अत्तरियामा हुने सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

news
news
January 10, 4:13

अत्तरिया २६ पुष / कैलालीको अत्तरियाम हुने सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले मंगलबार देखि आयोजना गर्न लागेको महोत्सव एक दिन अगाडी मात्रै कोरोना महामारीको कारण देखाउँदै स्थगित गर्न लागिएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले कोरोना महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस भनेर स्थगित गर्न लागिएको बताए ।

उनले महोत्सवका लागि सबै तयारी पुरा भएको भएपनि स्वास्थ्यलाई ध्यानमा राखेर स्थगित गरिएको बताए । उनले हाल महोत्सवका लागि तयार गरिएका संरचना पनि कार्यसमितिको बैठकबाट निर्णय गरेर हटाइने बताए । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा