विद्यार्थीलाई दुना–टपरी बनाउन सिकाउदै विद्यालय

dggd
dggd
March 15, 8:42

धनकुटा–७ स्थित हाम्रो बहुमुखी पाठशालामा शुक्रबार दिउँसो ८५ वर्षीया लक्ष्मीमाया श्रेष्ठ विद्यार्थीले घेरिएकी थिइन्। लक्ष्मीमाया टपरी गाँस्ने तरिका सिकाउँदै थिइन्। विद्यार्थीहरू उनले सिकाएजस्तै टपरी गाँस्न खोज्दै थिए।

सबैका नजर उनको हातमा थियो। यो उमेरमा पनि उनले जोस, जाँगरका साथ विद्यार्थीलाई सिकाइरहेकी थिइन्। आफूले जानेको परम्परागत सीप विद्यार्थीलाई सिकाउन पाउँदा उनी खुसी देखिन्थिन्। उनी घरमा रहँदा दुना–टपरी गाँसेर दिन कटाउँछिन्। घरी दुना–टपरी, घरी लाखबत्ती बनाएर दिन बितिरहेको उनले सुनाइन्। नाति–पनाति उमेर समूहका विद्यार्थीलाई टपरी गाँस्ने सीप सिकाउँदा खुसी लागेको उनले बताइन्। ‘बढ्दो उमेरले कुन बेला के हुने पत्तो छैन। आफूले जानेको सीप कसैलाई सिकाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो’, उनले भनिन्।

सीप हस्तान्तरण गर्न पाउँदा सन्तोष मिलेको उनले सुनाइन्। ‘हामीसँगै सीप पनि हराउँदै जान्छ’, उनले भनिन्, ‘नानीहरूलाई सिकाउँदा हामी गए पनि सीप बाँचिरहन्छ।’ उनका अनुसार विशेषगरी सालको पातबाट टपरी–दुनो बनाउने गरिन्छ। सालको पात धार्मिक कार्यमा पवित्र मानिन्छ। ‘सालको पातबाट बनेको दुना–टपरी चोखो र पवित्र हुन्छ’, उनले भनिन्, ‘हरेक कार्जेमा यसको प्रयोग गरिन्छ।’

यसको महत्त्व र प्रयोग बढे पनि सीप पुस्तान्तरण नहुँदा हराउँदै गएको उनको बुझाइ छ। यो सीप ज्येष्ठ नागरिकसँग मात्र सीमित छ। हरेक विद्यालयमा विद्यार्थीलाई यस्तो सीप सिकाइनुपर्ने उनको बुझाइ छ। ‘सीप पुस्तान्तरण भएन भने हराउँदै लोप हुन बेर छैन’, उनले भनिन्।

बाल संसार इङ्लिस बोर्डिङ स्कुलका छात्र आर्जन खनालले घरमा आमा/हजुरआमाले गरेको देख्दा ध्यान नगएको सुनाए। तर, प्रयोगात्मक रूपमा सिक्न पाउँदा खुसी लागेको उनको भनाइ छ। त्रिवेणी माविका विकेश विकले तालिममा हजुरआमा सिकाउँदा घरमा टपरी बुनेको याद आएको बताए। ‘अब घरमा आवश्यक पर्दा आफैं टपरी बुन्नेछु’, उनले भने।

धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा दुना–टपरीसम्बन्धी तीनदिने तालिम सञ्चालन गरिएको पाठशालाका अध्यक्ष सरोज भुजेलले बताए। उनका अनुसार नगर क्षेत्रका १० विद्यालयका ३० विद्यार्थीले यो सीप सिकाइँदै छ। हरेक विद्यालयबाट एक छात्र र दुई छात्रा तालिममा सहभागी छन्। तालिम समापनमा उत्कृष्टलाई पुरस्कृत गरिने उनले सुनाए।

सीप विकासका लागि सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिएको पाठशालाका सदस्य सोवित श्रेष्ठले बताए। धनकुटाका मेयर चिन्तन तामाङले सालको पात चोखो र पवित्र हुने भएकाले हरेक कार्जेमा यसको महŒव रहेको बताए। ‘यो वातावरणमैत्री पनि छ। सीपले स्वरोजगार सिर्जना गर्छ’, उनले भने ‘आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। सीप लोप हुन दिन हुँदैन भन्ने उद्देश्य नगरपालिकाको छ।’ प्लास्टिकजन्य प्रयोगलाई दुना–टपरी प्रयोगले घटाउन सकिने उनको भनाइ छ।

अन्नपुर्णपोष्ट बाट

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा