बडी केदार पर्यटन विकास समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यको शपथग्रहण सम्पन्न

Badikedar
Badikedar
June 04, 7:32

धनगढी,

डोटीको बडी केदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामीबाट समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

बडी केदार क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि देव बहादुर बोहराको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा बल बहादुर बुढा, प्रकाश धामी, शरद बहादुर मलासी, चन्द्रा देवी भूल र ज्ञानु कुमारी मल्ल रहेका छन् भने सदस्य सचिवमा दीपेन्द्र राज सिराडी नियुक्त भएका थिए । उनीहरूले आज एक कार्यक्रमका बिच उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमै पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

mantralaya

 

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा