मनको उत्साह मर्न दिनु हुँदैन, उत्साहलाई बचाई राख्नुपर्छ

news
news
August 01, 8:20

धनगढी: साहित्यकार/रेडियोकर्मी डा. नवराज लम्सालसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

रेडियो नेपालसँग कसरी जोडिन पुग्नुभयो ?
दुरदराजबाट सहर पसेको मान्छे हुँ म। २०५१ साल बैशाखको कुरा हो। त्यतिखेर क्षेत्रीय प्रसारण केन्द्र खुलेको थियो। ५ विकास क्षेत्र थिए। सबै क्षेत्रीय केन्द्रहरुमा उद्घोषक माग गरिएको थियो। त्यहीबेला म छनोटमा परे। मेरो नाम सुर्खेतको लागि छनोटमा परेको थियो। 

पछि झन्डै ३ वर्ष सुर्खेतमा बसे। २०५३ सालमा काठमाडाै‌ आए। र, निरन्तर अहिलेसम्म काठमाडौंमा छु। त्यो बेला यदि म सुर्खेत न गएको भए मध्यपश्चिम र सुदूरपश्चिमको विषयमा, त्यहाँका ठाउँहरुको इतिहासिकताको विषयमा अहिले जति जानकार छु त्यति हुँदैन थिए। धेरै ठाउँमा जागिरको लागि प्रयास गर्दा संयोगले रेडियोमा पुगेको चाहिँ हो तर  रेडियोप्रति मेरो चरम उत्सुकता थियो। रहर थियो, लगाव थियो। तिर्खा थियो, तिर्खा भएपछि खोला आफै खोजिन्छ भने जस्तै हो। यसरी नै म रेडियोसँग जोडिए।

थोरै तपाईंको बाल्यकालको परिवेशसँग पनि परिचित हुन मनभयो। कस्तो र कहाँ बित्यो तपाईंको बाल्यकाल ?
म साउन ८ गते २०२६ सालमा जन्मेको हुँ। मेरो घरबाट स्कुल हिडेर जान १ घण्टा जति लाग्थ्यो। स्कुला जाने बाटो मेरो घरबाट जाँदा उकालो ओरालो थिएन। अहिलेको जस्तो एलकेजी, यूकेजी भन्ने हुँदैन थियो। सिधै १ कक्षामा भर्ना भए।

गाउँघरमा आमाको भाषामा सिदासादा नै थिए। अलि सरल नै थिए। मान्छेहरुसँग झगडा गर्दैन थिए। अलि अन्तरमुखि खालको थिए। अहिले सम्झिदा त्यस्तै लाग्छ। आमा मल खेतमा पुर्‍याउन जाँदा मलाई त्यतिकै बसाएर जानूहुन्थ्यो। 

म पनि उहाँ आउँदासम्म बसिरहेको हुन्थ्ये। म त्यतिकै चकचक न गरिकनै बसिरहेको हुन्थ्ये। अहिले यसो फर्केर हेर्दा गम्भीर खालकै रहेछु लाग्छ। ५ कक्षापछि गाउँमा स्कुल थिएन। त्यहीँ वर्ष स्वीकृति आएपनि बस्नको लागि कक्षा कोठा थिएनन्। हामीले खनेर डुङ्गा राखेर बस्ने बनायौँ। रुखमा कालो पार्टी झुन्ड्याएर कक्षा ६ पास गरेर ७ मा गयौं र ६ का भाइबहिनीहरुलाई त्यो ठाउँ बुझायौं। ७ मा पनि ६ मा गरे जस्तै गर्यो र, पढ्यौ। हाम्रोमा पानी परेको दिन बिदा हुन्थ्यो। पानी परेमा कालो पार्टी अफिसमा राखेर घर जान्थ्यौ। पछि ८ कक्षा पछि कि त मैले पढाई छोड्नुपथ्र्याे कि  गाउँ। संयोगले मैले गाउँ छोडे र काठमाडांै आए। मैले काठमाडौ आउँदा १३ घण्टा हिडेर आमाले राखेको खाजा बोकेर हिड्नु परेको थियो। यसरी नै बाल्यकाल बित्यो।

युवा अवस्थामा के–कस्तो सपना देख्नुहुन्थ्यो ? 
म तन्नेरी युवा पुस्तालाई खुबै रुचाउछु। तन्नेरी युवाको आँखामा खुब ठुलो सपना रहेको हुन्छ। तर त्यो सपना अत्यन्त असुरक्षित हुन्छ। मलाई के थाहा छ भने उनीहरुको मन अस्थिरता छ। उनीहरुको मनमा खिन्नता छ। आफूलै असुरक्षित महसुस गरिरहनु भएको छ।

शक्ति भएन ठाउँमा आफ्नो मान्छे भएन भने केहि गर्न सकिँदैन। सोचेको प्राप्त हुँदैन भन्ने उनको मनमा छ। देश उनीहरुलाई हो हुनुपर्ने भन्नुपर्ने हो हामी छौं है तिम्रो लागि। तिम्रो लागि देश छ। तिम्रो लागि सरकार छ। हामी गर्छौ भन्ने हुनुपर्ने हो। तर त्यस्तो स्थिति छैन। 

नवराज लम्साल पनि परिवारको जेठो छोरो। काठमाडौ गएको। अनि बा आमाले भाइबहिनीलाई पनि सँगै लैजा पढा भन्नुहुन्थ्यो। तर काठमाडौं बसिरहेको म। काठमाडौंले आफै दालभात त दिँदैन। काठमाडौं आफैले त छाना दिँदैन। अनि आफै पढ्नु छ। भाइबहिनी पनि पढाउनु छ। 

बा–आमाको पनि सपना पूरा गर्नुछ। यी सबै कुरा जोडिँदा भावनात्मक भएकोले र कवि भएकोले अप्ठ्यारो हुन्थ्यो। तपाइहरुसँग कुरा गर्दा ढाट्नु हुँदैन मेरो पनि मनमा अस्थिरता थियो। मनमा हतासा थियो। मनमा डर थियो तर एउटा कुरा के चाहि थियो भने आत्मा विश्वास थियो। म केही गरौंला भन्ने थियो।

रेडियोमा आउनुभन्दा पहिला १०औं ठाउँमा परीक्षा दिए १०औं ठाउँमा लिखितमा नाम निकाले। कुनै बन्द कोठामा पढेर लिखितको नाम निक्लेको लिस्ट आफ्नो नाम हुन्थ्यो। अब यस्तो गर्छु, यति तलब बुझ्छु भन्ने सपना लिएर अन्तरवार्ता दिइन्थ्यो। नाम न निक्लेपछि फेरि त्यही कोठामा गए। सोच्नु त कस्तो अनुभुति हुन्थ्यो होला। दर्जनौं पटक यस्तो घटना कुल्चेर विश्वासको दियो लिएर अगाडि बढेको हुँ त अहिलेको नवराज लम्साल भएको हँु। त्यसैले सबैलाई अनुरोध गर्छु मनको उत्साह मर्न दिनु हुदैन। उत्साहलाई बचाइराख्नु पर्छ।

तपाईंलाई सहज लाग्ने काम के हो रेडियोकर्मीकै रुपमा ?
म त्यस्तो पात्र हुँ जसले बिहान भजन कृतनबाट दैनिकी सुरु गरेर बोल्न सुरु गथ्र्याे। र, बेलुकापखसम्म साहित्य राजनीति सबै विषयमा कुरा गथ्र्यो। त्यसैले सबै विषय मलाई जटिल लाग्दैन तर पनि साहित्यिक कुरा बढी रसयुक्त लाग्छन्।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा