विश्वकै होची महिला एलिफको निधन

January 03, 6:02
एजेन्सी, १९ पुस। सन् २०१० मा विश्वकै होची महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामनको बिहीबार निधन भएको छ । ३३ वर्षिया एलिफको निमोनियाबाट निधन भएको हो ।
एलिफको लम्बाइ ७२.६ सेन्टिमिटर अर्थात् २.५ फिट थियो । उनको जन्म हुँदा पनि उनको तौल नाप्दा उनी १.६ किलोग्राम थिइन् ।‘मिरर’ मा प्रकाशित समाचार अनुसार सन् २०१० मा एलिफको नाम गिनिज वर्ल्ड रेकर्डमा एक वर्षसम्म दर्ता भएको थियो ।
सन् २०११ मा अमेरिकाकी ब्रिजेट जोर्डनले एलिफको सबैभन्दा होची केटीको कीर्तिमान तोडेकी थिइन्, उनको उचाइ ६९ सेन्टिमिटर अर्थात् २.३ फिट थियो । जोर्डनको मृत्यु सन् २०१९ को जुनमा भएको थियो । अब यो विश्व कीर्तिमान भारतकी ज्योति किसानजी आमगेको नाममा दर्ता भएको छ । उनको लम्बाइ ६२.८ सेन्टिमिटर अर्थात २.०६ फिट थियो ।-Photo: Agency
September 30, 9:41
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 11:38
September 10, 3:22
September 11, 12:27
September 12, 1:39
September 13, 3:30
September 15, 9:51


सम्बन्धित वर्गका समाचारहरू
September 12, 1:19
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
September 05, 9:25
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा