सुदूरपश्चिम प्रदेशमा लोकसेवा आयोगले विज्ञापन खोल्दै

news
news
October 04, 4:13

धनगढी :  सुदूरपश्चिम प्रदेशमा दसैँपछि ठुलो सङ्ख्यामा प्रदेश लोकसेवा आयोगले कर्मचारीका लागी विज्ञापन खोल्ने भएको छ ।  प्रदेश सभाको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेपछि विज्ञापनमार्फत कर्मचारी भर्नाका लागि बाटो खुलेको हो । यो सँगै आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समिति गठन गरेर प्रक्रिया अगाडि बढाएको छ ।  ‘मेरो अध्यक्षतामा बसेको बैठकले विज्ञहरूलाई पाठ्यक्रमको मस्यौदा तयार पार्न जिम्मा दिएको छ,’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष बोहराले भने, ‘२÷३ दिनभित्र मस्यौदा बुझाएपछि छलफल गरेर टुङ्गो लगाउँछौँ र केही दिनभित्रै विज्ञापन खोल्छौँ ।’

विज्ञापन खोल्नका लागि आवश्यक पूर्वाधार, नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्षा दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड, पदाधिकारी र कर्मचारी तथा विज्ञका लागि आचारसंहिता तयार भइरहेको उनले जानकारी दिए । ‘विज्ञापन खोल्नका लागि हामी तयारी अवस्थामा छौँ,’ बोहराले भने, ‘प्रदेश सरकार र स्थानीय तहले रिक्त पदको विवरण बुझाउन बाँकी छ । हामीले त्यो विवरण मागेका छौँ । विवरण पाएपछि केही दिनमै आयोग खुल्छ ।’

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा