""स्वाभिमान बनौँ""

news doti
news doti
September 23, 3:18

हिमाल हाँस्दै नव कान्ति छाओस् ।

कैलाश बाट अब शान्ति आओस् ।।

सद्भावको आँगन भित्र हाँस्ने ।

इच्छा यसैमा छ भुलेर बाँच्ने ।।

।१।

पीडा अनेकौं सब पार भागून् ।

आत्मा सबैमा शुभ भाव जागून् ।।

अभाव सारा परदेश लागून् ।

हिंसा बलत्कार सदैब त्यागून् ।।

।२।

अर्ती सुनून् लौ उपदेश साथ ।

सच्चा बनून् झट्ट झुकेर माथ ।।

लुटेर खाने मति दूर झट्ट ।

सन्तोष जाग्ने तब पो बिछट्ट ।।

।३।

नङ्ग्रा खियाऔँ मिहिनेत गर्दै ।

सौगन्धको रास अनेक भर्दै ।।

उत्थान होला तब देश भित्र ।

हुनेछ यो स्वर्ग सधैँ सचित्र ।।

।४।

बुझौँ सबैले सत स्वाभिमान ।

बढ्नेछ हाम्रो अति उच्च सान ।।

श्री सूर्य चम्के अनि चन्द्र हाँस्छ ।

भू गर्भमा देश खुलेर बाँच्छ ।।

।५।

ध्वजा उचालेर सनेस छर्कौँ ।

माटो पुजौँ नैतिक बन्न फर्कौँ ।।

बुझ्ने गरेमा पहिचान बन्छ ।

मर्मज्ञ मेरो सच बात भन्छ ।।

।६।

[डिल बहादुर महरा"अविचल"]

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा