"मूर्तिका मानव"

news
news
October 30, 3:34

तड्पिदैँ भड्किदैँ चौरमा गड्किदैँ ।
दम्भ नै देखिए रोषमा  कड्किदैँ ।।
एक  अर्को  तिरै  जङ्गिए झम्टिदैँ ।
हान्न थाले अझै लौन हो  बम्किदैँ।।
                   
हात खुट्टा  उठे  फन्फनी  गर्जिए ।
युद्धको दृश्यले झुण्ड नै तर्सिए ।।
हेर्नमा मख्ख छन् लाम मैदानमा ।
आसुरी बन्दछन् कुन्नि के काममा रु
                    
तान्न  थाले  खुबै   बेग धक्का  दिँदै ।
हान्न थाले अझै प्वाक्क मुक्का दिँदै ।।
ताल  मिल्ने   गरी   एउटा   तान्दछ ।
झट्ट   पालो  गरी   एउटा   हान्दछ ।।
                   
चट्ट  मुड्की  दिँदै कानमा ठोकियो ।
दुश्मनी पोखियो ओठ नै टोकियो ।।
जोरले   उफ्रदैँ    लातले   हानियो ।
बेसरी  खेदियो  कोट  नै  तानियो ।।
                   
बन्द आँखा  बने  चेतना फालियो ।
बुद्धिमा साँघुरो जुक्ति पो टालियो ।।
के  भनौँ  खै  कहाँ   उम्रिए  दानव।
मूर्खझैँ   जोखिए  मूर्तिका  मानव ।।

 

  लेखक : डिल बहादुर महरा (अविचले )

                          डोटी 


                  

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा