नेपालको जनसंख्या ३ करोड, फोन प्रयोगकर्ता ४ करोड ‘बढी’

Mobile_Phone_banner
Mobile_Phone_banner
June 02, 1:35

जेठ १९, २०७६
काठमाडौं– नेपालको कुल जनसंख्या भन्दा करीब १ करोड बढीले मोबाइल तथा टेलिफोन प्रयोग गर्ने गरेको पाइएको छ । चालू आर्थिक वर्ष २०७५र०७६ को आर्थिक सर्वेक्षण अनुसार गत फागुनसम्म कुल ४ करोड ४ लाख ५७ हजार ४ सय ३२ जनाले सबै किसिमका टेलिफोन प्रयोग गर्ने गरेको पाइएको हो । 

यो नेपालको कुल जनसंख्या भन्दा १ करोड ८ लाख ७१ हजार ५ सय ८ ले बढी हो । केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार शुक्रवार बिहानसम्म नेपालको कुल जनसंख्या २ करोड ९५ लाख ८५ हजार ९ सय २३ रहेको छ ।
कसरी भयो जनसंख्या भन्दा बढी ?

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको जनसंख्या भन्दा बढी टेलिफोन प्रयोगकर्ता भएको भन्न नमिल्ने प्रतिक्रिया दिएको छ । प्राधिरकणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रयोगकर्ता बढी भएको भन्न नमिल्ने भन्दै ग्राहक चाहिँ जनसंख्या भन्दा बढी देखिएको बताए । एउटै व्यक्तिले २ वा २ भन्दा बढी सिमकार्ड लिएका कारण जनसंख्या भन्दा बढी देखिए पनि त्यसलाई जनसंख्याभन्दा बढी भन्न नमिल्ने उनको भनाइ छ ।

‘जनसंख्या भन्दा बढीले लिएको भन्ने होइन । त्यो सस्कृप्सन हो,’ अर्यालले लोकान्तरसँग भने, ‘सस्कृप्सन भन्नाले एउटै व्यक्तिले एनसेल पनि लिएको हुन्छ । एनटीसी पनि लिएको हुन्छ र स्मार्ट सेल पनि लिएको हुन्छ । यसरी मल्टिपल सिम लिँदाखेरी जनसंख्या भन्दा बढी देखिन आएको हो ।’

समग्रमा टेलिफोन प्रयोगकर्ता बढे

चालु आवको आर्थिक सर्वेक्षण अनुसार टेलिफोन प्रयोगकर्ताको संख्या बढेको देखिन्छ । गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षमा टेलिफोन प्रयोगकर्ताको संख्यामा वृद्धि भएको आर्थिक सर्वेक्षणले देखाएको छ ।

गत वर्ष २०७५ असारमा कुल टेलिफोन प्रयोगकर्ता ३ करोड ९२ लाख २ हजार ५ सय ५४ रहेको थियो । चालु आवको फागुनसम्म यो तथ्याङ्क बढेर ४ करोड ४ लाख ५७ हजार ४ सय ३१ पुगेको हो । पछिल्लो समय टेलिफोन आधारभूत आवश्यकता जस्तै बनेकाले टेलिफोन प्रयोगकर्ताको संख्या निरन्तर उकालो लागेको दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

यसअघि २०७४ असारमा टेलिफोन प्रयोगकर्ताको संख्या ३ करोड ५८ लाख ७८ हजार ८ सय ४३ रहेको थियो ।

२०७३ असारमा ३ करोड १४ लाख र २०७२ असारमा २ करोड ८१ लाख कुल टेलिफोन प्रयोगकर्ता रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

टेलिफोन प्रयोगकर्ताहरूले नेपाल टेलिकम, युनाइटेड टेलिकम, एनसेल, एसटीएम, नेपाल स्याटेलाइट टेलिकम प्रालि र स्मार्ट टेलिकमको सेवा प्रयोग गरिरहेका छन् ।

एनटीसी प्रयोगकर्ता बढेकाबढ्यै

गत फागुनसम्मको तथ्याङ्क अनुसार नेपाल टेलिकम ९एनटीसी० प्रयोग गर्नेको संख्या २ करोड १२ लाख ७८ हजार १ सय ७८ रहेको छ । यो संख्या अन्य टेलिकमको तुलनामा बढी हो । त्यसपछिको बढी प्रयोगमा रहेको एनसेल प्रयोगकर्ताको संख्या १ करोड ६४ लाख रहेको छ ।

यसअघि गत असारमा एटीसी प्रयोगकर्ताको संख्या १ करोड ९९ लाख ७६ हजार १ सय ८७ रहेको थियो । त्यस्तै ०७३ असारमा १ करोड ७६ लाख र २०७२ असारमा १ करोड ५९ एनटीसी प्रयोगकर्ता रहेका थिए ।

गत असारमा कुल १ करोड ६५ लाख १३ हजार ८ सय ५९ ले एनसेल प्रयोग गरिरहेका आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार पनि गत असारमा एनसेल प्रयोगकर्ताको संख्या १ करोड ६५ लाख १३ हजार ८ सय ५९ नै रहेको छ । तर फागुनसम्म १ करोड ६४ लाख २७ हजार ४७ ले एनसेल प्रयोग गरिरहेका छन् । आर्थिक सर्वेक्षण र दूरसञ्चार प्राधिकरणको फागुनसम्मको तथ्याङ्कले एनसेल प्रयोगकर्ताको संख्यामा कमी आएको देखिएको छ । असारदेखि फागुनसम्म आइपुग्दा ८६ हजार ८ सय १२ प्रयोगकर्ता घटेका देखिन्छन् । 

गत फागुनसम्म स्मार्ट टेलिकम प्रयोगकर्ताको संख्या १९ लाख ९४ हजार ७ सय ३० पुगेका छन् । गत असारमा स्मार्ट सेल प्रयोगकर्ताको संख्या १८ लाख ५१ हजार २१ जना रहेको थियो ।

त्यस्तै नेपाल स्याटेलाइट प्रालिका प्रयोगकर्तामा गत असारदेखि फागुनसम्म कुनै घटबढ नभएको तथ्याङ्कले देखाउँछ । गत असारमा कुल ३ लाख २८ हजार ५ सय ३८ नेपाल स्याटेलाइट प्रयोगकर्ता रहेकोमा फागुनसम्म पनि त्यति नै प्रयोगकर्ता रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
लोकान्तरबाट 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा