जिप्रका कैलालीमा डिजिटल नागरिक वडापत्र

Nagarik
Nagarik
June 02, 1:12

धनगढी, जेठ १९ – जिल्ला प्रहरी कार्यालय कैलालीमा आईतबार देखि डिजिटल नागरिक वडापत्र संचालनमा ल्याइएको छ ।
नागरिक वडापत्रको धनगढी उप–महानगरपालिकका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन । डिजिटल नागरिक वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादनहुने काम, काम गराउदा लाग्ने, नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्य सम्पादन गरिसक्नुपर्ने समय सिमा लगायतका सूचनाहरु राखिएका छन् । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत यो डिजिटल नागरिक वडापत्रका लागि सहयोग गरेको हो ।

1


डिजीटल नागरिक वडापत्रको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख वडले अहिलेको समय सूचना प्रविधीको भएको बताए । सूचनाको हक नागरिकको मौलिक हक हो नगरप्रमुख वडले भने,हरेक नागरिकले जिल्ला प्रहरी कार्यालयबाट सम्पादनहुने कामका बारेमा डिजिटल नागरिक वडापत्रबाट थाहा पाउने छन् । कुनैकुरो बुझ्नका लागि नागरिकले फाँटफाँटमा गएर सोध्नुपर्ने बाध्यताको डिजिटल नागरिक वडापत्रले अन्त्य गर्ने पनि नगरप्रमुख वडले बताए । सबै सार्वजनिक निकायले अनिवार्य रुपमा नागरिक वडापत्र राख्नुपर्ने हुन्छ नगरप्रमुख वडले भने,तर कतिपय कार्यालयमा अहिले पनि नागरिक वडापत्र देखिदैनन् । धनगढी उप–महानगरपालिका सूचना प्रविधीको विकासमा अन्य स्थानीय सरकारभन्दा अगाडी रहेको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाले आफ्नै अप्टीकल फाईवर बिछ्याउदै छ । योजनाको बारेमा जानकारी सर्वसाधारणले जानकारी लिन सकिने आईएमएस एपको प्रयोग गरिएको छ नगरप्रमुख वडले भने, हामीले धेरै कुरा अनलाईन सिस्टममा लगेका छौं ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमिल्सेनाले डिजिटल नागरिक वडापत्र नागरिकको सजिलोका लागि भएको बताए । उनले भने, यसले प्रहरी कार्यालयका कामहरुलाइृ खुला र पारदर्शी बनाउने छ ।    
 

1

 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा