उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको धनगढी इकाई साधारण सभा सम्पन्न

Udaydev
Udaydev
November 13, 6:27

धनगढी, २७ कार्तिक - कैलालीको धनगढीमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढी इकाईको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी विभागका प्रतिनिधि देवराज पन्तको प्रमुख आतिथ्ययतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा पन्तले सहकारी नियमावलीलाई आत्मसाथ गर्दै सबैले अघि बढ्न जरुरी रहेको बताए । साथै सहकारी संस्थामा आबद्ध सदस्यहरू एक बाहेक अन्य सहकारीमा समेत आबद्धता जनाउने क्रम बढेकाले यस विषयलाई समेत नियमन गर्न तर्फ सहकारी विभाग सक्रिय रहेको उनको भनाई छ । No description available.

साधारण सभाको अवसर पारेर उदयदेव बहुउद्देश्यीय सहकारीकोले मानवीय सेवामा समर्पित दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग समेत गरेको छ । दृष्टि फाउन्डेसनकी अभियन्ता कल्पना भट्टलाई ७ कट्ठा चामल, १० किलो दाल, १० किलो लुगा धुने सोडा (सर्फ) र मिठाइ तथा फलफूल हस्तान्तरण गरिएको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका धनगढी शाखा प्रबन्धक मानबहादुर चन्दले जानकारी दिए । 

No description available.

कञ्चनपुरको महेन्द्रनगरमा प्रधान कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारीले २०७७ सालको चैत्रबाट कैलालीको धनगढीमा शाखा विस्तार गरेको थियो । कोरोना महामारीको चपेटाकै बिचबाट पनि सहकारीको धनगढी इकाई मा मात्रै स्थापना कालदेखि हालसम्म झन्डै १ हजार शेयर सदस्य आबद्ध भएका छन् । सहकारीको कुल शेयर सदस्य सङ्ख्या भने गत आर्थिक वर्षको मसान्तसम्म २४ हजार ८ सय १६ पुगेको छ ।

No description available.

सहकारीले कैलालीको पूर्वी राजमार्ग क्षेत्रसहित जिल्लाका थप तीन ठाउँमा शाखा विस्तार गर्ने तयारी गरेको धनगढी शाखा प्रबन्धक चन्दले बताउनु भयो । साथै कृषि उत्पादनको बजारीकरणमा सहयोग पुगोस् भनेर तराईसँगै पहाडी जिल्ला डडेल्धुराको अमरगढी, बैतडीको पाटन र दशरथ चन्द नगरपालिकामा समेत शाखा विस्तारको कार्य अघि बढिसकेको चन्दले बताए । ग्रामीण क्षेत्रका कृषकहरूको आय स्तर वृद्धि तथा आर्थिक हितका लागि आफूहरूले धितो र विना धितोमा समेत कर्जा प्रवाह अभियानलाई बढवा दिएको उनको भनाई छ । 

No description available.

 

 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा