सुटुक्क विवाह गरेका पुस्कल शर्मा ( भिडीयो सहित )

news
news
January 05, 12:11

काठमाडौं २१ पुस /  गायक पुस्कल शर्मा वैवाहिक जीवनमा बाँधिएका छन् । पाल्पाका पुस्कलले रुपन्देहीको देवदह नगरपालिकाको शीतलनगर निवासी सबी क्षेत्रीसँग विवाह गरेका हुन् । यद्यपि, उनको विवाह हालसालै भएको भने होइन । एक वर्षअघि आफू वैवाहिक जीवनमा बाँधिएको पुस्कलले बताए ।

विवाहको जिज्ञासामा पुस्कलले संक्षिप्तमा भने, ‘हो, मैले गत वर्ष विवाह गरेको हुँ । त्यो समयको माहोल त्यस्तै थियो, कोरोना अनि लकडाउनको समय थियो । त्यसैले कसैलाई जानकारी नदिई सामान्य हिसाबले विवाह गरेका थियौं । त्यसयता पनि जानकारी दिने माहोल बनिरहेको थिएन ।’

लोकदोहोरी क्षेत्रमा समेत उनको विवाहको जानकारी धेरैलाई छैन । केही दिनअघि पुस्कलले बुटवलमा जारी ‘चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला’मा प्रस्तुति दिएका थिए । जहाँ स्टेजमा आफ्नो नयाँ गीत ‘तिम्रो थर मेरो थर’ गाउँदै गर्दा आफ्नी श्रीमतीबारे पनि जानकारी दिएका थिए ।

पुस्कलले गत शुक्रबार आफ्नो नयाँ गीत ‘तिम्रो थर मेरो थर’ सार्वजनिक गरेका छन् । युट्युब र टिकटकमा राम्रो चर्चा पाइरहेको यो गीतको भिडियोमा पुस्कल आफ्नी श्रीमतीसँग प्रस्तुत भएका छन् । यसअघि ‘के दिउँ मायालाई चिनो’ गीतको भिडियोमा समेत उनकी श्रीमतीले छोटो भूमिकामा अभिनय गरेकी थिइन् ।

जीवनसंगिनीबारे पुस्कलले भने, ‘उनी खासमा संगीत क्षेत्रकी होइनन् । बीएस्सी एग्रिकल्चर सकाएर मास्टर्स पढ्दै छिन् । वास्तवमा भन्नुभर्दा बिहेअघि उनले मलाई राम्रोसँग चिन्दा पनि चिन्दिनथिन् ।’

पुस्कल लोकदोहोरीमा राम्रो ‘फ्यान फ्लोइङ’ भएका गायक मानिन्छन् । मिडियामा कमै आउने उनको ‘मुटु जलाई जलाई’ सर्वाधिक हिट गीत मानिन्छ । उनी आफ्ना गीतमा प्रायः आफैं अभिनय समेत गर्दछन् ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा