अनलाइन भर्चुअल कार्यक्रम नेपाली गजल उन्नयनका कोशेढुङ्गा : हरिश कान्छो जोशी 

Harish Joshi.
Harish Joshi.
August 18, 5:47

हालको अवस्थामा नेपाली गजलले एक शताब्दीको यात्रा तय गरेर पनि एउटा छुट्टै  पहिचान बनाउन नसकेको हो कि जस्तो पनि लागेको छ । भनिन्छ, नेपालमा सबैभन्दा बढी लेखिने र पढिने विधा हो गजल । निसन्देहभन्दा बढी लेखिने विधा त हो तर सबैभन्दा कम पढिने विधा पनि गजल हो, यसमा कुनै संका छैन । निसन्देह पनि गजल लेखी टोपल्ने स्रष्टा धेरै छन् तर गजल लेख्ने स्रष्टा धेरै हुँदैमा गजलको विकास भएको मान्न भने सकिदैन ।
कुनै पनि साहित्यको विकास र समृद्धिको मापन आधार भनेको त्यसभित्र उठान हुने विषयवस्तु हो नै । नेपाली गजलको विकास हुन नसक्नुको एउटा कारण भनेको गजलका वहस नहुनु र अन्य विधामा जसरी गजल विधामा कुनै पनि आन्दोलन नहुनु पनि हो जस्तो लाग्छ ।
गजलको विकासका लागि भनेर ठाउँ ठाउँमा निरन्तर गजलको बाचनका कार्यक्रम भइरहेका थिए तर त्यसलाई कोरोनाले धेरै ठुलो प्रभाव पारेर मञ्चमा नै कार्यक्रम गर्न नसकिने अवस्था अहिले सिर्जना भएको छ । 
कोरोनाको यस्तो कहरमा पनि अनलाइन भर्चुअल कार्यक्रम हुनु नेपाली गजलको निम्ति सबैभन्दा ठुलो र सबल पक्ष हो । सुदूरपुर्वदेखि सुदुरपश्चिमसम्म अहिले दुबो मौलाएझैं अनलाइन कार्यक्रम मौलाएका छन् । 
आखिर कार्यक्रम जुन जुन ठाउँमा सञ्चालन भए पनि यी  कार्यक्रमले गजलको गुणात्मक र गणनात्मक विकासमा टेवा पु¥याइरहेको छ ।
विषम परिस्थितिको अवस्थामा पनि नेपाली गजलको उन्नयनका लागि सुदूरको पनि दूर बिकट बझाङदेखि अनलाइन गजल रस कार्यक्रम निरन्तर चलेको खबरले गजकारलाई उत्साहित बनाएको छ । 
हामी गजलको निम्ति भनेर नै सदासर्वदा लागि परेका छौँ, नेपाली गजलको निम्ति एक उत्कृष्ट कार्यक्रम बन्नुपर्छ भन्ने ध्येयका साथ हामी कार्यक्रमलाई व्यवस्थापन गरेर अगाडि बढाइरहेका छाँै, अब यो कार्यक्रम नेपाली गजलको गुणात्मक विकास र गजलको स्तरोन्नतिको लागि कोशेढुङा बन्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार हो । यस्तो विषम अवस्थामा पनि  गजललाइ माया गर्नेहरूलाई गजलबाटै मनोरञ्जन दिनु पनि हाम्रो प्रमुख ध्येय हो साथसाथै नेपाली गजलको उन्नति प्रगतिमा लागि पर्नु हाम्रो प्रमुख उद्देश्य हो । गजललाई माया गर्ने मनसँग साथीहरुहरूसँग  गजलकारहरूलाई रूवरू गराउदै आइरहेको छौँ ।
हामीले जेष्ठ १७ गते शनिबारदेखि सुरु गरेको कार्य आजसम्म रोकिएको छैन । बझाङको पनि बिकट दूरमा बसेर कार्यक्रम चलाउँदा थुप्रो समस्या र अप्ठ्यारा परिस्थिति आउँदारहेछन् ।  विभिन्न बाधा व्यवधान र समस्यासँग जुधेर पनि कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ ।  गजलको स्तरोन्नतिका निम्ति लागि परेका छौँ । सबै जनाको साथ सदासर्वदा पाइरहनेछु भन्ने विश्वास पनि लिएका छौँ ।

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा