सरकार त्यो मजदुरको पीडा कस्ले बुझ्ने हो?

चक्र
चक्र
September 03, 7:48

२०७७ भाद्र १८ गते बिहिवार
चक्र खडायत
बिहानै उठेर मजुदुरी गरेर खाने त्यो मजदुरको पिडा कस्ले बुझ्ने सरकार ?? चैत्र महिना देखि आज सम्म बन्द खुलेको छैन, घरमा त्यो मजदुरको परिवार छ, सबै परिवार त्यही मान्छेमा निर्भर छन, काम गर्न जाने त कता जाने ?? कतै जाने ठाउँ छैन, त्यो मजदुरको छोरा छोरिले बुझेको छैन मेरो बुवाको अचेल काम चलेको छैन भनेर, तिनिहरुको भोकले भन्दैन कि लकडाउन छ कर्फ्यु छ, पेटलाइ जसरी भए नि खाना चाहिन्छ, कति दिन सम्म त्यो मजदुरले ऋण निकालेर छोराछोरीलाई खुवाउने अब हरेक महिना कति माग्ने अरु सङ्ग ऋण नि? काम चल्दैन अनि त्यो मजदुरले तिर्छ कसरी ?? त्यो मजदुरले ठिक छ पैसा त माग्छ तर कहिले सम्मको भाका दिन्छ त तिर्नलाइ ??? एक महिना दुई महिना ?? ६ महिना सकिन लागि सक्यो, अब त्यो मजदुरले कतै मृत्युको बाटो रोज्ने त हैन ?? कहिलै फाट्टफुट्ट काम पाए नि भने जस्तो पारिश्रमिक पाउदैन त जस्ता धेरै बेरोजगार छन।गर्ने भए यतिमा गर नत्र ठिकै छ भन्ने जवाफ आउछ काम लगाउने बाट, अब के गर्छ त त्यो मजदुरले ?? यसको समाधान के त ?? कोरोना भन्दा खतरा त यो भोकमरी होला जस्तो छ, यो बारेमा सरकारले किन नसोचेको हो ??
यो लकडाउन मात्र विकल्प हो त ?? काम गर्न पाउने बाताबरण छैन, राहतको नामको सबै चिज ठुलाबडाहरुले नै बाडेर खाइसक्छन जहाँ पुग्नु पर्ने त्यता अलि -अलि मात्र पुगेको हुन्छ, ५ दिनको लागि खान पुग्ने गरि राहत बितरण गर्छन अनि ६ महिना सम्म लकडाउन कर्फ्यु लगाइन्छ, यी निम्न बर्गिय मजदुरको बारेमा सोच्ने कस्ले ?? अझै कति दिन सरकार ??
के यो देश ठुलाबडाको मात्र हो ?? सार्बजनिक यातायात बन्द अनि प्राइभेट गाडी चालू, के कोरोना प्राईभेट गाडी बाट सर्दैन ? ठुलावडाले किन्न सक्ने ठाउँ ठुला- ठुला सपिङ मलहरु खुला छन अनि निम्न बर्गिए जाने ठाउँ त्यो पसल किन बन्द ?? यो देश ती मजदुरहरुको हैन र ?? तिनिहरुले ऋण निकालेर किन्ने ठाउँ नि नपाउने ?? सरकार त्यो मजदुरलाइ ऋण निकाल्न त बाध्य बनायौ तर उसले तिर्ने भाका कहिले सम्मको राख्नु पर्ने ?? अझै कति बन्द ?? अझै कति दिन ?? कति महिना ??

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा