पुनर्वास नगरपालिकामा भर्ना अभियान सुरु

पुनर्वास नगरपालिकामा भर्ना अभियान सुरु
पुनर्वास नगरपालिकामा भर्ना अभियान सुरु
June 24, 11:53

पुनर्वास,असार १०  – बढ्दो कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका निजि तथा सामुदायिक बिद्यालयहरुलाई विद्यार्थी भर्ना एवं सिकाई निरन्तर सुरु गर्न पुनर्वास नगरपालिकाले निर्देशन दिएको छ ।
अषाढ ६ गते बसेको नगर शिक्षा समिति पुनर्वासको बैठकले जिल्ला प्रशासनको स्वास्थ्य मापदण्डलाई ख्याल गरि सम्पूर्ण बिद्यालयहरुलाई शैक्षिक सत्र २०७८ को भर्ना कार्यक्रम असार १५ मा पहिलो चरण र भर्ना गर्न छुटेका विद्यार्थीहरुको भर्ना असार मसान्तसम्म गरिसक्न निर्देशन दिएको हो ।
बिद्यालयलाई नगरपालिकाबाट कक्षा सञ्चालन अनुमतिपत्र नलिएका कक्षाहरुमा भर्ना नलिन र अभिभावकहरुलाई बिद्यालयको विषयमा बुझेर मात्रै आफ्ना बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गर्न नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टले आग्रह गरेका छन् ।
प्रमुख भट्टले तत्कालै टेलीफोन , रेडियो, टेलिभिजन ,ईन्टरनेट लगायतका सामाजिक सञ्जालका माध्यमहरुबाट विद्यार्थी भर्ना सम्बन्धि सूचना प्रवाह गरि भर्ना एवं अभिलेखिकरण गर्न पनि बिधालयलाई अनुरोध गरे ।    
 

पुनर्वास नगरपालिकामा भर्ना अभियान सुरु

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा