शिखर नगरपालिकाका शिक्षक सिक्दै सिकाउँदै

शिक्षा
शिक्षा
September 11, 11:25

२०७७ भाद्र २६ गते शुक्रबार 
शिक्षा
विश्वलाई नै आतकिंत र मानवीय जीवनलाई कष्टकर बनाईरहेको कोभिड- १९को सबैभन्दा बढी प्रभाव शिक्षा क्षेत्रमा परेको छ। शिक्षा क्षेत्रमा पनि विद्यार्थी सिकाई सहजीकरणका दृष्टिले सामुदायिक विद्यालयमा यसको प्रभाव बढी छ।

निजि विद्यालयहरुले बैकल्पिक माध्यमको पठनपाठनमा अघि बढिरहेको बेला सामुदायिक विद्यालयहरुमा उक्त अभ्यास त्यती देखिएको छैन।देशभरका शिक्षकहरु बिगत ६ महिनादेखि प्रत्यक्ष रुपमा सिकाई क्रियाकलापमा जोडिन सकेका छैनन।

तर डोटीको शिखर नगरपालिकाका शिक्षकहरु भने सिक्न र सिकाउनमा ब्यस्त छ्न।उक्त नगरपालिकाका शिक्षकहरुले शिखर लर्न एन्ड सेयर कोर ग्रुप निर्माण गरि सिकाई आदान- प्रदानमा ब्यस्त रहेका हुन।कोभिड-१९ ले सिर्जना गरेको त्रासको माहोलका बिच सिकाई सहजीकरणलाई कसरी अघि बढाउन सकिन्छ भन्ने उपाय खोज्न उनिहरु निरन्तर छलफल र तालीममा संलग्न रहेकाछन।


कोभिड १९ का दौरान र कोभिड १९ पश्चात सिकाई सहजिकरणगर्ने , शिक्षककाअनुभवहरु आदानप्रदानगर्ने , सिकाई सहजिकरणका अभ्यासहरुको अनुभव साटासाट गर्ने र शिक्षकलाई नवीनतम शैक्षिक प्रविधिसँग जोड्दै अघि बढ्ने उद्देश्यबाट उक्त ग्रुप निर्माण गरिएको बताइएको छ।

यसका साथै शिक्षकको पेशागत बिकास हुने खालका कार्यक्रम संचालन गर्दै शिक्षकहरुलाई सशक्त गर्ने गरि उक्त ग्रुप निर्माण गरिएको शिखर लर्न एन्ड सेयर कोर ग्रुपका संयोजक शेर बहादुर कठायतले बताउनुभयो।

भर्चुअल माध्यमबाट अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्दै सिकाईमा शिक्षकहरु जुटिरहेको संयोजक कठायतले बताउनुभयो।
शिखर नगरका स्व–उत्प्रेरित शिक्षकहरुको सिक्ने सिकाउने कार्यलाई आफुले सकारात्मक प्रयासको रुपमा लिएको र आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको नगर प्रमुख सितारामजोशीले बताउनु भयो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृत शेरबहादुर कार्कीले सिक्ने सिकाउने समुहको सफलताको कामना गर्दै शिक्षकहरुलाई आवश्यक पर्ने सिर्जनशिल सहयोगको लागि सदैव तत्पर रहेको बताउनुभयो।

शिखर लर्न एण्ड सेयर कोर ग्रुपले निरन्तर शिक्षक पेशागत विकास कार्यलाई समेत जोड्दै आएको बताइएको छ।उक्त ग्रुपले यही भाद्र २५ देखि २८ गते सम्म भर्चुअल माध्यमबाट आइ.सि.टि.तालिम संचालन गरिरहेको छ। शिक्षकहरुलाई आधुनिक प्रविधि सँग जानकार बनाई शिक्षण सिकाई कार्यलाई प्रभावकारी, रोमाञ्चक एबम प्रविधिमैत्री बनाउन सो तालीम संचालन गरिएको शिखर लर्न एण्ड सेएर कोर ग्रुपका संयोजक शेरबहादुर कठायतले जानकारी दिनुभयो।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा