लिटिल फ्लावरद्वारा सरस्वती पुजाको कार्यक्रम तथा खेल सप्ताह सम्पन्न

ggf
ggf
March 15, 5:23

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलनचोक स्थित लिटल फ्लावर बोर्डिङ हाइस्कुलको सरस्वती पुजन तथा खेल सप्ताह सम्पन्न भएको छ।

विद्यालयका संस्थापक तथा प्रीन्सिपल रामचन्द्र शाहीको सभापतित्व तथा जेष्ठ अभिभावक गङ्गादत्त पन्डितको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्र सङ्ग आबद्ध ब्यक्तित्वहरुको उपस्थित रहेको थियो।

सो अबसरमा विद्यार्थीहरु दिनेश धामी, रेजिना उप्रेती र प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष टोपेन्द्र शाह, प्याब्सन केन्द्रिय प्रतिनिधि दीपक सुरि, प्याब्सन धनगढी अध्यक्ष पदम बहादुर साउदले मन्तव्य राख्नु भएको थियो।

एक हप्ता सम्म संचालित खेल सप्ताहमा विभिन्न बिधाका खेलकुद हरु खेलाइएको थियो।

क्रीकेट, फुटबल, भलिबल , कबड्डी, ब्याडमिन्टन, दौड, रिले दौड, स्पुन दौड लगायत पुर्ब प्राथमिक तहको विभिन्न खेलहरु आयोजना गरिएको थियो।

विद्यालयले सर्बोउत्कृष्ट विद्यार्थीहरु लाई पनि पुरस्कार प्रदान गरेको छ। सर्बोउत्कृष्ट विद्यार्थीमा छात्रतर्फ कक्षा ९ का विद्यार्थी अफ्ताब सेख र छात्रातर्फ कक्षा १० कि विद्यार्थी निशा बम पुरस्कृत भएका छन।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा