डोटी र बाजुरका शिक्षकलाई विपद् जोखिम न्यूनिकरण तालिम

news
news
October 01, 9:11

विमल विष्ट, डोटी ।

डोटी जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रका रुपमा काम गर्दै आएको सामुदायिक विकास मञ्च ९सिडिएफ० नेपालले डोटी र बाजुराका गरी कुल २५ बिद्यालयका सम्पर्क शिक्षकहरुलाई विपद् जोखिम न्यूनिकरण तालिमकोआयोजना गरेको छ ।

उक्त संस्थाको सामुदायिक उत्थानशिलता सुदृढीकरण परियोजना अन्तरगत बिपद् जोखिम न्यूनिकरण सम्पर्क शिक्षकहरुका लागि बृहत विद्यालय सुरक्षा कार्य ढाँचा तथा जलबायु परिर्बतन सम्बन्धी तालिमको दिपायलमा आयोजना गरेको हो । उक्त तालिम तीन दिन सम्म सञ्चालन हुने बताइएको छ ।

उक्त तालिममा परियोजनाको कार्यक्षेत्र रहेका जिल्लाका बोगटान फुड्सिल, जोरायल गाउँपालिका तथा छिमेकी जिल्ला बाजुराको बुढीगंगा नगरपालिकाका २५ माध्यमिक बिद्यालयका बिपद् जोखिम न्यूनिकरण सम्पर्क शिक्षकहरु सहभागि भएकापरियोजनाका अनुगमन मूल्यांकन जवाबदेही अधिकृत मायाकुमारी बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त तालिममा बिद्यालयमा हुँने प्राकृतीक बिपद् तथा जोखिमबाट बच्नका लागि गर्न सकिने कार्यको अबलम्बन गर्न तथा क्षमता विकास लगाएताका विषयमा जानकारी दिइदै छ । उक्त तालिम समापन पश्चात विद्यालय सुरक्षा योजना निर्माणगरी कार्यान्वयन गरिने लक्ष लिइएको छ । तालिममा सहभागी शिक्षकहरुले विद्यालयले तयार गर्ने विद्यालय सुरक्षा योजनामा सहयोग गर्ने छन् । तालिमको प्रशिक्षक देबेन्द्र गुरुङ र सामुदायिक उत्थानशिलता सुदृढीकरण परियोजना संयोजक बिबेक गौतम रहनु भएको सो संस्थाका अध्यक्ष खड्गराज शर्माले जानकारी दिनुभयो ।

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा