मन्त्री आलेद्धारा कञ्चनपुरको मझगाँउ विमानस्थल शिलान्यास

news
news
January 12, 11:06

कञ्चनपुर,२८ पुस  / करिब दुई दशक देखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य अघि बढेको छ । बुधवार कञ्चनपुरको मझगाँउ  विमानस्थलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले शिलान्यास गरेका हुन् ।

विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनलाई ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा  ठेक्का सम्झौता भएको छ ।  विमानस्थलको लम्बाइ एक हजार ५सय २५ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने छ ।

विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत रकम व्यहोर्ने सहमति यस अघि नै भएको छ ।

                                                                                                                                                        फोटो : विमल बहादुर विष्ष्ट

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा