सुदूरपश्चिमलाई शिक्षित प्रदेशका रुपमा विकसित गर्छाैं : मन्त्री बोहरा

dd
dd
March 15, 8:14

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सुदूरपश्चिम प्रदेशलाई शिक्षित प्रदेशका रुपमा चिनाइने बताएका छन। 

मंगलबार शुक्लाफाँटा नगरपालिकामा रहेको श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसको पाँचौं साधारण सभामा मन्त्री बोहराले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवामा सबैको पहुँच पुर्‍याउनका लागि पहिलो पञ्चेबर्षीय योजना ल्याउन लागेको बताए। मन्त्री बोहराले कर्मचारी समायोजनमा विलम्ब हुँदा प्रदेशमा योजना ल्याउनमा ढिलाई भएको बताए। उनले भने, ‘फागुन २ गतेसम्म कर्मचारीको व्यवस्था नभए प्रदेश सरकाले कार्यविधि निर्माण गरी करारमा कर्मचारी राख्छ। टुलुटुलु हेरेर बस्न सक्दैनौं। संविधान प्रदत्त अधिकार प्रयोग गरी प्रदेशलाई चाहिने जनशक्तिको व्यवस्था गरिन्छ।’

संघीयता कार्यान्वयन गर्न राजनीतिक, नीतिगत र व्यवस्थापकीय चुनौती रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले चालु आर्थिक वर्षलाई कानुन बनाउने वर्षका रुपमा लिइएको बताए। उनले प्रदेश सरकारले २० वटा कानुन र त्यही संख्यामा कार्यविधि बनाएर पारित गरेको बताए। मन्त्री बोहराले भने,‘चार वटा कानुनलाई अन्तिम स्वीकृति दिने अवस्थामा पुर्‍याएका छौं।अन्य कानुनको खाका कोर्ने कार्य भइरहेको छ।’

प्रदेशलाई खाद्यान्न आपूर्तिमा सहजता ल्याउनका लागि ५० करोडको लागतमा खाद्य संस्थान स्थापना गर्ने, जल बोर्ड स्थापना गर्ने, जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने, नौवटै जिल्लामा यातायात परिवहन सेवा सञ्चालन गर्ने, नागरिकता र शैक्षिक प्रमाण पत्र धितोका आधारमा स्वरोजगार कोषका माध्यमबाट ऋण उपलव्ध गराउने, तल्लो चमेलिया जलविद्युत आयोजनाको कार्य प्रदेश सरकाले गर्ने गरी योजना अघि सारिएको उनले बताए। नौवटै जिल्लामा नौवटा प्रदेश गौरवका योजनाहरू अघि सारेर प्रदेशलाई समृद्ध बनाउन चाहेको उनको भनाई थियो।

विकासका लागि पक्ष र प्रतिपक्ष हुनु नपर्ने उल्लेख गर्नु हुँदै उनले अशिक्षा, भोकमरी र बेरोजगारीविरुद्ध लड्नका लागि सबैको सहकार्यको खाँचो रहेको बताए। प्रदेशसभा सदस्य लालबहादुर खडकाले प्रदेशलाई समृद्ध बनाउनका लागि शिक्षा क्षेत्रको आमुल परिवर्तन गर्न आवश्यक रहेको बताए। अर्का प्रदेशसभा सदस्य श्यामलाल रानाले कृषि, जडिबुटी र जलविद्युतको विकास गर्न सके प्रदेश आत्मनिर्भर बन्न सक्ने भएकाले यसमा सबैको जोड हुनुपर्ने धारणा राखे।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल‍बहादुर ऐरले शिक्षाको गुणस्तरमा सुधार ल्याउनका लागि नगरपालिकाले कार्य अगाडि बढाएको बताए। साधारण सभामा क्याम्पस प्रमुख गणेशबहादुर ऐरले क्याम्पसमा भएका गतिविधि र आव २०७४/०७५ को ८२ लाख ४१ हजार १६९ को आय व्ययको विवरण पेश गरेका छन।

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा