मुक्तक

मुक्तक
मुक्तक
September 02, 10:47

मुक्तक १
******
उस्काे घर पुग्दा हात मिलाउँन लम्काएकाे थियाे
साथी अाईन् भनि उस्ले अनुहार चम्काएकाे थियाे
भित्र बाट अावाज अाउँछ काेराेना भएकाे हाेला ?
अनायास किन अायाै यस्ताे बेला धम्काएकाे थियाे।
मुक्तक २
******
अाफुलाई मेटाएर प्राणदान दिने पानी संग सिकाैं
लाखाै पीडाकाे भाव लुकाउँन अाँखाकाे नानी संग सिकाैं
संसारभर सहि महानता त्याग तपस्यामा देखियाे
अरुकाे उद्धार गरी पाउँने सन्तुष्टि दानी संग सिकाैं।

मुक्तक ३
******
हातमा झण्डा बाेकि हिमाल टेक्न पाईयाेस्
सफलताका गाथा विश्वभर् लेख्न पाईयाेस्
गुराँस सिरमा सिउँरी डाँफे संगै नाच्दै
शान्तिका अग्रगामी ती बुद्ध भेट्न पाईयाेस्।

मुक्तक ४
******
अकस्मात विश्वभर काेराेना अाउला साेचेकाे थिईन
विज्ञानलाई हण्डर खुवाई छाउला साेचेकाे थिईन
बन्धक बनायाे बिना शव्द हात मुख कपडाले कसी
अाफ्ना भेट्घाट गर्न नदिई रुवाउला साेचेकाे थिईन।

मुक्तक ५
******
सक्ने भए भेट्न अाऊ मलाई छदै घाम डाँडा वारी
थाम्नै सक्दिन अाफ्नै याे ज्यान अाफैलाई हुदैछ भारी
गर्नु गर्याे जिन्दगीले पीडा जलन मात्र दिईरह्याे
समयले पर्खदैन कुनबेला जीवन् क्षितिज पारी।

शर्मिला श्रेष्ठ
भैंशेपाटी,ललितपुर
हाल परदेश

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा