गजल

गजल
गजल
August 28, 8:50

२०७७ भाद्र १२ गते शुक्रबार 
भ्रष्टहरू बलिया र इमान्दारहरू कमजोर हुनेछन।
उसैको बजार हुनेछ जसका दाहिना ईश्वर हुनेछन।

व्यर्थ प्रतीक्षा नगर्नु तिमी सुरक्षित छ सपना भनेर,
लुटिनेछन तिम्रा सपना शासक जति चोर हुनेछन।

देखे जस्तो हुदैन भए जस्तो देखिदैन राजनीति हो,
फोहर सुँगुरले गर्नेछन तर नि बदनाम खोर हुनेछन।

नयाँ क्रान्तिको सुरुवात त्यहीँबाट हुन थाल्नेछ हेर्नू
जहाँ गरिब अनि निमुखामाथी अन्याय घोर हुनेछन।

ठुला ठुला सामन्त ढलेका इतिहास अझै साक्षी छन
तिम्रो नि पतन हुनेछ सडकमा उर्लेका स्वर हुनेछन।

धर्मानन्द भट्ट
कञ्चनपुर

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा