भारतको दिल्लीमा लकडाउन : आज देखि स्कुल र सरकारी कार्यालय बन्द

news
news
November 15, 1:50

धनगढी, २९ कार्तिक । वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको छ ।मुख्यमन्त्री अरविन्द केजरीवालले राज्य सरकारले लकडाउन योजना बनाइरहेको जानकारी त्यहाँको उच्च अदालतलाई दिएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार मुख्यमन्त्री केजरीवालले दिल्लीमा बढिरहेको प्रदूषणलाई पूर्णरुपमा रोक्न लकडाउनको विकल्पमा अघि बढ्न सकिने जवाफ दिएका हुन् ।

भारतको सुप्रिम कोर्टले वायू प्रदूषणलाई तत्काल रोकथाम गर्ने योजना सोमबार पेश गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिएको थियो । अदालत आफैले लकडाउन गर्न सुझाव समेत दिएको थियो ।दिल्लीको वायुको गुणस्तरमा सोमबार केही सुधार आएको जनाइएको छ । गम्भीर श्रेणीबाट अति खराबको सूचीमा एक्युआइ आएको छ । दिल्लीको एक्युआइ आज ३३८ पीएम छ ।

एक्युआइ शून्यदेखि ५० को बीचमा रहनुलाई स्वस्थकर वायू मानिन्छ । आज देखि दिल्लीमा एकसातासम्म विद्यालय र सरकारी कार्यालय बन्द रहेका छन् ।

 

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा