मेयर वडले भने विमानस्थलको काम समय अगावै सक्नुस्

Mayor
Mayor
May 16, 7:05

धनगढी, जेठ २ - धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले धनगढी विमानस्थलको काम समय अगावै सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार अनुगमनका लागि विमानस्थल पुगेको टोलीमा मेयर वडले उक्त निर्देशन दिएका हुन् ।
वैशाख २२ गतेबाट हवाई उडान नै ठप्प पारेर विमानस्थल स्तरोन्नती थालिएको धनगढी विमानस्थलको काम ११ दिनमा १५ प्रतिशत सकिएको छ । आयोजनाका इन्जिनियर सचिन थापाले हालसम्म १५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति सकिएको बताए । 
‘एक महिनामा काम सक्ने गरी दिनरात नभनी निर्माण गरिरहेका छौँ ।’ इन्जिनियर थापाले भने केही प्राविधिक समस्याका कारण काममा अवरोध आएन भने हामी काम समयावधि भित्रै सक्छौँ ।’ 
धनगढी विमानस्थलको कालोपत्रे १४ वर्षपछि ओभरलेयर गर्न लागिएको हो । विमानस्थलको बिच भागको जमिन खनेर नयाँ वेश बनाएर कालोपत्रे निर्माण गर्नुपर्ने भएकाले हवाई सेवा नै ठप्प पारेर स्तारोन्नती गर्न लागिएको छ । कालोपत्रे खन्ने क्षेत्र भने बढ्दै गएको छ । सुरुमा ४ सय मिटर जतिको विचभाग खन्ने भनिए पनि हाल ८ सय मिटर जति खन्नुपरेको इन्जिनियर थापाको भनाई छ । तर पनि सकेसम्म रातदिन काम गरेर समयावधिमै काम गरिसक्ने उनको प्रतिबद्धता छ । विमानस्थल प्रमुख तेज बहादुर बुड्थापाले पनि जेठ २१ गते भन्दा पर निर्माणको काम नजाने दाबी गरे । 
यस क्षेत्रका सरोकारवालाले भने विमानस्थल बन्द हुँदा नागरिकलाई सास्ती भएको भन्दै समय अगावै काम सम्पन्न गर्न दबाब दिएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले विमानस्थल पूर्ण बन्द हुँदा उपचारका लागि काठ्माण्डौं वा प्रदेश बाहिर जानुपर्ने बिरामीहरू मर्कामा परेकाले समय अगावै काम सम्पन्न गर्नुपर्ने बताए । 
पर्यटन व्यवसायी माया प्रकाश भट्टले पर्यटक देखि अन्य मानिसहरू पनि हवाई सेवा ठप्प हुँदा मर्कामा परेका भन्दै अब समयावधि भित्रै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे । ‘सकेसम्म विमानस्थल बन्द नगर्नु पर्ने हो, हामीले सुरुवातबाटै यो माग उठाउने गरेका थियौँ ।’ भट्टले भने ‘अब बन्द भइहाले पनि समय भित्रै गुणस्तरीय काम सम्पन्न गर्नुप¥यो ।’ होइन भने अब नागरिकस्तरबाट दबादबको आन्दोलन सुरु हुने छ ।  
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले पनि समयावधि अगावै काम सम्पन्न गर्न आयोजनाका इन्जिनियर सँग परामर्श गरेका छन् । स्थानीय स्तरबाट जस्तो सहयोग आवश्यक परे पनि आफूहरू गर्न तयार रहेको भन्दै काम समयावधि अगावै सम्पन्न गर्न उनले आयोजनाको टिमलाई आग्रह गरे । 
दैनिक ५ जहाज मार्फत ६ देखि साढे ६ सयसम्म यात्रुले ओहोरदोहोर गर्ने धनगढी विमानस्थल अहिले पूर्ण रूपमा बन्द छ । यसको विकल्पमा अहिले सुदूरपश्चिमका नागरिकहरू कम्तीमा साढे ४ घण्टाको स्थल मार्ग प्रयोग गरी नेपालगन्ज विमानस्थलसम्म पुग्ने गरेका छन् । यो समस्याको सबैभन्दा ठुलो मारमा बिरामीहरू परेका छन्। 
झन्डै १८ करोडको लगानीमा धनगढी विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारको कार्य लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला जे भी काठमाडौँले गरिरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावन मार्ग छ । १७ करोड ८८ लाखमा अब दरबारमार्गमा ओभरलेयर गरिने छ भने दुवैतर्फ २/२ मिटर धावन मार्ग फराकिलो बनाउने र पार्किङ क्षेत्र विस्तारको योजना समेत रहेको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा