डोटीमा राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्झौता बिषयमा अन्तरकृया सम्पन्न

डोटीमा राष्ट्रिय अन्र्तराष्ट्रिय सम्झौता विषय अन्र्तक्रिया कार्यक्रम सम्पन्न
डोटीमा राष्ट्रिय अन्र्तराष्ट्रिय सम्झौता विषय अन्र्तक्रिया कार्यक्रम सम्पन्न
June 23, 7:06

डोटी,असार ९सामुदायकि विकास केन्द्र डोटीले आयोजना गरेको सार्वजनिक शिक्षामा लगानीका क्षेत्र तथा राष्ट्रिय- अन्तर्राष्ट्रिय  सम्झौता विषयमा अन्तरकृया सम्पन्न भएको छ । कार्यक्रममा बोगटान र बडिकेदार गाँउपालिका अध्यक्ष, जिल्लामा रहेका नौ ओटा स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख, शिक्षा विकास तथा समन्वय एकाई, विद्यालयका प्रधानाध्यापक, शिक्षाका लागी राष्ट्रिय अभियान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सरोकारवालाको उपस्थिति रहेको थियोे ।
सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बोगटान गाँउपालिकाका अध्यक्ष कमल  गडसिला, र बडिकेदार गाँउपालिका अध्यक्ष कृष्ण बहादुर चन्द, राष्ट्रिय अभियानका केन्द्रिय अध्यक्ष डिल्लीराम सुवेदी, शिक्षा विकास तथा समन्वय एकाइ डोटीका टिका दत्त जोशी, गैसस डोटीका अध्यक्ष रधु कठायत, नौ ओटै पालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापक, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, पत्रकार लागायतको सहभागिता  रहेको थियो ।
सार्वजनिक शिक्षामा लगानीका क्षेत्र तथा राष्ट्रिय- अन्तर्राष्ट्रिय  सम्झौता विषय शिर्षकमा शिक्षा विद तथा अर्थविद डा.राजेन्द्र चन्द द्धारा ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा स्थानिय सरकारले आगामी बजेटमा विद्यालयको भौतिक पुर्वाधार, शिक्षालाई प्राविधि सँग जोड्ने , विद्यालयमा आवश्य जनशक्ति को व्यवस्थापन, शिक्षण सिकाई क्रियाकलापा र विद्यालयमा अतिरिक्त क्रियाकलाप जस्ता कार्यक्रम संचालन गर्ने जोड दिनु भयो ।
कार्यक्रम माथि छलफलमा भाग लिदै शिक्षकहरुले आगामी वर्षको बजेटमा विद्यालयमा बैकल्पीक माध्यमबाट शिक्षण गर्नेको लागी कार्यक्रम ल्याउनु पर्ने र विद्यालयमा आवश्य स्वस्थ्य सामग्री व्यवस्था गर्नु पर्ने कुरामा जोड दिनु भयो । आफ्नो भनाई राख्ने अधिकांश व्यक्ताहरुले आगामी बजेटमा शिक्षकको क्षमता विकास, बैकल्पीक सिकाईका मध्यम र भौतिक संरचना विकासमा जोड दिनु पर्ने बताउनु भयो ।
आगामी बजेटमा विद्यालयका शिक्षक कर्मचारीको क्षमता विकास र भौतिक पुर्वाधारमा जोड दिने बोगटान गाँउपालिका का अध्यक्ष कमल गडशिला ले बताउनु भयो । गाँउपालिकाका भौगोलिक बनोटले पनि शिक्षा क्षेत्रमा चाहे जति काम गर्न नसकेको र आगामी दिनमा सबै पक्ष सँग सहकार्य गरेर अगाडी बढ्ने बडिकेदार गाँउपालिका अध्यक्ष कृष्ण बहादुर चन्दको भनाई रहेको छ ।
छलफलमा स्थानिय तहले आगामि निति कार्यक्रम तथा बजेटमा समेटिनु पर्ने कार्यक्रमा स्थानिय तहको शिक्षा क्षेत्रका प्राथमिकता का बारेमा छलफल संचालन गरीयो । कार्यक्रम सामुदायिक विकास केन्द्र डोटी आयोजनामा संचालन गरीएको थियो ।
 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा