टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप !

Tiger vs Disa
Tiger vs Disa
June 25, 7:09

असार, १०  - 

 

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी तीन वर्ष अघिदेखि एक अर्कालाई डेट गरिरहेका छन्। तर उनीहरु आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर कुरा गर्न रुचाँउदैनन्।
 
यसैबीच उनीहरुको ब्रेकअपका खबरहरु पनि बाहिरिएको छ। हालै पिंकभिलाले टाइगर र दिशाको अफिसियली ब्रेकअप भएको जनाएको छ। उनीहरुको ब्रेकअपको खबरले अहिले भारतीय मिडिया तताएको छ। दुबैको निकटको श्रोत अनुसार पछिल्लो केही हप्तादेखि टाइगर र दिशा कठिन समयबाट गुज्रिरहेका थिए। उनीहरुको सम्बन्धमा खटपट आएकोले गर्दा उनीहरुले एकअर्काको सहमतिमै छुटिने निर्णय लिएका हुन्।
 
टाइगर श्राफ र दिशा पटानीले ‘हिरो पन्थी’, ‘बागी २’ लगायतका फिल्ममा स्क्रिन शेयर गरेका छन्। भारतीय बक्स अफिसमा दिशा पटानी अभिनित फिल्म ‘भारत’ ले आक्रमक व्यापार गरेसँगै उनी अर्को फिल्म ‘मलंग’ मा काम गर्दैछिन्  भने टाइगर श्राफ नयाँ फिल्म ‘फाइटर’ मा काम गर्दैछन्।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा