पुस्प कुवरको 1,2,3,4 सार्वजनिक (भिडियो सहित)

Pushpa
Pushpa
May 10, 1:21

पत्रकार पुष्प कुँवरद्धारा अभिनित नयाँ देउडा गीतको भिडियो सार्वजनिक भएको छ । सुदुरपश्चिमको मौलिक कला संस्कृति झल्किने उक्त गीतले अहिले युटुयुबमा चर्चा कमाइरहेको छ ।

भिडियोमा पत्रकार पुष्पलाई मोडल रोजि कुवँरले साथ दिएकी छन् । रोजि कुवँरले धेरै गितमा अभिनय गरिसकेकी छिन् भने पत्रकार पुष्प कुवँरले पहिलोे पटक भिडियोमा डेब्यु गरेका हुन् । गीतमा पत्रकार तथा गायक नरेन्द्र रावल र चर्चित गायिका शोभा थापाको आवाज रहेको छ ।

यो म्युजिक भिडियोमा अभिनय गरेका पुष्पले अभिनय यात्रालाई पनि निरन्तरता दिने बताएका छन् । उनी भन्छन्, सुदुरपश्चिमको कला र संस्कृतिको श्रीबृद्धिमा पत्रकारिता संगै गीतसंगीतको भुमिका महत्पूर्ण हुने हुँदा यहाँको कला संस्कृतिलाई परिचित गराउन सांगीतिक क्षेत्रमा कृयाशिल भएको हुँ ।
कला र संस्कृतिको खानी हो सुदुरपश्चिम । तीनै कला र संस्कृतिले सुदुर पश्चिमको पहिचान झल्किन्छ । सुदुर पश्चिमलाई चिनाउने संस्कृतिमध्येको एक हो देउडा ।

मध्य तथा सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा प्रचलनमा रहेको देउडा केही वर्ष पहिलासम्म लोपउन्मुख हुने अवस्थामा पुगेको थियो । लोकदोहोरी तथा आधुनिक र पश्चिमा संस्कृतिको प्रभावले केही समय ओझेलमा परेको देउडा पछिल्ला समय भने मौलाउन थालेको छ ।

संस्कृति प्रतिको नयाँ पुस्ताको लागाव सँगै पुर्नजन्म पाएको देउडामा रहेर विभिन्न गितहरु सार्वजनिक गर्ने क्रम तिव्ररुपमा बढ्दै गएको छ । यिनै युवामध्येको एकहुन पत्रकार तथा देउडा गायक नरेन्द्र रावल ।

उनको सयाँै गित मध्ये भर्खरै गौड्या भेट २ देउडा गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । हिजोमात्र बजारमा सार्वजनिक भएको भिडियोमा वर्षौ देखि विछोडिएका प्रेमीहरुको अकस्मातको भेटलाई गितमा वर्णन गरीएको छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा