फेसबुक कम्पनीको नाम परिवर्तन

news
news
October 29, 10:43

काठमाण्डाै - फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ ।

कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ । यो कम्पनीको स्वामित्वमा फेसबुक, म्यासेन्जर, ह्वाट्स एप, इन्स्टाग्राम आदि लोकप्रिय सामाजिक सञ्जालहरुको नाम यथावत रहने छ ।

फेसबुकका एक पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले नयाँ नाम घोषणा गरेको हो । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ‘मेटाभर्स’ बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका बीबीसीले जनाएको छ ।

मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्ने छन् । जुकरबर्गले कम्पनीको अहिलेको नामले आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको बताउनु भएको छ । 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

रुसले युद्धबाट हुने डरलाग्दो मानवीय क्षति र कष्टको…
काठमाडौं १२ फागुन / अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा युद्धबाट हुने मानवीय क्षति र कष्टको… विस्तृतमा
रुसद्धारा युक्रेनको राजधानीमा बमविष्फोट
काठमाडौं  १२ फागुन / रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको… विस्तृतमा
अफगानिस्तानमा भूकम्पबाट २६ जनाको मृत्यु
काठमाडौं  ४ माघ  / अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५।३… विस्तृतमा
भारतमा एक नेपाली महिलाको मृत्यु
धनगढी, २ माघ / बैतडी पुर्ख्यौली घर भएकी एक महिलाको भारतमा मृत्यु भएको छ। भारतको उत्तराखण्डस्थित… विस्तृतमा