सुदूरपश्चिमका त्रिवि मातहतका १५ क्याम्पसको सम्बन्धन खारेज

news
news
August 17, 7:41

धनगढी, १ भाद्र/त्रिभुवन बिश्वविद्यालयले सुदूरपश्चिममा कैलाली बहुमुखी क्याम्पस सहित १५ क्याम्पसको सम्बन्धन खारेज भएको छ । त्रिबीले देशभरबाट २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको छ।

त्रिविका अनुसार जनता बहुमुखी क्याम्पस अछाम, पाटन बहुमुखी क्याम्पस बैतडी, जगन्नाथ बहुमुखी क्याम्पस बैतडी, मनीलेख क्याम्पस बैतडी, जयपृथ्वी बहुमुखि क्याम्पस बझाङ, बडिमालीका क्याम्पस बाजुरा, बाजुरा क्याम्पस बाजुरा, दार्चुला बहुमुखी क्याम्पस दार्चुलाको सम्बन्धन खारेज भएको छ।

यस्तै, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर, टीकापुर बहुमुखी क्याम्पस कैलाली, त्रीवेणी बहुमुखी क्याम्पस डडेल्धुरा, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली, घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी, श्री सीताराम क्याम्पस डोटी र कैलाली बहुमुखी क्याम्पस कैलालीको सम्बन्धन खारेज भएको छ।

जम्मा २५ मध्ये १० वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १५ क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभिएको त्रिवि योजना निर्देशनालयका शाखा अधिकृत रामकृष्ण खत्रीले बताए। त्रिवि अन्तर्गत २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज भएको त्रिवि योजना निर्देशनालयले जनाएको छ। जसमा सुदूरपश्चिमका १५ वटा क्याम्पस रहेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा