डोटेली जनता रोएको दिन... 

news
news
January 17, 5:52

ब देश संघियतामा गयो तब डोटेली जनताहरुमा छुट्टै खुसि  थियो । सबैको एउटै  चहाना थियो राजधानी दिपायल ।  राजनितिक दल,नागरीक समाज,सरोकारवालाहरु सबै चाहान्थे प्रदेशको राजधानी डोटी नै रहोस । सबै चिया पसल,मान्छेहरु जमघट हुने ठाउँमा राजधानीकै बिषयले प्राथमिकता पाउने गर्दथ्यो । सबैको एउटै  स्वर थियो दिपायल सुदुरपश्चिमको  राजधानी हुनु पर्दछ ।

news
सुदुरपश्चिमको राजधानी धनगढी तोकेको भन्दै आन्दोलनमा उत्रिएका डोटेलीहरु । तस्बिर :मोहन पनेरु

संघियता पछिको पहिलो निर्वाचन बाट विजयी साँसदहरु प्रति डोटेली जनताले ठुलै आशा बोकेका थिए । आफुलेमत दिएर जिताएका नेताहरुले आफ्नै ठाउँलाई राजधानी नबनाई अन्य ठाउँ लाई प्रस्ताव गर्लान भन्ने कल्पना सम्म डोटेलीहरुले गरेका थिएनन । आफ्नै जिल्ला बाट विजयी साँसद प्रदेशका मुख्यमन्त्री हुँदा त झन डोटेलीहरुको खुसीको सिमा नै थिएन,कारण अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेशको राजधानी दिपायल नै कायम गछौं भनि जन्ताको घर दैलोमा गएका थिए । 

news
घरको कामकाज छोडेर राजधानी आन्दोलनमा  आउथीन डोटीका महिलाहरु । तस्बिर : मोहन पनेरु 

 आफ्नो पार्टीको चुनावको एजेण्डा नै राजधानी दिपायल राखेर प्रचार प्रसारमा जुटेका नेताहरु प्रदेशमा विजयी त भए तर चुनावताका बोलेका बचनहरु कर्यान्वयनमा भने उदासिन हुदै गए । २०७४ माघ ३ गते प्रदेश अस्थायी राजधानी घोषण त भयो जुन डोटेली जनताले सोचेका सम्म थिएनन । डोटी दिपायलका घनश्या दत्त पाठक चुनावको बेला राजधानी दिपायल भन्दै हिड्ने नेताले नै जिते पछि अर्को ठाउँमा राजधानी तोक्न लगाउनु  आफैमा हाँस्यासपद र गैरजिम्मेवार पुर्ण कार्य भएको बताउँछन ।

news
सुदुरपश्चिमको राजधानी धनगढी तोकेको भन्दै आन्दोलनमा उत्रिएका डोटेलीहरु । तस्बिर :मोहन पनेरु

प्रत्येक बर्ष आजको दिन डोटेलीहरुले आफ्नो अधिकार खोसिएको दिनको रुपमा समाजिक संजालमा निरासाजनक बिचारहरु व्यक्त गर्दै आईरहेका छन । विकाश क्षेत्रको अवधारणा हुँदा क्षेत्रको सदरमुकाम भएको जिल्लाका नागरीकमा उक्त निरासा आउनु स्वभाविक भएको उधोग बाणिज्य संघ डोटीका निर्वतमान अध्यक्ष नरेन्द्र खड्काको भनाई रहेको छ । लेखक खप्तड अनलाईनका सह सम्पादक हुन । 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा