी जिल्लामा जन्म लिएर राष्ट्रिय स्तरमा चर्चा पाएका थुप्रै साहित्यकारहरु छन् । डोटीका स्रष्टाहरुले समग्र सु.प.को अर्थात प्रदेश नं. ७ को साहित्यिक फाँटमा अग्रणी भूमिका निभाएका छन् । यसर्थ यहाँ डोटी जिल्लामा जन्मेर जिल्ला भित्र र देशका विभिन्न ठाउँमा बसेर कलम चलाउने स्रष्टाहरूको संक्षिप्त चिनारी दिने प्रयास गरिएको छ ।

     

    २.१. चन्द्रदेव ओझा वि.सं. १९७४ मा आर्दश गाउँपालिका मौवा चौकीमा जन्मनु भएका ओझाले प्रारम्भिक भुगोल भाग १, प्रारम्भिक भुगोल भाग २, अङ्ग्रेजी व्याकरण आदि कृतिको रचना गरेका छन् उहाँ एक शिक्षाप्रेमी समाजसेवी हुन् २०५१ मा उहाँको निधन भयो ।

     

    २.२. प्रेम मोहन श्रेष्ठवि.सं. १९८२ मा दिपायल सिलगढी नपा सिलगढीमा जन्मनु भएका श्रेष्ठले शैलेश्वरी राग (२०६८) र थुपै्र गीतहरू रचना गर्नु भएको छ । उहाँ सत्यप्रेम फाउण्डेसन संस्थाका संस्थापक संरक्षक समेत रहेका हुन् ।

     

    २.३. वद्रिनाथ भण्डारीवि.सं. १९८३ सालमा जोरायल गाउँपालिका निरौली ६ डोटीमा जन्मनु भएका भण्डारीको उज्यालो चन्द्रमा (२०७२) कृति प्रकाशित छ उहाँ समाज सेवामा समर्र्पित व्यक्ति हुन् । सुप साहित्य समाज मार्फत प्रदान हुने गरि भण्डारीले २,११,१११ धनराशीको पुरस्कार स्थपना गरेका छन् । २ वर्षमा प्रकाशित उत्कृष्ट कृतिलाई सो पुस्कार प्रदान गरिने छ । विभिन्न सामाजिक संघ संस्थाहरूमा करोडौँेको दान गरी दानवीरका रूपमा प्रसिद्धी कमाएका भण्डारी साहित्य प्रेमि व्यक्ति हुन् ।

     

    २.४. खडक बहादुर सिंहवि.स. १९८८ डोटीको अलाडमा जन्मिनु भएका राजनीतिज्ञ एवम् साहित्यकार सिंहका विद्रोह भाग १ (२०२१) विद्रोह भाग २ (२०१४) हुरीको चरा (२०१४) लगायतका कृति प्रकाशित छन् ।

     

    २.५. महादेव भट्ट–  जोरायल गाउँपालिका घण्टेश्वर१ वडाखेत डोटीमा वि.स. १९९० सालमा जन्मी कृष्णपुर४ मौवाफँटामा बसी साहित्य लेखनमा तल्लीन स्रष्टाका विश्व संस्कार दिपक, युग सङक्रमण, तत्व बोध रामायण लगायतका कृतिहरू प्रकाशित छन् । हाल दिवंगत भइसकेका स्रष्टा पद्य कविता लेख्न रूचाउने कवि हुन् ।

     

    २.६. पूर्णानन्द भट्टराष्ट्रिय स्तरमा चर्चामा आउन सफल साहित्यकार भट्टको जन्म १९९० सालमा डोटी जिल्लाको जोरायल गाउँपालिका १ बडाखेतमा भएको हो । यिनका हालसम्म अभिषाप (२०३६), डोटेली लोकलहर (२०३७), अर्तनाद (२०३९), कविता तरङ्ग(२०३९), वन्देवी (२०४०), बिलापी खण्डकाव्य (२०४०), शन्ति विज्ञान महाकाव्य (२०५३) नानो जात्क (२०५६), शान्ति मन्दिर(२०४८), गाउँकला चम्पुकाव्य (२०४५), प्रजातन्त्र बालक (२०५१), बिलापी भाग २ (२०६४)र कविता मिलन (२०६७) कृतिहरू प्रकाशित छन् ।

     

    २.७. डा. दुर्गाप्रसाद भण्डारीसाहित्यमा राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल स्रष्टा भण्डारी वि.स. १९९२ सालमा जोरायल गाउँपालिका निरौली ६ डोटीमा जन्मिनु भएको हो । काठमाण्डौ वानेश्वरमा बस्दै आएका उहाँले मृगस्थली (२०५७) रोम जलिरहेछ निरो बासुरी बजाई रहेछ (२०६०) त्यो धर्ती त्यो आकाश (२०६९) र रोटी र फुल जस्ता महत्वपूर्ण कृतिको रचना गरेका छन् ।

     

    २.८. अमरबहादुर शाहीडोटी शिखर नगरपालिका कफल्लेकी१ गौठेउरीमा वि.स. १९९२ मा जन्मिएका स्रष्टा शाहीका गाउँफर्क अमरज्योति (कविता संग्रह) लगायत थुप्रै फुटकर रचनाहरू प्रकाशित भएको देखिन्छ ।

     

    २.९. काशीनाथ जोशीलामो समयसम्म राजनीतिमा सक्रिय रहेका जोशीको जन्म १९९२ मा डोटीको बोगटान गाउँपालिका १ काटैँमा भएको हो । उनको एक चोइटा आकाश कविता संग्रह (२०६८) प्रकाशित भएको छ । हाल दिवंगत (२०७०) भइसकेका जोशीले थुपै्र फुटकर कविताहरू लेखेका छन् ।

     

    २.१०. पूर्णानन्द भट्टवि.स. १९९२ सालमा शिखर नगरपालिका कपल्लेकी१ डोटीमा जन्मिनु भएका स्रष्टाको साहित्यिक योगदान पद्य कवितामा रहेको छ ।

     

    २.११. देवकान्त पन्तनेपाली भाषा साहित्य तथा डोटेली लोकसाहित्यका कुशल अन्वेषक पन्तको जन्म १९९३ सालमा उच्चाकोट डोटीमा भएको हो । साझा पुरस्कार (२०३२), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३) लायन्स क्लब धनगढीमा सम्मानित (२०५३) जस्ता पुरस्कारद्वारा पुरस्कृत स्रष्टाका सीता स्वयम्वर महाकाव्य (२०२७) शिव विवाह मंगल खण्डकाव्य (२०२७) डोटेली लोक साहित्य एक अध्ययन (२०३२) जय नेपाल लघु काव्य (२०३६) शान्ति क्षेत्र नेपाल (२०४०) नेपाली तीजकथा (२०५१) प्रकाशित छन् । साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पन्तको २०५७ सालमा स्वर्गवास भयो ।

     

    २.१२. प्रा.डा. रामचन्द्र भट्ट ःवि.सं. १९९३ मा दिपायल सिलगढी न.पा.मा जन्मिनु भएका भट्टले कविता, समालोचना लगायतका विधामा कलम चलाएको पाइन्छ । उनका रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित हुनुका साथै दर्जनौँ कृतिहरू पनि प्रकाशित छन् । उनले साहित्य सेवा मार्फत विभिन्न सम्मान तथा पदक प्राप्त गरेका छन् ।

     

    २.१३. रामचन्द्र जोशीवि.स. १९९३ मा डोटी बड्डीकेदार गाउँपालिका ४ मान्नाकापडीको बरालगाउँमा जन्मेका स्रष्टा जोशीका आमा खण्डकाव्य (२०४१) बडिमालिका खप्तड र स्वामी (२०४५) लगायतका कृतिहरू प्रकाशित छन् ।

     

    २.१४. धनवहादुर मल्लवि.सं. १९९४ मा दिपायल सिलगढी नगरपालिका ६ शैलेश्वरी टोलमा जन्मिएका मल्लले नाटक एकाङकी गीत कविताको रचना गरेका छन् । २०१६ मा सगरमाथा सम्बाद डोटीका समाचारदाता २०१८ मा राससका डोटी समाचारदाता, सुदूर पश्चिम संस्कृतिक समूह का अध्यक्ष (२०१८२६) कुशल मुर्तिकार भएका मल्लले २०५० मा सर्वनाम नाट्य पुरस्कार, २०६८ मा राससबाट सम्मान प्राप्त गरेका छन् । स्रष्टाको नाटक लेखन र मञ्चनमा महत्वपूर्ण योगदान छ । उनी पत्रकार, साहित्यकार, मूर्तिकार र समाजसेवी हुँदा पनि उहाँको खोजिनीतिमा सरोकार वालाले ध्यान दिएको पाइदैन ।

     

    २.१५ दीनानाथ भट्टजोरायल गाउँपालिका गडसेरा५ डोटीमा वि.स. १९९५ सालमा जन्मिनु भएका भट्ट साहित्य र सामाजिक क्रियाकलापमा रूपमा लागेका स्रष्टाका भावनाका तरङ्गहरू (२०६७) कविता संग्रह लगायत दर्जनौँ कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । बि.स.२०७४ सालमा उनको स्वर्गारोहण भयो ।

     

    २.१६ पूर्णानन्द जोशीवि.स.२००२ सालमा के आई सिँह गाउपालिका भुमिराजमाण्डौ ७ सलेनामा जन्मनु भएका जोशीका शिवपूराण (२०७०) डोटी भागवतकथा (२०७२) कृति प्रकाशित छन् । उनी संस्कृतिप्रेमी साहित्यकार हुन्  ।

     

    २.१७. हर्ष ब. शाहीवि.सं. २००३ सालमा शिखर न.पा. कपल्लेकी १ सेरीमा जन्मनु भएको हो । उनी गीत, गजल लेखनमा सक्रिय हुनुका साथै विभिन्न संघ संस्थामा आवद्ध छन् ।

     

    २.१८. बिक्रम बहादुर ऐरबि.स.२००३ सालमा शीखर नगरपालिका तिजाली ऐरी गाउँमा जन्मनु भएका ऐरले अनुसन्धानात्मक कृति शिला काफलीको इतिहास (२०७०) र शिला काफली धर्मग्रन्थ (२०७४) प्रकाशित छ ।

     

    २.१९. भक्त ब. बलायरवि.सं. २००५ सालमा  शिखर नगरपालिका लाटामाडौ ७ बैरकोटमा जन्मनु भएका वलायरका वेलु, प्रतिज्ञा (गिति काव्य) नेपाली काङ्ग्रेसको इतिहस, नेपाली कम्युनिष्ट शासन (२०५१) राइमती (२०६८) महाकाव्य, प्रजातन्त्र, दल र डोटीको योगदान (२०७२) लगायतका कृति प्रकाशित हुनुका साथै उनी पूर्व मन्त्रि एवम् काङ्ग्रेसका नेता समेत हुन् ।

    २.२०. एकराज भट्टआधुनिक कविताभन्दा छन्दबद्ध कविता मन पराउने स्रष्टा भट्टको जम्म वि.स. २००५ सालमा जोरायल गाउँपालिका छतिवन२ रिठा गाउँ डोटीमा भएको हो । ५ ओटा कृतिका कृतिकार भट्टको साहित्यिक योगदान महत्वपूर्ण मानिन्छ ।

    २.२१.भालचन्द्र भण्डारी ब्रम्हगोल’– २००६ सालमा जोरायल गाउँपालिका ५ गडसेरा श्यालकोटिला डोटीमा जन्मी २०२७ सालदेखि हालसम्म निरन्तर साहित्यमा सक्रिय रहेका स्रष्टा ब्रम्हगोलका सुभद्रा खण्डकाव्य (२०४५) जय नेपाल कविता संग्रह (२०५२) लगायतका कृतिहरूका साथै तमामौँ फुटकर पद्य कविता र लेखहरू प्रकाशित भएका छन् ।

    २.२२. वेणीमाधव भट्टशिखर न.पा. कपल्लेकी१ साफरी गाउँ डोटीमा वि.स. २००७ सालमा जन्मिनु भएका स्रष्टाको घोडाघोडी ताल महात्म्य, श्री केदार जाँत लगायतका कृतिहरू प्रकाशित छन्

    २.२३ हेमराज जोशी बि.स. २००७ साल बडुडी केदार गाउँपालिका ४ मान्ना कापडी बरल गाउँमा जन्मेका जोशीका पद्य पुष्पाञ्जली (२०६६) मेघदुत (२०६७) मौलिक तथा अनुवादित कृति पकाशीत छन् ।

    २.२४. दल ब. बोगटी२००८ सालमा मुडेगाउँ २ डोटीमा जन्मनु भएका वोगटीका विभिन्न पत्र पत्रिकामा फुटकर रचना प्रकाशित छन् ।

    २.२५.डा.दीर्घसिंह बमवि.सं. २००८ सालमा  बोगटान गाउँपालिका चवरा चौतारा ७ जमरसल्लीमा जन्मिएर गीत, कथा, कविता, नाटकमा कलम चलाइ क्षयरोग निवारणमा उल्लेखनीय भूमिका निभाएका वमले वैसको रहरपखालिएको सिन्दुरसिनेमाको कथा पनि लेखेका छन् ।

    २.२६. विजया केसी श्रेष्ठवि.सं. २००८ सालमा दिपायल सिलगढी नगरपालिका डोटीमा जन्मनु भएकी केसीको सुदूरपश्चिमका केही प्रेरणादायिक व्यक्तित्वहरू

    (२०६९) कृति प्रकाशित छ । उनि राजनीतिमा पनि सक्रिय रुपमा लागेकी छन् ।

    २.२७. मदन मोहन शर्मावि.सं. २००८ सालमा  शिखर नगर पालिका मुडभरा गा.वि.स. ४ मुडभरा डोटीमा जन्मनु भएका शार्माले साहित्यका विविध विधामा कलम चलाएका छन् ।

    २.२८. प्रा.डा. जयराज पन्तलोक संस्कृति विद् तथा डोटेली भाषा साहित्य र कलाका सच्चा सेवक प्रा.डा. पन्तको जन्म वि.स. २०१० चैत्र १५ गतेका दिन   (आमा राधादेवी पन्त र बुवा दयानिधी पन्त) शिखर न.पा. जिजोडामाण्डौ ९ जैनोलीमा भएको हो । आफ्नो जीवनकालमा प्राध्यापन पेशाका साथै लोक संस्कृतिको अध्ययन अनुसन्धानमा समय व्यतीत गरेका पन्त राष्ट्रिय प्रतिभा हुन् । उनले लोक संस्कृतिको क्षेत्रमा जे जति कार्य गरे त्यो योगदान हो जुन अतुलनीय र अविस्मरणीय छ । अँजुलीभरी सगुन पोल्टाभरि फाग (२०५५), डोटेली धमारी गीत एक अध्ययन (२०६४), मष्टा परम्परा र त्यसका गीतहरू, (२०६४) डेउडा, (२०६४) डोटेली गौरा पर्वका गीत र गाथाहरू,डोटेली भो पर्वका गीत र गाथाहरु (२०६४) शैलेश्वरीको माहात्म्य र तिनका केही गीत (२०६५), श्री भुवनेश्वरी (२०६८), प्रा. शिव गोपाल रिसाल (२०७३) उनका प्रकाशित कृतिहरू हुन् भने वत्स गोत्रीय डोटेली पन्त वंश, डोटेली केही प्रतिनिधि गाथाहरू, भारत (हुड्केली) एक अध्ययन, डोटेली होरी पर्वका गीतहरू, डोटेली र  कुमाउँनी लोकगीत, जस्ता कृतिहरू अप्रकाशित अवस्थामा छन् । लोक संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पन्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सरकारी र गैर सरकारी सङ्घसंस्थाहरूबाट विभिन्न पुरस्कार तथा पदक र मानसम्मानले सम्मानति भएका थिए ।

    २.२९.यज्ञराज यात्रीसुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीका संस्थापक अध्यक्ष यात्री सु.प का प्रमुख साहित्यकार हुन् । २०१० सालमा  जोरायल गा.पा.गडसेरा ५ वस्तीगाउँ डोटीमा जन्म भई हाल धनगढी कैलाली बसेका स्रष्टा खोज अनुसन्धानात्मक लेख र पद्य कविताका क्षेत्रमा निरन्तर सृजना सिर्जिरहेका छन् । शारदी पुष्प (२०३०), आमा (२०३८), मेरो नेपाल दर्शन (२०५९), लगायतका दर्जनौँ कृतिका कृतिकार विभिन्न सामाजिक तथा साहित्यिक संस्थामा आवद्ध छन् । राष्ट्रिय प्रतिभा पुरस्कार (२०५२), लगायत पुरस्कार द्वारा सम्मानित यात्री हाल पनि साहित्यमै सक्रिय देखिन्छन् ।

    २.३०. मिहिलाल उपाध्याय–  बोगटान गाउँपालिका चमराचौतारा७ खत्याडी डोटीमा वि.स. २०१० सालमा जन्म भई धनगढी कैलालीमा बस्दै आएका स्रष्टा उपाध्यायको कसम यो माटोको कविता संग्रह (२०५३) बदलाको प्रेरणा कविता संग्रह (२०५९) प्रकाशित छन् ।

    २.३१.मनिराज जोशीपश्चिमका तारा, महाकाव्यका नायक र लघुकाव्यका नायक जस्ता उपधीद्वारा सम्मानित विशिष्ट व्यक्तित्व मनिराज जोशीको जन्म वि.स. २०१२ सालमा गाँजरी डोटीमा भएको हो । सरस्वतीका वरद पुत्र तथा अद्भुत साहित्यिक प्रतिभाशाली जोशीको कलम गद्य र पद्य दुबै विधामा शसक्त रूपले चलेको छ । सामाजिक संघसंस्था र साहित्यिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा त कतै सल्लाहकारको रूपमा रहेका जोशी प्रसिद्ध जोतिष पनि हुन् । हालसम उनका २७ ओटा विभिन्न विधाका कृतिहरू प्रकाशित छन् । आधा दर्जन महाकाव्य र त्यस्तै अन्य विधाका सफल साधक जोशीले दर्जनौँ पुरस्कार तथा देशका विभिन्न ठाउँबाट सम्मान पाइसकेका छन् । यसै वर्ष उहाँलाई भव्य समारोहका बीच नागरिक अभिनन्दन गरिएको थियो ।

    २.३२. निर्मलकुमार भण्डारीसाहित्यलाई समाजको दपर्ण र हृदयको भावुक भाषा ठान्ने स्रष्टा भण्डारी २०१३ सालमा जोरायल गाउँपालिका सरस्वतीनगर ३ बेल्टुक्रा डोटीमा जन्मी त्यसै कन्दराबाट पद्य कविता सृजना गरी साहित्यका फाँटमा प्रसिद्धि कमाउने कवि हुन् हाल अत्तरियामा बस्दै आउनु भएका स्रष्टाका कर्तव्यबोध सन्देश (२०५२) कविता संग्रह, सावधान नयाँ युग आउँदैछ खण्डकाव्य (२०५६), निर्मल माणि (२०७०) जस्ता कृतिका साथै तमामौँ पद्य फुटकर कविता र लेखकहरू प्रकाशित छन् । वरिष्ट कवि भण्डारी विभिन्न ठाउँबाट सम्मानित हुनुहुन्छ ।

    २.३३. गिरीराज जोशीवि.स. २०१३ सालमा डोटीको मुडभरामा जन्मी शिक्षण पेशामा संलग्न रहँदै ताहाचल काठमाण्डौंमा बसेका साहित्यमा सक्रिय रहने स्रष्टा जोशी उत्कृष्ट पद्य कविता लेख्नुहुन्छ । डोटेली शब्दकोशका लेखक समेत रहेका जोशीको साहित्य क्षेत्रमा निकै योगदान रहेको छ ।

    २.३४ प्रभाकर भण्डारी नकच्चरो’– २०१४ सालमा निरौली डोटीमा जन्म भई धनगढी५ कैलालीमा बस्दै रहेका भण्डारी हाँस्यव्यङ्ग्य कवि हुन् । विभिन्न सामाजिक एवम् साहित्यिक संंघसंस्थामा आवद्ध कवि भण्डारीका हाँस्यव्यङ्ग्य कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

    २.३५ जयराज ओझा अभिलासी’ – वि.स. २०१४ सालमा डोटी जिल्लाको गडसेरा भामगाउँमा जन्मेका स्रष्टा ओझाको सपन खण्डकाव्य (२०६०) प्रकाशित छ ।

    २.३६ तीर्थ पाठकवि.सं. २०१४ सालमा जोरायल गााउँपालिका छतिवन २ रिठा डोटीमा जन्मनु भएका पाठक विभिन्न खोजमुलक लेख रचना पत्रपत्रिकामा प्रकाशित छन् । हाल उनी कैलाली उद्योग वाणिज्य संघमा कार्यरत छन् ।

    २.३७ भक्तराज जोशीवि.सं. २०१४ मा कपल्लेकी डोटीमा जन्मनु भएका स्रष्टा जोशीको छोरीको विलौना कविता संग्रह (२०७०) प्रकाशित छ ।

    २.३८ उदयसिँह बम बोगटान गाउँपालिका ३ मेल्टा डोटीमा बि.स. २०१४ सालमा जन्मनु भएका बम डेउडा गीत, मुक्तक, कविता लेखनका साथै शिक्षण पेसामा संलग्न रहेका छन् ।

    २.३९ डा.बद्री शर्मा विनाडी’– बोगटान गाउँपालिका सातफरी ४ जोराघाट, डोटीमा वि.सं. २०१५ सालमा जन्मिनु भएका बिनाडी हाल डोटी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ । नेपाली भाषा तथा लोक साहित्यका विविध विषयमा कलम चलाउने स्रष्टा विनाडी चर्चित साहित्यिक प्रतिभा हुन् ।

    २.४०. तीर्थराज जोशीवि.सं. २०१५ सालमा शिखर नगरपालिका मुडभरा ३ डोटीमा जन्मनु भएका जोशीले साहित्यका विविध विधामा कलम चलाएका छन् । हाल डोटी क्याम्पसमा प्रध्यापनरत हुुनुहुन्छ ।

    २.४१. पदमराज जोशीवि.सं. २०१५ साल बड्डी केदार गाउँपालिका बर्छैन१ डोटीमा जन्मिनु भएका जोशीको भविष्य भावि र वर्तमान नेपाल यात्रा कृति प्रकाशित छ । हाल उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

    २.४२. भोजराज भट्ट कल्पित पालुवा’– डोटी सिलगढीको पैयाँलेकमा वि.स. २०१५ सालमा जन्मिनु भएका भट्टले धनगढी कैलालीमा बसी साहित्यमा कलम चलाएको पाइन्छ । संसद र सिंहदरवार लिएर फल्दैछ फुल्दैछ काठमाण्डौं (कविता संग्रह) का कृतिकार भट्टले विभिन्न पत्रपत्रिकाहरू सम्पादन गरेका छन् ।

    २.४३. भूमिराज जोशी–  पूर्वीचौकी गाउँपालिका गाँजरी६ डोटीमा वि.स. २०१६ सालमा जन्मी धनगढी कैलालीमा बस्दै रहेका स्रष्टा जोशीको योगदान पद्य कवितमा रहेको छ ।

    २.४४. पद्मराज जोशी प्रभात’– वि.स. २०१६ सालमा पूर्वीचौकी गाउँपालिका पोखरी७ देउरामहल डोटीमा जन्म भई धनगढी कैलालीमा बस्दै आएका प्रभात एक चर्चित साहित्यकार हुन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजका पूर्व अध्यक्ष समेत रहेका उनी अहिले पनि विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आवद्ध भई सक्रिय रहेका छन् । नामसारी कथा संग्रह (२०५७), गौरापर्व एक परिचय

    (२०५९), पहाडकी सौराइ (२०६४) सुदूर पश्चिमाञ्चलको समाज र लोक संस्कृति (२०६४), जस्ता कृतिका रचनाकार स्रष्टा प्रभात साझा लोक साहित्य पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।

    २.४५. टिकादत्त जोशीवि.स. २०१७ सालमा मुडभरा पचकट्टे डोटीमा जन्मिनु भएका जोशीले साहित्य क्षेत्रमा कलम चलाएको पाइनछ ।

    २.४६. गगन सिं ऐरवि.सं. २०१७ सालमा  शिखर न.पा. कपल्लेकी १ ऐरी गाउँमा जन्मनु भएका ऐरको जीवन वाटीका (२०६७) कविता सङ्ग्रह प्रकाशित छ । शिक्षण पेसामा आवद्ध स्रष्टाका थुपै्र फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित

    छन् ।

    २.४७. डिल्लीराज फूलारावि.सं. २०१८ सालमा शिखर नगरपालिका पचनाली ६ चुडीमा जन्मनु भएका फूलारा भाषा साहित्य समालोचनाका क्षेत्रमा कलम चलाउनुका साथै अध्यापन कार्यमा सक्रिय हुनुहुन्छ ।

    २.४८. हेमन्ती जोशीसुदूरपश्चिमाञ्चलकी प्रथम महिला कथा कृतिकार जोशीको जन्म वि.स. २०१८ सालमा डोटी बोगटान गाउँपालिका सिमचौर १ काटैँमा भएको हो । धनगढीमा बसोवास गरेर साहित्यका विविध विधामा कलम चलाउँदै रहेकी स्रष्टाका हालसम्म प्रतिविम्ब कथा संग्रह (२०६४), पत्र पत्र जिन्दगी कथा संग्रह

    (२०६९) र मनहरू जित्न सके गजल संग्रह (२०६६) प्रकाशित छन् । विभिन्न साहित्यिक संस्थामा आवद्ध जोशी विभिन्न साहित्यिक पुरस्कारबाट सम्मानित भएकी छिन् उनले यसै वर्ष क्षेत्रीय प्रतिभा पुरस्कार पाएकी छन् ।

    २.४९. कृष्ण व. विष्टवि.सं. २०२० सालमा जोरायल गाउँपालिका गडसेरा ५ डोटीमा जन्मनु भएको हो उहाँका फुटकर रचनाहरू प्रकाशित छन् ।

    २.५०. तिलक प्यासी२०२० सालमा आदर्श गाउँपालिका लामिखाल डोटीमा जन्मनु भएका प्यासीको परिवर्र्तनका स्वरहरू (२०७२) गजल सङ्ग्रह प्रकाशित

    छ । सिंह गजल कविता लेखनमा सक्रिय रहेका छन् ।

    २.५१. तिलक खड्का मोहित’– डोटी जोरायलका प्रसिद्ध डेउडे खड्काको जन्म वि.स २०२० सालमा लक्ष्मीनगर डोटीमा भएको हो । उनको ऋतु वर्णननामक गीत काव्य प्रकाशित छ ।

    २.५२ घनप्रकाश जोशीवि.स. २०२१ सालमा डोटी जिल्लाको  जोरायल गाउँपालिका गडसेरा ५ बाहुन गाउँमा जन्मिएर हाल धनगढी कैलालीमा बस्दै रहनु भएका स्रष्टा जोशीका दर्जनाँै फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

    २.५३ श्रेष्ठ प्रिया पत्थरनेपालकै प्रथम नारी गजल कृतिकार पत्थरको जन्म २०२१ सालमा डोटीको सिलगढीमा भएको हो । सुदूरपश्चिमाञ्चल गजल मञ्चकी संस्थापक अध्यक्ष पत्थर विभिन्न साहित्यिक संघसंस्थामा आवद्ध छिन् । झण्डै दुई दर्जन भन्दा बढी संघसंस्थाहरूबाट सम्मानित पत्थरका पतिङ्गर उपन्यास (२०४८) पग्लिएका व्याथाहरू गजल संग्रह (२०५३) लगायत आधा दर्जन उपन्यास, चार ओटा गजल संग्रह एक कविता कृति एक भूमिका संग्रह र एक कथा संग्रह प्रकाशित छन् ।

    २.५४ नवराज दुरा२०२१ सालमा जन्मिएका दुराको मृत्युपर्यन्त अधुरो सपनाएकाङ्कीसंग्रह (२०६४) प्रकाशित छ । डोटीमा रहेर रङ्गमञ्चका क्षेत्रमा क्रियाशील दुराको वि.स. २०६३ मा बस दुर्घटनामा परि निधन भएको थियो  ।

    २.५५ खड्क व. मल्ल२०२१ सालमा  बड्डीकेदार घाँङ्गल ३ डोटीमा जन्मनु भएका मल्लले डोटेली भाषाको पहिलो चलचित्र गौरीको कथा रचना गरेका छन् ।

    २.५६ वोधराज ओझावि.सं. २०२१ मा आदर्श गााउँपालिका कालिकास्थान मौवामा जन्मनु भएका ओझाले विभिन्न विधामा कलम चलाएको पाइन्छ ।

    २.५७ रामचन्द्र विनाडीवि.स. २०२१ सालमा बोगटान गाउँपालिका गगुडा ६ लासा डोटीमा जन्मनु भएका विनाडीले कविता विद्यामा कलम चलाएका छन् ।

    २.५८ यादव जोशी श्लेस्मान्तकवि.स. २०२२ सालमा  जोरायल गाउँपालिका लक्ष्मीनगर जोरायलमा जन्मेका जोेशिका कमला, ज्ञान त्रिवेणी र सम्झनामा स्वर्गीय प्रेमराज (२०६९) खण्डकव्य प्रकाशित छन् ।

    २.५९. दिव्येश्वरी जोशीवि.स. २०२३ सालमा दिपायल सिलगढी नगरपालिका ८ डोटीमा जन्मनु भएकी जोशीले डोटेली लोक साहित्य र भाषा समालोचनाका क्षेत्रमा कलम चलाएकी छन् । लोकवार्ता परिषदकी सदस्य रही देवाटवी र द भिजन पत्रिकाको सम्पादन समेत गरेकी छन् ।

    २.६० डबल भाट अकेला’– डोटी शिखर नगरपालिका मुडेगाउँ २ घाँगडामा वि.स. २०२६ सालमा जन्मिएर डोटीमै बसेर २०५० सालदेखि निरन्तर साहित्य सृजना गर्ने अकेला मुलतः गजलकार हुन् । अकेला गजल संग्रह (२०५८) प्रकाशित गरिसकेका स्रष्टा भाटका तमामौँ फुटकर रचनाहरू विभिन्न पत्रपत्रिका र सञ्चारका माध्यमहरूमा प्रकाशन तथा प्रशारण भइरहन्छन् ।

    २.६१ गणेशप्रसाद ओझा–  जोरायल गाउँपालिका गडसेरा ५ डोटीमा वि.स. २०२६ सालमा जन्मिनु भएका ओझा हाँस्यव्यङ्ग्यकार हुन् । घुम्ने मेच लाई नमस्कार नामक रचना लेखेर साहित्य प्रवेश गरेका स्रष्टाको जुत्ता दर्शनहाँस्यात्मक निबन्ध संग्रहका साथै कविताहरू पनि प्रकाशित छन् ।

    २.६२. गुमान सिं वोहरा वि.सं. २०२७ मा बोगटान गाउँपालिका केदार अखडा २ गराजूमा जन्मनु भएका वोहराले अधुरो पिरथी (२०६०) कठै मायाजाल (२०६४) गीति एल्वमको गीत रचना गर्नुका साथै गीत, कविता, निबन्धमा कलम चलाएका वोहरा शिक्षण पेसामा आवद्ध छन् ।

    २.६३. उपेन्द्र बम२०२७  बोगटान गाउँपालिका चवरा चौतारा ७ चनुडाँडा डोटीमा जन्मनु भएका वमले लेख, निवन्ध विधामा कलम चलाएका छन् । उनी हाल शिक्षण पेसामा आवद्ध छन् ।

    २.६४ हेमन्त विवशडोटीको जिजोडामाण्डौंमा २०२८ सालमा जन्मेका विवश हाल काठमाण्डौंमा बसी साहित्य सिर्जना गर्ने राष्ट्रमै प्रसिद्धि कमाएका कवि, निबन्धकार तथा गीतकार हुन् । उनका हालसम्म आफ्नै मनसँग छन्द कविता संग्रह (२०५८), कथा एउटै तिम्रो मेरो गीत (२०६५) र सैपालको आगन कविता संग्रह प्रकाशित छन् ।

    २.६५ विणा भट्ट पाठकवि.सं. २०२९ मा दिपायल सिलगढी नपा २ दिपायलमा जन्मनु भएकी भट्टले कविता लेखन, गायन गर्नु भएको छ  । हाल शिक्षण पेसामा आवद्ध हुनुहुन्छ ।

    २.६६ केशवराज फुलारावि.सं. २०२९ शिखर नगरपालिका पचनाली ६ चुडीमा जन्मनु भएको हो । उनले गीत लेखनका साथै गायनमा पनि सक्रिय छन् ।

    २.६७. दुर्गा मल्ल बि.स. २०३० सालमा जन्मिएकी मल्ल गीत गजल बिधामा कलम चलाउछिन् । बडुडी केदार गाउँपालिका ५ लाना घर भएकी मल्ल सुप साहित्य समाजकी सहकोषाध्यक्ष हुन् ।

    २.६८ रमेशप्रसाद जोशीवि.सं. २०३१ साल शिखर नगरपालिका मुडभरा ४ डोटीमा जन्मनु भएका जोशीका विभिन्न पत्र पत्रिकामा कविता लगायतका समसामयीक लेख रचना प्रकाशित छन्  उनी लेखक संघ डोटीका साधरण सदस्य समेत हुन् ।

    २.६९ उमाकान्त जोशीवि.स.२०३१ सालमा दिपायल सिलगढी नपा ७ उढितोलामा जन्मनु भएका जोशीले कविता,लगायत विविध फुटकर विधामा कलम चलाएका छन् हाल कैलाली जनपुस्तकालयका अध्यक्ष समेत हुनुहुन्छ ।

    २.७० होमनाथ जोशीवि.सं. २०३२ साल शिखर नगर पालिका मुडभरा ४ डोटीमा जन्मनु भएका जोशीको दोभान (२०५९) कथा सङ्ग्रह प्रकाशित हुनुका साथै लोक साहित्य सम्वन्धी अनुसन्धानमूलक लेख रचना विभिन्न पत्रिकामा प्रकाशित छन् । उनी लेखक संघ डोटीका कोषाध्यक्ष हुन् । हाल डोटी क्याम्पसमा प्रध्यापनरत हुनुहुन्छ ।

    २.७१ डा. कृष्णराज भट्टधनगढीमा आयोजित राष्ट्रिय गजल प्रतियोगिता (२०५६) मा प्रथम पुरस्कार प्राप्त गर्न सफल स्रष्टा भट्टले गजल कविता र निबन्ध विधामा कलम चलाएका छन् वि.स. २०३२ साल शिखर न.पा. कपल्लेकी, डोटीमा जन्मिनु भएका भट्टले कस्तुरी, निहारिका एकता जस्ता स्थानीय पत्रपत्रिकाहरू सम्पादन गरेको पाइन्छ ।

    २.७२. एन के जोशीवि.सं. २०३२ सालमा पूर्वी चौकी गाउँपालिका पोखरी ७ डोटीमा जन्मनु भएका जोशीको झझल्को गीति एल्वम (२०५४) को गीत रचना गायनका साथै गीत, गजल, कविता विधामा कलम चलाएका जोशी डोटेली भाषाको सुदूर चिनारी पत्रिका प्रकाशन÷सम्पादन गरी भाषा साहित्यको संरक्षणमा सक्रिय छन् ।

    २.७३. रामलाल जोशीबोगटान गाउँपालिका कानाचौर३ कोटिला डोटीमा वि.स. २०३४ सालमा जन्मिनु भएका स्रष्टा जोशी साहित्य क्षेत्रमा निकै सक्रिय देखिन्छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष, नेपाली लेखक संघका केन्द्रीय उपाध्यक्ष जस्तो गरिमामय पदमा रहनु भएका जोशीका हत्केलामा आकाश (२०५७) गजल संग्रह र ऐना कथासंग्रह (२०७२) प्रकाशित छन् । जोशीको ऐना राष्ट्रिय स्तरमै चर्चित कथा संग्रह हो । ऐना कथा संग्रहले २०७२ सालको मदन पुरस्कार समेत पाएको छ जोशी मोफसलमै लेखेर मदन पुरस्कार पाउने सुदूर पश्चिमको पहिलो साहित्यकार हुन् ।

    २.७४ टि.एन.जोशीडोटी जिल्लाको गाँजरीमा पुख्यौली घर भई धनगढी कैलालीमा बसोबास गरिरहेका टि.एन सुदूरपश्चिमाञ्चलका प्रसिद्ध साहित्यकार हुन् । कविता, गजल, समालोचना जस्ता साहित्यिक विधामा कलम चलाउने जोशीको देश रोएको बेला (२०६२)गजल संग्रह प्रकाशित छ । विभिन्न साहित्यिक संस्थामा रही साहित्यिको उत्थान र विकासमा योगदान पु¥याउने स्रष्टाको जन्म वि.स. २०३४ सालमा भएको हो ।

    २.७५ गोपाल सुचिकारगायक, संगितकार तथा रचनाकार गोपाल सुचिकारको जन्म २०३६ सालमा दि.सि.न.पा३ पिपल्ला वजार दिपायल डोटीमा भएको हो । २०५८ सालमा सातओटा गीतहरूको एल्बम कदरआफ्नै शब्द संगित र स्वरमा स्रोतासामु ल्याई प्रसिद्धि कमाएका सुचिकारले शताब्दी लयगायतका एल्बमहरूमा शब्द,स्वर र संगीत दिएका छन् । चलचित्रका दर्जनाँै गीतका रचनाकार सुचिकार डोटीका विशिष्ट गायक तथा स्रजक हुन् ।

    २.७६ राधा वोहरा आँशु’– वि.स २०३६ सालमा  जोरायल गाउँपालिका लक्ष्मीनगर ४ नकू जोरायल डोटीमा जन्मिनु भएकी आँशुका विभिन्न पत्रपत्रिकामा पद्य कविता डेउडा गीत तथा लेखरचनाहरू प्रकाशित भएका छन् बोहरा नेलेस डोटीकी सदस्य समेत हुन् ।

    २.७७ पुष्पकुमार शाही आकाश’– वि.सं. २०३६ सालमा पूर्वी चौकी गाउँपालिका गैरा गाउँ ३ चैकोटमा जन्मनु भएका शाहीले प्रेरणा त्रैमासिक पत्रिकाको सम्पादन सङ्क्रान्ति मुखपत्रको सम्पादन गर्नुका साथै सुप गजल मञ्चको उपाध्यक्ष समेत रहि गजल विद्यामा कलम चलाएका शाही नेविसंघको केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

    २.७८रमेश जोशी शिशिर’ – भूमिराजमाण्डौ फलेडीमा जन्मनु भएका जोशीले नवदृष्टि मासिक फूलवारी मुखपत्रको सम्पादन गर्नुका साथै विभिन्न पत्र पत्रिकामा फुटकर कविता गजल प्रकाशित छन् ।

    २.७९ पुरन कुड्माल वि.सं. २०३६ सालमा बोगटान गाउँपालिका सिमचौर १ भाँम्कमा जन्मनु भएका कुड्मालले गाउँ घरको झल्को (२०५६) ओ मेरा मनकी कली (२०५९) डेउडा एल्वमको गीत रचना गरेका छन् साथै नाटक लेखन मञ्चनमा सक्रिय छन् उनले नाटक, गीत कविता विद्यामा कलम चलाएका छन् ।

     

    २.८० लोकराज भट्ट बि.स २०३७ सालमा शिखर नगरपालिका ४ मुडभरामा जन्मनु भएका भट्टले अनुसन्धानात्मक लेखहरुमा कलम चलाउनु भएको छ हाल उनी डोटी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ ।

    २.८१ रामहरी ओझा वि.सं. २०३७ साल वारापाटा ढोगरीखोलामा जन्मनु भएका ओझा समसामयिक लेखन कार्यमा सक्रिय लेखक हुन् उनी बिम्ब साप्ताहिक प्रकाशक÷सम्पादक समेत हुन् ।

    २.८२. टोपेन्द्र शाह रसिक’– वि.स. २०३७ मा डोटी जिल्लाको जोरायल गाउँपालिका गडसेरा ५ चौकीमा जन्मिनु भएका स्रष्टा शाह सु.प गजलमञ्च धनगढीका संस्थापक हुनुका साथै विभिन्न साहित्यिक संघसंस्थाहरूमा आवद्ध भई समग्र सुपको लेखन कार्यलाई सक्रिय बनाउने व्यक्ति हुन् । विधागत विशिष्टताका आधारमा उहाँ गजलकार हुन् । सु.प.को गजल विधालाई उर्वर र उन्नयन बनाउनमा उहाँको भूमिका सम्माननीय छ ।

    २.८३ दीर्घराज उपाध्याय अनुराग’– उनैको यादमा गजल संग्रह (२०५९) का स्रजक अनुराग डोटी जिल्लामा (२०३७) जन्मेर धनगढी कैलालीमा रही पत्रकारिताको साथै साहित्यिक गतिविधिमा सहभागी जनाउने साहित्यकार हुन् ।

    २.८४. तीर्थ भट्ट बि.स. २०३७ सालमा दिपायल सिलगढी न.पा. २ पुन्नामा जन्मनु भएका भट्ट पछिल्लो समयमा लेखनमा सक्रीय रुपमा लागेका छन् ।

    २.८५. निसानीवि.सं. २०३८ सालमा डोटी जिल्लाको एउटा गाउँमा जन्मेका निसानी एउटा अजिव÷विचित्र लाग्दा लेखक हुन् । उनि आफ्नोे नाम ठेगाना परिचय सम्बन्धि चिनारी दिन रूचाउदैनन् । ज्ञात भएर पनि अज्ञात लेखकको भूमिकामा रहन मन पराउने लेखक निसानीका डोटेली भाषाको माया (२०६३) खण्डकाव्य र अन्तशुरु (२०६६) गजल सङ्ग्रह कृति प्रकाशित छन् उहाँ शिक्षण पेसामा आवद्ध छन् ।

    २.८६ तुलसी शर्मामुडभरा डोटीको कोखमा वि.स. २०३८ सालमा जन्मिएकी शर्मा कथा, उपन्यास कविता लेख्न मन पराउँछिन् । भाउजूउपन्यास (२०५९) की लेखिका शर्मा द रेयुकाई नेपाल तथा विश्व नारी  साहित्य सम्मेलन पदक२०७१ त्रिमूर्ति निकेतन काठमाण्डौंद्वारा सम्मानित भईसकेकी छिन् ।

    २.८७ तारा भट्ट पल्लवीवि.सं. २०३८ मा जन्मनु भएकी पल्लविको पुख्र्यौली घर जोरायल गाउँपालिका छतिवन २ वुडर डोटी भइ हाल धनगढीमा वस्दै आएकी पल्लवी गजल विद्यामा सक्रिय रूपमा कलम चलाइरहेकी छिन् । उनी विश्व नारी साहित्य सम्मेलन पदक २०७१ त्रिमूर्ति निकेतन काठमाण्डौंबाट सम्मानित भइसकेकी छिन् ।

     

    २.८८ हिक्मत शाही वि.सं. २०३८ सालमा बोगटान गापा गगुडा ६ कटै गाउँमा जन्मनु भएका शाहीका शुन्य क्षितिज (२०६८) कविता सङ्ग्रह, सिर्जनाका विम्वहरू (२०६८) गीति सङ्ग्रह प्रकाशित छन् केही समय दिपायल रैवारको सम्पादक गरेका शाही लेखनसङ्गै शिक्षण पेसामा आवद्ध छन् ।

    २.८९ तपराज विनाडी अन्जान’– कथा र गजल विधामा कलम चलाउने अन्जानको जन्म वि.स. २०३८ सालमा लानाकेदारेश्वर डम्सीला डोटीमा भएको हो । उहाँले शीत साहित्यिक हवाई पत्रिकाको सहसम्पादन नवपालुवाको सप्पादकमा रहेर साहित्यिक कार्य गरेको पाइन्छ । उहाँले स्थानीय समाचारमुलक पत्रिकाहरू समेत प्रकाशन गरेको पाइन्छ । हाल शिक्षण पेशामा संलग्न हुनुहुन्छ ।

    २.९० तीर्थराज जोशीवि.सं. २०३९ सालमा शिखर नगरपालिका पचनाली ६कोटी गाउँ डोटीमा जन्मनु भएका जोशीका पुष्पाञ्जली(२०६२) प्रकृतिका फूलहरु (२०६६) कविता सङ्ग्रह, कल्पनाको आकाश भरी (२०६४) गजल सङ्ग्रह लगायतका कृतिहरु प्रकाशित छन् भने उनी डोटीमा थोरै समय पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेको पाइन्छ ।

    २.९१ सुभाषचन्द्र भण्डारीवि.स. २०४० सालमा जोरायल गाउँपालिका गडसेरा५ श्यालकोटिला डोटीमा जन्मनु भएका स्रष्टा एक सुपरिचित लेखक हुन् । कविता, गीत लेख तथा समालोचनाको क्षेत्रमा कलम चलाउने स्रष्टा हाल काठमाण्डौंमा बसेर साहित्यमा सक्रिय रूपले लागिरहेका छन् ।

    २.९२ दुर्गाप्रसाद जोशीवि.सं. २०४० साल मुडभरा डोटीमा जन्मनु भएका जोशीको ओसो साहित्य एक प्रर्दक्षिण (२०७०) कृति प्रकाशित छ । निबन्ध कविता, समालोचना विधामा कलम चलाएका जोशीले अनुसन्धानमुलक गवेषणा पत्रिकाको सम्पादन समेत गरेका छन् ।

    २.९३ सिताराम भट्ट बि.स.२०४० सालमा आदर्श गाउँपालिका कालिकास्थान नुवाकोट डोटीमा जन्मनु भएका भट्ट नेपाली लेखक संघका कैलालीका संस्थापक सचिब समेत हुन् उनले कविता, गजल, हाइकु बिधामा कलम चलाएका छन् ।

    २.९४ हर्क व. वोहरावि.सं. २०४० साल लाना केदारेश्वर डोटीमा जन्मनु भएका वोहरा सुप साहित्य समाज डोटीका कोषाध्यक्ष, डोटीको पहिलो दैनिक पत्रिका पश्चिम घटना र विचारका सप्पादन, त्रिनेत्र मुखपत्रको सम्पादन गरेका वोहरा शिक्षण पेसामा आवद्ध छन् ।

    २.९५ प्रकाश मिश्रवि.सं. २०४० साल चवरा चौतारा खत्याडी डोटीमा जन्मनु भएका मिश्रले गजल मुक्तक विधामा कलम चलाएका छन् ।

    २.९६ दिपा ऐर उदासी’– पुख्र्याैली घर डोटी कफल्लेकी ऐरीगाउँ भएकी उदासीको जन्म २०४० सालमा भएको हो । बहुमुखी प्रतिभाकी धनी उदासीको कलम कविता, गीत, गजलमा चल्ने गरेको छ । हालसम्ममा उनले घाम छायाँ गजलसंग्रह (२०६६), आँखामा राखी हेर कविता संग्रह (२०६६) र तिम्रो आकृति गीत संग्रह (२०६६) प्रकाशित गरेकी छिन् । उनी विश्व नारी साहित्य सम्मेलन पदक २०७१ त्रिमूर्ति निकेतन काठमाण्डौंबाट सम्मानित भइसकेकी छिन् ।

    २.९७ झलक पाली झर्ना वि.स. २०४१ जेरायल गाउँपालिका ४ लक्ष्मीनगरमा जन्मनु भएका पाली डेउडा गीत सिर्जना र गायनमा सक्रिय हुनुहुन्छ । उनीे के मान्नीहोई सौँराइ र खोली गोगनको डेउडा एल्बमका सर्जक, गायक र प्रेस चौतारी डोटीका अध्यक्ष हुनुहुन्छ ।

    २.९८ सुरत रावल डोटेली कान्छा’– वि.सं. २०४२ सालमा के आई सिँह गाउँपालिका तिखात्तर १ डुम्राकोटमा जन्मनु भएका रावत गीत गजल फुटकर लेखन गायनमा सक्रिय छन् हाल सुप साहित्य समाजका सचिव समेत रहेका छन् ।

    २.९९ सौगात ओझाएक दर्जन गीतका स्रजक तथा गीतकार सौगात ओझाको जन्म वि.स. २०४२ सालमा जोरायल गाउँपालिका ३ सरस्वतीनगर ठुल्ढुङ्गामा भएको हो । फुर्सदमा छैन म’ (२०६९) भन्ने तीज गीतको सृजना गरेर सृजनाको फाँटमा देखिएका ओझा गीतकार र गायक पनि हुन् ।

    २.१०० झपट रोकायावि.सं. २०४२ सालमा  बोगटान गाउँपालिका सिमचौर १ गुइनाडामा जन्मनु भएका रोकायाको मनको घरमा त्रास (२०६८) कविता संग्रह प्रकाशित छ ।

    २.१०१ मोहन शाहीवि.सं. २०४३ साल डोटी तिखात्तरमा जन्मनु भएका शाही नवरत्न साहित्य संगम धनगढी, त्रिवेणी कला संगम डोटीका संस्थापक अध्यक्ष समेत हुन् । उपदेश, झझल्को साहित्यक पत्रिकाको सम्पादन गरेका शाही कान्तिपुर दैनिक पत्रिकामा कार्यरत छन् ।

    २.१०२ हरिस रावलवि.सं. २०४३ सालमा डोटी के आइ सिँह गाउँपालिका  रानागाउँ ५ वुहार गाउँमा जन्मनु भएका रावलका हिदृयको विजुली (२०६३)कविता सङ्ग्रह, विरह,विद्रोही आवाज (२०६५) गजल सङ्ग्रह प्रकाशित छ । 

    २.१०३ विपिन सलामीवि.सं. २०४३ सालमा दिपायल सिलगढी नगरपालिका ३ मा जन्मनु भएका सलामीका मैले देखेको दुनिया (२०६२) र कैफियत (२०७०) गजल  सङ्ग्रह प्रकाशित छन् ।

    २.१०४ हर्कमान घर्तीमगरवि.सं. २०४३ मा घाङ्गल पातलमा जन्मिएका घर्तीको सद्भावका फुलहरू (२०६५) गजल सङ्ग्रह प्रकाशित छ । उनी गजल मञ्च डोटी शाखाका अध्यक्ष समेत हुन् ।

    २.१०५.पुष्पराज जोशी पुकार’– वि.सं. २०४३ सालमा जन्मनु भएका जोशीको पुर्खौली घर मान्नाकापडी  १ वराल गाउँ हो उहाँको शब्द छालहरू (२०७१) मुक्तक सङ्ग्रह प्रकाशित छ गजल यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका जोशी सुप मुक्तक समाजका अध्यक्ष समेत हुन् ।

    २.१०६ हरिकृष्ण तम्राकारगायन तथा लेखन दुबै क्षेत्रमा सक्रिय ताम्राकारको जन्म वि.स. २०४३ सालमा खातिवडा रोकायनारा डोटीमा भएको हो । गजल लोकदोहरी आधुुनिक गीत, चौधरी भाषाको गीत र डेउडा गीत गायक ताम्राकार मुलत गजल विधामा कलम चलाउने स्रष्टा हुन् । उनका रचनाहरू विभिन्न सञ्चारक माध्यम तथा पत्रपत्रिकामा प्रशारण र प्रकाशित भएका छन् ।

    २.१०७ तेजराज भट्टवि.सं. २०४४ सालमा के आई सिँह गाउँ पालिका तिखातर १ डुम्राकोटमा जन्मनु भएका भट्टले मुक्तक, गजल विधामा कलम चलाएका छन् उनी नवरत्न साहित्य संगमको अध्यक्ष समेत रहेका छन् ।

    २.१०८ हरी सुदामा जोशी के आइ सिह गाउँपालिका ६ फलेडी डोटीमा वि.स. २०४४ सालमा जन्मनु भएका जोसी गजल लागायतका बिधामा कलम चलाउनु हुन्छ ।

    २.१०९ शुवासचन्द्र भण्डारी बि.स. २०४५ सालमा डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा भएको हो उनी गजल र नियात्रा लेखनमा कलम चलाउने भण्डारी शिक्षण पेसामा आवद्ध हुनुहुन्छ । 

    २.११०. सुनिता रावल बि.स. २०४५ साल जोरायल गाउँपालिका ५ गडसेरामा जन्मनु भएकी रावल रेडियो नेपाल क्षेत्रीय प्रसारण दिपायलमा कार्यरत छन् । उनका गीत, गजल लगायतका फुटकर रचनाहरु विभिन्न संचार माध्यममा प्रकाशित एवं प्रसारित छन् । उनी लेखक संघ डोटीकी साधारण सदस्य समेत हुन् ।

    २.१११ गणेश स्मृति रोकायउत्कृष्ट गजल सृजनामा खुवी भएका रोकाय वि.स. २०४६ सालमा आदर्श गाउँपालिका लामिखाल४ डोटीमा जन्मिएका स्रष्टा हुन् । स्मृतिका छालहरू गजल संग्रह (२०६७) का गजलकार रोकायले प्रतिनिधि गजल (२०७०) र हैसियत (२०७१) संयुक्त गजल संग्रहमा पनि सहभागी जनाएका छन् । उनले डोटीबाट प्रकाशित हुने हिमिका गजल प्रधान पत्रिकका केही अंक सम्पादक गरेका छन् ।

    २.११२ सिर्जना जोशीवि.सं. २०४६ सालमा मुडभरा डोटीमा जन्मिएकी जोशीले कविता गीत गजल हाइकुमा कलम चलाएकी छन् ।

    २.११३. हेम मिश्रवि.सं. २०४६ सालमा चवरा चौतारा खत्याडी डोटीमा जन्मनु भएका मिश्रले गजल विधामा कलम चलाई साहित्य लेखनमा सक्रियता देखाएका छन् ।

    २.११४ हेम मल्लवि.सं. २०४६ सालमा घण्टेश्वर खार डोटीमा जन्मनु भएका मल्लका विविध विधाका फुटकार रचना विभिन्न प्रत्रिकामा प्रकाशित रहेका छन् । डाटेली संस्कृति र भाषालाई धेरै माया गर्ने मल्लको मोटर साइकल दुर्घटनामा परी वि.स. २०७३ सालमा अल्पआयुमै दुखद निधन भएको छ ।

    २.११५ डिल्लीराज ओझावि.सं. २०४६ सालमा महादेवस्थान हिन्नेकाँडा डोटीमा जन्मनु भएका ओझा गीत गजल मुक्तक लेखनमा सक्रिय छन् ।

    २.११६ तोयानाथ भट्टवि.सं. २०४७ मा शिखर नगर पालिका लाटामाण्डौ ७ गिल्लामा जन्मनु भएका भट्टको विद्यारानी (२०६९) गजल सङ्ग्रह प्रकाशित छ । गजल कविता लेखनमा सक्रिय भट्ट लेखक संघ डोटीका सचिव र विद्यार्थी साहित्य प्रतिष्ठान कैलालीका अध्यक्ष समेत हुन् ।

    २.११७ अरुण बम बि.स. २०४७ साल बोगटान गाउँपालिका७ चनुकाँडामा जन्मनु भएका बमले गजल मुक्तक बिधामा कलम चलाउनु भएको छ । उनि नागरिक दैनिक पत्रिकामा कार्यरत छन् भने नेलेस डोटीका सदस्य समेत हुन् ।

    २.११८ तेज पुरुष २०४७ साल के आइ सिँह गाउपालिका ५ केदार गाउँ डोटीमा जन्मनु भएका पुरुष पछिल्लो समयका शसक्त गजलकार हुन् ।

    २.११९ प्रेमाउपाध्यायदि.सि.न.पा. फुलौट डोटी पूख्यौली घर भएकी स्रष्टाको जन्म वि.स. २०४७ सालमा भएको हो । उनको सृजनाको पाटो गजल र कविता हो । उनका रचनाहरू पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

    २.१२० सुरेन्द्र संगमवि.सं. २०४७ जिजाडामाण्डौं जैनोलीमा जन्मनु भएका संगमले आफ्नै स्वर शब्दमा दुईवटा गीति एल्बम निकालेका छन् । उनी गजल, कविता विधामा पनि कलम चलाउँछन् ।

    टेक बोहरा सौगात बि.स. २०४७ साल बोगटान गाउँपालिका २ गराजूमा जन्मनु भएका बोहरा गजल बिधामा कलम चलाउने गजलकार हुन् ।

    २.१२१ टेकराज अवस्थीवि.सं. २०४८ सालमा जिजोडामाण्डौँ सुन्द डोटीमा जन्मनु भएका अवस्थीले मुक्तक कविता विधामा कलम चलाएका छन् । हाल उनी नेपाली लेखक संघका केन्द्रीय सदस्य छन् ।

    २.१२२ केशव महरा पवन’– ‘वेदनाका रङ्गहरूगजल संग्रहका स्रजक महरा वि.स. २०४८ सालमा  शिखर नगरपालिका लाटामाण्डौं७ डोटीमा जन्मिनु भएका महरा गजल मञ्च डोटीका अध्यक्ष र नेलेस डोटीका सहसचिव समेत हुन् ।

    २.१२३ लक्ष्मिराज जोशीवि.सं. २०४८ मा चवरा चौतारा खत्याडीमा जन्मनु भएका जोशीले विभिन्न फुटकर कविता, गजल लेखेको पाइन्छ ।

    २.१२४ लोकराज भट्टवि.सं. २०४८ सालमा  के आई सिँह गाउँ पालिका दुर्गामाण्डौँ ४ वायल डोटीमा जन्मनु भएका भट्टको भुमरीमा देश (२०६९) गजल कृति प्रकाशित छ उनी गजल कविता र अख्यान विधामा सक्रिय रूपमा कलम चलाइ रहेका छन् ।

    २.१२५ नरेश अवस्थी अल्पविराम’– दुर्गामाण्डौँ डोटीमा २०४८ सालमा जन्मिएका अल्पविराम मुक्तक, गजल, कविता, तथा लेखहरूमा कलम चलाउने स्रष्टा हुन् । युवापुस्ताका स्रष्टाहरूमा छन्द कविताप्रतिको माया घटिरहेका वेला छन्दमा सहित कविता लेख्ने अल्पविरामका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

    २.१२६. जीतेन्द्र रावल २०४८ साल के आइ सिँह गाउपालिका ५ ब्वाँर डोटीमा जन्मनु रावल गजल, मुक्तक विधामा कलम चलाउँछन् उनि नेलेस डोटीका साधारण सदस्य समेत हुन् ।

    २.१२७ तीर्थराज भट्टवि.सं. २०४९ सालमा  जोरायल गाउँ पालिका सरस्वतीनगर ३ जोरायल डोटीमा जन्मेका भट्टको कर्मनाशाका भुल्काहरु (२०७०) गजल सङ्ग्रह प्रकाशित छ । जोरायल बस दुर्घटनामा आधारित सम्झनाको सँगालो (२०७१) स्मृति ग्रन्थको सम्पादन, प्रस्तुत लेखक मञ्च मुखपत्रको पनि सम्पादन गरेका भट्टले कविता,गजल लगायतका विधामा कलम चलाएका छन् भने भट्ट नेपाली लेखक संघ डोटीका उपाध्यक्ष समेत रहेका छन् ।

    २.१२८ गीता स्मृति कठायतविभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यममा आफ्ना रचना प्रकाशित एवम् प्रशारित गरेर साहित्य फाँटमा देखिएकी स्रष्टा वि.स.२०४९ सालमा खातिवडा पुनेबाटामा जन्मिएकी हुन् ।

    २.१२९.यज्ञराज जोशी प्रलय’– वि.सं. २०४९ साल बोगटान गाउँपालिका कानाचौर ३ इनाडामा जन्मनु भएका जोशीले कविता गजल मुक्तक विद्यामा कलम चलाएका छन्  विभिन्न साहित्य सघ संस्थासंंग आवद्ध जोशीले प्रशासन अनलाइन मिडिमा  कार्यरत रहि साहित्यिक सामाग्रीलाई उचित स्थान दिएका छन् ।

    २.१३०. खेम बतासयुवापुस्ताका शसक्त कवि एवम् गजलकार बतासको जन्म डोटी जोरायलको सरस्वतीनगर ठुल्ढुङ्गामा वि.स. २०४९ मा भएको हो । राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित हुँदै आएका बतासको बतासगजल संग्रह (२०६९) प्रकाशित छ ।

    २.१३१. रोहित भट्ट निराशीडोटी जोरायल गाउँ पालिको सरस्वतीनगर३ कोटेली पुख्यौली घर भई हाल अत्तरिया कैलाली बस्दै गरेका स्रष्टा निराशीको जन्म २०४९ सालमा भएको हो । साहित्यको गजल विधामा कलम चलाउने निराशीको मरूभूमिमा फूलवारीगजल संग्रह (२०७०) प्रकाशित छ ।

    २.१३२. फणेन्द्र साउँदवि.सं. २०५० असोज २९ गते बोगटान गाउँपालिका २  केदार अखडा चालीस डोटीमा जन्मनु भएका साउँदको अधुरो सपना (२०६६)कविता सङ्ग्रह, बैरागीको मन (२०६९) गजल सङ्ग्रह प्रकाशित छ । उनले फूलवारी, साहित्य दर्पण,सुदूर चिनारी र घोडाघोडी सन्देश सप्ताहिक लगायतका  पत्रपत्रिकाको सम्पादन गरेका छन् । गजल, कविता, कथा विधामा कलम चलाएका छन् । विभिन्न संघ संस्थासंग आबद्ध साउँद नेपाली लेखक संघ डोटीका संस्थापक अध्यक्ष हुन् । यस अघि नेलेस कैलालीका संस्थापक सदस्य हुदै जिल्ला कार्यसमिति सह सचिवको जिम्मेवारी समेत समाली सकेका थिए ।

    २.१३३. साधु भाइ वि.स. २०५० साल बोगटान गाउँपालिका ४ सात्फरी जजलामा जन्मनु भएका साधु पछिल्लो पुस्तामा आस लाग्दा गजलकार हुन् ।

    २.१३४. पूर्ण संगम जेठारा२०५० सालमा डोटीको बड्डी केदार गााउँपालिका घाङ्गल ३ विठारामा जेठाराको जन्म भएको हो । उनको तिम्रो वियोग (२०६७) गजल सङ्ग्रह प्रकाशित छ । हाल गायन क्षेत्रमा सक्रिय रहेका छन् ।

    २.१३५ उषाकुमारी जोशीवि.स.२०५० सालमा  शिखर नगरपालिका मुडभरा ४ डोटीमा जन्मनु भएकी जोशीले कविता,गजल विधामा कलम चलाएकी छन् । उनी लेखक संघ डोटीकी सदस्य समेत हुन् ।

    २.१३६. लक्ष्मण देउवावि.सं. २०५० सालमा जोरायल गाउँपालिका ५, गडसेरामा जन्मनु भएका देउवाको विभिन्न फुटकर रचनाहरु छन् । उनी डोटी गजल मञ्चका सचिव समेत हुन् ।

    २.१३७ पुष्पा शर्मावि.स. २०५१ सालमा मुडभराडोटीमा जन्मिनु भएकी शर्मा हाल अत्तरिया बसी साहित्य सृजना गर्ने नारी स्रष्टा हुन्् । उनका गजल तथा कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।

    २.१३८. शकुन्तला मल्लडोटी जिल्लाको सरस्वतीनगर सेगुनीमा वि.स. २०५२ सालमा जन्मिएकी नारी स्रष्टाको मृत्युपर्यन्त आखिर यही हो जिन्दगीकविता संग्रह (२०७१) प्रकाशित छ । स्रष्टाको डोटी जोरायलबाट कार्य क्षेत्र अछाम जाने क्रममा छतिवन बस दुर्घटना (२०७१) मा परि दुःखद निधन भएको हो ।

    २.१३९. महेन्द्र बम वि.सं. २०५३ साल बोगटान गाउँपालिका ४, सातखरी डोटी मा जन्मनु भएको बम पछिल्लो समयका सशक्त गजलकार हुन् ।

    २.४०. खेम बोहरा एकलप्रेमी बि.स. २०५२ साल बोगटान गाउँपालिका २ बोरबाडामा जन्मनु भएका बोहराको अबिरल आशु(२०७४) गजल संग्रह प्रकाशित छ ।

    २.१४१ निर्मल अवस्थी स्पन्दन’– गजल विधामा कलम चलाउने स्पन्दनवि.स. २०५३ सालमा सरस्वतीनगर अवस्थी गाउँमा जन्मिएका हुन् । उनको चोटहरू लुकाएर गजल संग्रह (२०७१) प्रकाशित हुनुका साथै विभिन्न पत्रपत्रिकामा रचना प्रकाशित हुदै आएका छन् ।

    २.१४२ भुवन भण्डारीवि.स. २०५३ सालमा डोटी जिल्लाको सरस्वतीनगर जोरायलमा जन्मिनु भएका स्रष्टा भण्डारी धनगढीमा बसी गजल क्षेत्रमा कलम

    चलाउँछन् । उनको वैशालु नजर मायालु मन नामक गजल संग्रह २०७० प्रकाशित छ ।

    २.१४३ . कृष्णा सिराडी बि.स. २०५४ साल बड्डीकेदार गाउँपालिका ५ लाना डोटीमा जन्मिएकी सिराडीले चोखो माया फेरी (२०७४) डेउडा गीत लेखन

    तथा गायन गर्नु भएकी सिराडीले गीत गजल लेख्नुका साथै गायनमा पनि सक्रिय छन् ।

    २.१४४. लक्ष्मण भट्ट बिरोधी बि.स. २०५८ साल राजपूर डोटीमा जन्मनु भएका भट्टको सिरानीमा तस्बीर(२०७३) गजल संग्रह प्रकाशित छ । भट्ट बहुप्रतिभाका धनी ब्यक्ति हुन् ।

    २.१४५ गोपालप्रसाद जोशीसिलगढीको जगेराटोलमा जन्मिनु भएका जोशीका  दर्शन सम्बन्धी कृतिहरू प्रकाशित हुनुका साथै उहाँबाट विभिन्न ग्रन्थको अनुवाद कार्य पनि भएको छ ।

    २.१४६ लोकेश शिरिष अधिकारीतिजाली गा.वि.स. डोटीमा जन्मिनु भएका अधिकारीको विछोडको वेदना कविता संग्रह र फेरि बल्झियो घाउ गजल संग्रह प्रकाशित छन् ।

    २.१४७ शेखर श्रेष्ठदिपायल नगरपालिका १ डोटीका स्थायी वासिन्दा श्रेष्ठका दर्जानौँ कृति प्रकाशित छन् । उनले कविता लगायतका विविध विद्यामा मलम चलाएका छन् ।

    २.१४८ लतिता जोशीमुडमरा १ डोटीमा जन्मनु भएकी जोशी साहित्यमा विविध विधामा कलम चलाई रहनु भएको छ ।

    २.१४९ पदमराज जोशी भारद्वाज’– लोक संस्कृतिको गहन अध्ययनमा तल्लीन स्रष्टा जोशी मुडेगाउँ गा.वि.स. लडेखोला डोटोमा जन्मेका हुन् । उनको लोक संस्कृतिको अध्ययन र अनुसन्धानमा आधारित कृति कालोपातल प्रकाशित छ ।

    २.१५०. धन बि.बि. यात्रीडोटी दल्लमा जन्मेका यात्रीको ओइलिएको फूल गजल सङ्ग्रह प्रकाशित छ । स्रष्टाले साहित्यको कविता, गजल लगायतका विधामा कलम चलाएको पाइन्छ ।

    २.१५१ रतनदेव फुलाराडोटीको चुडीमा जन्मिएका फुलाराको लक्ष्मीको सम्झनामा गीति काव्य प्रकाशित छ ।

    २.१५२. प्रकाश छेडाल जोरायल गाउँपालिका ६ निरौलीमा वि.सं. २०४५ साल जन्मनु भएका छेडालका अपरिचित मनुष्य २०६७ र माटोले मागेपछि २०६९ कविता संग्रह प्रकाशित छन् ।

    २.१५३. टेकबहादुर मुडला कार्कीशिखरन नगरपालिका ७, लाटामाण्डौ १ सेतीगाउँ दानकोट डोटीमा जन्मनुभएको कार्कीका क्रान्तिकारीको ईतिहास कृति प्रकाशित छ ।

    २.१५४. प्रकाश बमवि.सं. २०४९ साल बोगटान गाउँपलिका ६ गगुडामा जन्मनु भएका बम गजल, मुक्तक, कविता विधामा कलम चलाउनु हुन्छ ।

    २.१५५. छत्र बोहरा बड्डीकेदर गाउँपालिका ५, लाना डोटीमा जन्मनु भएका बोहरा गजल, मुक्तक विधामा कलम चलाउँछन् ।

    २.१५६. तीर्थराज ओझा वि.सं. २०२२ सालमा डोटीको जोरायल गाउँपालिका ५, गडसेरामा जन्मनु भएका ओझा धनगढी कैलालीमा बसी साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ । समसायिक विषयमा विश्लेषणात्मक लेख, कविता तथा अन्य विधामा कलम चलाउने स्रष्टा पत्रपत्रिकामा सौरभ शर्मा र सामाजिक संजालमा गडसेरी माइलाका नामले परिचित हुनुहुन्छ ।

    २.१५७. पदम स्मृति अवस्थी केआईसिंह गाउँपालिका वायल डोटीमा जन्मनुभएका अवस्थी गजल विधामा कलम चलाउनु हुन्छ ।

    २.१५८. टंकप्रसाद जोशी वि.सं. २०३७ सालमा बड्डीकेदार गाँउपालिका ४, मान्नाकापडी बरलगाउँ, डोटीमा जन्मनु भएका जोशी कविता, निवन्ध विधामा कलम चलाउनु हुन्छ । हाल उनि कैलाली जनपुस्तकालयका सचिव समेत हुन् ।

    २.१५९. गणेश चन्द बोगटान गाउँपालिका ६, गगुडामा वि.सं. २०४८ सालमा जन्मुभएका चन्दको नभनेका कुरा गजल संग्रह प्रकाशित छ ।

                   माथि उल्लेखित नामहरु बाहेक डोटीमा धेरै लेखकहरु रहेका छन् । जसमध्ये पुराना लेखकहरुमा सिद्धराज जोशी, रामचन्द्र जोशी, उमाकान्त भट्टगोविन्द केसी, टेकराज जोशी लगायतका स्रष्टाहरु छन् । यसका साथै गुड्डी पन्त, साबित्री पन्त शुशिला देउजा, निर्मला बोगटी, इश्वरीदत्त उपाध्याय, गोपाल ऐर, देवराज भट्ट, तारा रोस्यारा, बलीभद्र शाही, अज्ञात शर्मा, लगायतको योगदान पनि महत्वपूर्ण छ । नयाँ पुस्ताका लेखकहरुमा अनुराग प्यासी सिलगढी, बालकृष्ण जोशी उडितोला, तेज बिक्रम शाही तिखातर, सरिता खडायत खतिवडा,अरुण वम चवरा चौतारा चनुकाँडा, खगेन्द्र जैशी कानाचौँर, गणेश खडायत खतिवडा, लालबहादुर बोहरा,कृष्णा सिराडी लाना केदारेश्वर, ललिता जोशी मुडभरा, कृष्णा वम,सुनिता बिष्ट चवरा चौतारा चनुकाँडा÷इसराला,पदम अवस्थी,कैलास कुँवर वायल, कल्पना जोशी, कल्पना ढाँट,हेम सरोवर साउँद, राजेन्द्र प्रसाद ओझा गडसेरा, मिनराज पाठक गडसेरा, उपमा ओझा मौँवा, गणेश चन्द गगुडा, कैलाश कुँवर वायल, लेखराज ओझा जोरायल, विमला राणा राना गाउँ, छत्रकमल पाठक, गोमती पनेरु, गणेश जोशी, बिक्रम गुरुङ्ग, बद्री प्रसाद जोशी, डण्डीराज जोशी, टंक कुँवर, कल्पना जोशी, कल्पना ढाँट,हेम सरोवर साउँद, मान ब. देउवा, धन ब. विठारीलगायतका प्रतिभा पनि साहित्य लेखनमा सक्रिय रहेका देखिन्छन् ।

    २.३ डेउडा गायक एवम सर्जकहरु

                   डेउडा शब्दका विषयमा व्यक्ति अनुसार फरक फरक धारणा पाइन्छ । डेउडा शब्दलाई कोही देवी देउताको स्तुती गानबाट आएको हुनाले यसलाई देउडा भनिनु पर्छ भन्ने एकथरीको भनाई छ भने डेउडा खुट्टाको ताल मिलाएर खेलिने खेल भएको हुनाले डेउडा भनिन्छ भन्ने अर्को  थरिका व्यक्तिहरुक भनाई रहेको पाइन्छ । बोलीचालीमा डेउडालाई  ज जसरी भने पनि भाषा परिवर्तनशील हुन्छ भाषा सहजतीर उन्मुख हुने हुँदा सबैभन्दा सरल सहज र मन्य रुप डेउडा शब्द नै उपयुक्त हुन्छ । सुदूर पश्चिमको पहिचान डेउडा हो । डेउडा एकल रुपमा लयवद्ध पारि गाइन्छ भने सामुुहिक रुपमा डेउडा लयवद्ध भाका हालि हातखुट्टाको तालमेल सहित दुई पक्षको वीचमा खेलिन्छ । यो खेलमा ओहरोदोहरो गीत हाल्नेलाई डेउड्या÷गितौड्या भनिन्छ । जसले लेख्य माध्यमबाट नभए पनि कथ्य रुपमै आफ्नो आशुत्व प्रतिभा देखाएका छन् । यस सन्र्दभमा डोटीका डेउडेहरुमा खण्टे खड्का (चल्या साइ) ठगि महरा हस्वाँ कानो, देउमानि वलायर, भिर्के टमट्टा, वहादुर ढोली परमानन्द पन्त, झुसे दमाई, महा ढोली, चन्द्रमान वम, पदमराज उपाध्याय, मन्वाँ लुहार, प्रबीने ढोली, पदमसिँह वम, टेक वहादुर वम (नेपाले) दुख्या भुल, श्रीधर अवस्थी, तारादेवी मल्ल, आदि रहेका छन् । भने वर्तमान समयमा डोटीका डेउडेहरुमा तारा वम, प्रकाश सेठी, गौरी देवी वम, टिकासिँ शाहुडिल वहादुर धामी, दल वहादुर वोगटी, धौली विष्ट, जगु भुल, तुलसादेवी नेपाली (गानी) गंगाराम जोशी, पुष्कर सार्की,तिलक खड्का, सुरत बोहरा, योगेन्द्र बम, रामचन्द्र जोशी, पुर्णानन्द जोशी, गगनसिँह ऐर, जमने नेपाली लगायतका डेउडेहरु छन् । यसको साथै गीत रचनासंगै गायन मार्फत देखापर्ने सर्जक तथा गायकहरुमा चन्द्र सिँह साउँद, हिरालाल ताम्राकार, केशव फुलारा, चित्रा पनेरु, पुर्णा जोशी, दिपेन्द्र दाहाल, नन्दसिँह धामी, भक्त धामी, वेणी माधव भट्ट, देवराज भट्ट, चेत वहादुर ताम्रकार, भुवन दाहाल, डिल्लीराज फुलारा, कर्ण वहादुर मल्ल, टीकाराम जोशी, मिलन ओली, विमल बोहरा, दिपक बोहरा, प्रेम नेपाली, भरत भट्ट, शेर बिष्ट, दान बहादुर धामी, जयराज ओझा, यमुना दर्लामी मगर, चेत कार्की, हेमन्त विवश, गोपाल सुचिकार, गुमान सिँह वोहरा, यादव कडाल, चाँदनी मल्ल, निर्मला भण्डारी, राजु भट्ट, ध्वज महरा, देवराज जोशी, सुर्य वहादुर वलायर, रमेश वलायर, डवल वोहरा, निर्मल वम,सुर्य विरहि साउँद,कल्पना वि.सी,दिपक संगम विसी,अमर लामा,भरत भट्ट,खगराज अवस्थी, चक्र बम,सुरेन्द्र संगम, धन वहादुर नेपाली, भिमराज ओझा, लक्ष्मी सिँह, राजु नेपाली, विष्णु भट्ट, टेक वहादुर ऐर, शेर वहादुर विक, लक्ष्मी पाली, निर्मला पाली, गंगी वलायर, सरिता कठायत, हेमा मडै, सुरत रावत, सौगात ओझा,मिनबहादुर रोकाया, खगराज अवस्थी, चक्र बम, चन्द्रदेव ओझा, ठम्मान वोहरा, पुरन कुडमाल, बिमल बोहरा, बिरेन्द्र कडायत आदि रहेका छन् । यी डेउड्या र गीत सर्जक एवम् गायकहरुले डोटी जिल्लाको साहित्य फाँटलाई उर्बर वनाउनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।

    २.४ साहित्यिक संघ संस्था

    डोटी जिल्लामा साहित्यिक गतिविधि अगाडि वढाउन विभिन्न संघ संस्थाहरु अस्तीत्वमा रहेका छन् । जसमध्ये त्रिवेणी कला संगम, शैलेश्वरी कला केन्द,्र नेपाली विषय शिक्षक संगम, सुप साहित्य समाज डोटी शाखा, सुप सांस्कृतिक समुह, सुप गजल मञ्च डोटी शाखा, गजल मञ्च डोटी नेपाल सांस्कृतिक संघ डोटी र वर्तमान समयमा जिल्लामा नेपाली लेखक संघले पनि सक्रियता देखाएको छ । गाउँ गाउँमा रहेका क्लवहरुले पनि साहित्यिक गतिविधिमा लागेको पाइन्छ ।

    २.५ पत्रपत्रिका र सञ्चार माध्यम

    डोटी जिल्लाको साहित्यक गतिविधिमा सञ्चार माध्यम र पत्रपत्रिकाको योगदान महत्वपूर्ण छ । दिपायलमा रहेको रेडियो नेपाल क्षेत्रीय प्रसारणले साहित्यिक कार्यक्रमहरु सञ्चालन गरेको पाइन्छ । त्यस्तै डोटीको पहिलो पत्रिका दिपायल सन्देशदेखि लिएर वर्तमानसम्म प्रकाशित हुदै आएका विम्व साप्ताहिक, वेष्ट न्युज, नजर, डोटी हाइलाइट, सन्देश सारथी, डोटेली आवज, साप्ताहिक र पश्चिम घटना विचार, दिपायल पोष्ट, रफ्तार, नेपालपथ दैनिक पत्रिकाहरुले पनि साहित्यिक सामाग्रीलाई उचीत स्थान दिदै आएको पाइन्छ । यसका साथै जिल्लामा प्रसारण हुदै आएका त्रिवेणी एफ.एम., शैलेश्वरी एफ.एम. र रेडियो डोटीले पनि साहित्यिक कार्यक्रम सञ्चालन गरेका छन् । यसरी साहित्यिक पत्रपत्रिकाहरुमा हिमिका, त्रिनेत्र, डोटी उ.वा.संघको सात नं. प्रदेशको राजधानी डोटी किन ? भन्ने पुस्तकमा पनि बौद्धिक वर्गका ओजस्वी साहित्यिक विचार व्यक्त भएका छन् । यसका साथै लेखक मञ्च, पनि डोटीको साहित्यिक फाँटमा वलियो दस्तावेज बनेको छ  । यसका साथै विभिन्न संघ संस्थाले पनि मुखपत्र प्रकाशन गरि साहित्यमा योगदान दिएका छन् ।

    २.६ साहित्यिक गतिविधि

    डोटी जिल्लामा आआफ्ना अर्थात समाजका चाल चलन रीति अनुसार परापुर्वक कालदेखि नै साहित्यिक गतिविधिहरु भएका पाइन्छन् डोटीका स्रष्टाहरुले साहित्यिमा कलम चलाए पनि जिल्लामै रहेर कलम चलाउने स्रष्टाहरु सीमित छन् । जसका कारणले जिल्लामा साहित्यिक गतिविधिमा कमि आएको छ । डोटीका अधिकांश लेखकहरुले भौतिक रुपमा धनगढी र काठमाण्डौलाई कार्मथलो वनाएका छन् भने भावनात्मक रुपमा डोटीसँग आत्मीयता गासेकैँ छ । विविध कारणले गर्दा डोटीमा साहित्यिक गतिविधिमा कमि आएको भएता पनि साहित्यक गतिविधिहरुलाई स्मरण गर्नु पर्दा जागिरीको सिलसिलामा डोटीमा पाल्नु भएका  चितवनका श्रष्टा राजन विफल पौडेल र वैतडीमा श्रष्टा लक्ष्मीदत्त भट्ट (सत्यप्रेमी) लाई स्मरण गरेनौ भने उहाँहरुप्रति अन्याय हुन्छ । किनकी उहाँहरुकै सक्रियतामा डोटीमा साहित्यिक गतिविधि वढेको पाइन्छ उहाहरुकै सक्रियतामा हिमिका गजल प्रधान पत्रिका प्रकाशन भएको छ । नेपाली विषय शिक्षक संगम डोटीले पनि त्रिनेत्र मुखपत्र प्रकाशित गरी साहित्यिक गतिविधिमा सक्रियता देखाएको छ । भने सु.प.साहित्य समाजले पनि आफ्नो देश दर्शनको श्रङ्खला मध्ये एउटा श्रङ्खला डोटीमा सम्पन्न गरेको छ । त्यसै गरी प्रा.डा.जयराज पन्तको सक्रियतामा नेपाली लोकवार्ता तेश्रो राष्ट्रिय संगोष्ठी पनि डोटीमा सम्पन्न भएको छ । त्यसका साथै नेलेस डोटीले पनि आख्यानकार बीपीको स्मृति दिवसका अवसरमा डोटीमा भव्य कार्यक्रम सम्पन्न गरेको थियो र अन्य संघ संस्थाले पनि डोटीमा साहित्यिक गतिविधि गर्ने गरेको पाइन्छ ।

    २.७ निष्कर्ष

                   डोटी भाषा, साहित्य, कला र संस्कृतिमा सम्पन्न जिल्ला हो । यस जिल्लाले विशिष्ट प्रतिभाहरु जन्माएको छ । यस जिल्लाका प्रतिभाहरु अध्ययनकै सिलसिलामा जिल्ला वाहिर जाने र उतै आफ्नो वन्दोवस्त मिलाइ स्रष्टाहरु पलायन हुने गरेकाले जिल्लामा साहित्यिक गतिविधिमा कमि आएको छ । सुपको क्षेत्रीय सदरमुकाम भएर पनि विकासमा पछाडी परेको हुनाले जिल्लाका मानिसहरु बसाई सराई गरि तराईमा झर्ने गरेको पाइन्छ । अन्तमा, यो लेख सुरुवाती भन्दा केही परिमार्जन गरी सबै लेखकहरुको मञ्च बनाउने प्रयास गरेका छौँ । अझै पनि यस मुखपत्रमा चाहेर पनि सम्पूर्ण लेखकहरुको विवरण प्राप्त गर्ने नसकेको हुदाँ उहाँहरुको विवरण राख्न सकिएन । यसमा अन्यथा नलिनु होला यसमा कसैलाई आग्रह पूर्वाग्रही भावनाले सोचिएको छैन, खोज अनुसान्धनबाट प्राप्त विवरण यहाँ समेटिएको हो । आगामी दिनहरुमा यहाँहरुको राय, सल्लाह सुझावका आधारमा सबै लेखक वर्गहरुको विवरण राख्ने प्रयास जारी रहने छ ।

    सन्दर्भ सामग्री

    –             यात्री, यज्ञराज साहित्यकार परिचय कोष (२०६०), सु.प. साहित्य समाज धनगढी, कैलाली ।

    –             भट्ट पुस्करराज डोटी साहित्य एक सर्वेक्षण (२०७१) डोटी विशेष अंक जनमत मासिक, बनेपा ।

    –             लेखक मञ्च (२०७३), नेपाली लेख संघ, डोटी ।

     

    सम्बन्धित वर्गका समाचारहरू

    चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
    धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
    सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
    धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
    रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
    धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
    कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
    कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा