कोरोनाको त्रासले भारतबाट घर फर्कने बढे

ss
ss
January 20, 5:10

धनगढी,६ माघ / तेस्रो लहरको कोरोना संक्रमणको सुरुवातदेखि संक्रमण ग्राफ बढ्दो रहेको सुदूरपश्चिममा कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना हुने दर भने कम रहेको छ । बढीजसो संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेका कारण संक्रमित अस्पताल भर्ना हुने दर कम रहेको हो । दोस्रो लहरको कोरोना संक्रमणको बेला भने अस्पताल भर्ना हुने दर उच्च रहेको थियो । यसैगरी, संक्रमितको स्वास्थ्य जटिलता हुने, शरिरमा अक्सिजन घट्ने, निमोनिया हुने, फोक्सोमा समस्या हुने जस्ता समस्या बढी थियो । यस पटक कमै संक्रमितमामात्रै यस्तो समस्या देखिने गरेको बताइएको छ । 

अहिलेको संक्रमणको क्रममा कमैलाईमात्रै अक्सिजनको आवश्यकता परिरहेको जनाइएको छ । यसैगरी, आजको मितिसम्म भेन्टिलेटरमा एक जना पनि संक्रमित छैनन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई जना संक्रमितमात्रै आइसीयुमा रहेको जनाइएको छ ।  प्रादेशिक स्वास्थ्य निर्देशनालयको बुधबारको तथ्याङ्क अनुसार अस्पताल भर्ना भएका बिरामीको संख्या २५ रहेको छ । जसमध्येमध्ये १८ जना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । सो अस्पतालमा दुई जना बिरामी आइसीयुमा राखिएका छन् । महाकाली अस्पतालमा एक, डडेल्धुरा अस्पतालमा तीन, दार्चुला अस्पतालमा एक र डोटी अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको छ । ५० जना संक्रमित कनरी आइसोलेसनमा छन् । उनीहरु सबै भारतबाट आएका हुन । 

तेस्रो लहरको कोरोना संक्रमण उच्च रहे पनि संक्रमित बिरामी अस्पताल भर्ना हुने दर अत्यन्त न्यून रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनले यो सबैको लागि खुशीको विषय रहेको बताए ।  ‘खोप वा के कारणले हो, यो पटक संक्रमित अस्पताल भर्ना हुने दर निकै न्यून छ’, उनले भने । ‘यसबारे अनुसन्धान भइरहेको छ । यो हामी सबैको लागि खुशीको विषय हो ।’ दोस्रो लहरको कोरोना संक्रमणको क्रममा अक्सिजन, आइसीयु र भेन्टिलेटर अभावमा कैयौंले उपचार नपाएर ज्यान गुमाएका थिए । यसैगरी, अस्पतालहरुमा बेड अभावका कारण अस्पतालका प्राङ्गणमै टेन्ट तानेरसमेत संक्रमितको उपचार गरिएको थियो । 

तेस्रो लहरका क्रममा अहिलेसम्म अस्पतालका धेरै बेडहरु खाली रहेको छ । भने, विभिन्न अस्पतालमा अक्सिजन आपूर्ति क्षमता बढाइएको छ । यो पटक संक्रमित व्यक्तिमा कम स्वास्थ्य समस्या देखिनुमा खोपको प्रभावकारिता रहेको कतिपयले तर्क गरिरहेका छन् । तर, यसबारे विज्ञले अझै पुष्टि गरिनसकेको र अनुसन्धान गरिरहेको श्रेष्ठ बताउँछन् । ‘भाइरस म्युटेशन भएर आफै कमजोर भएको हो कि भन्ने पनि छ । तर, यो सबै खोजको विषय हो, पुष्टि भइसकेको छैन ।’   

यस्तै, कनरी आइसोलेसनमा १३६ जनालाई राखिएको छ । उनीहरु सबै भारतबाट फर्किएका हुन । यो प्रदेशमा कोभिड बेड सङ्ख्या ५६९ रहेको छ । जसमध्ये आइसोलेसन बेड ४६१, कोभिड एचडीयु बेड ७१, कोभिड आइसीयु बेड ३७ र कोभिड भेन्टिलेटर ४६ वटा रहेको छ । 

कोरोनाको त्रासले भारतबाट घर फर्कने बढे

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ । 

भारतमा दैनिक संक्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन् । बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किए । ‘भर्खर काममा लागेको थिएँ, कोरोनाको संक्रमण बढेपछि छाडेर फर्किनुप¥यो’, उनले भने–‘पहिलो वर्ष महिनौ बन्दाबन्दीमा काम नगरी बस्दाको पीडालाई सम्झेर फेरि पनि त्यस्तै हुने हो कि भन्ने डरले घर फर्केको हुँ ।’

अहिले सत्ती भन्सारबाट दैनिक सयौँ नागरिक घर फर्किन थालेका छन् । खक्रौला हेल्थ डेस्कका प्रमुख मकेन्द्र रोकायाका अनुसार माघीको एक–दुई दिन अगाडिसम्म दैनिक ५०० भन्दा बढी नेपाली सत्ती नाकाबाट प्रवेश गरेका छन् भने अहिले पनि सोही सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । उनले भारतबाट नेपाल आउने नागरिकलाई विशेष निगरानीमा राख्ने गरिएको बताए । शङ्कास्पद व्यक्तिको एन्टिजेट परीक्षण गर्ने र खोप नलगाएकालाई सीमामै खोप लगाएर पठाउने गरिएको छ ।  ‘कोरोना परीक्षण गर्ने गरेका छौँ, परीक्षणका क्रममा कसैलाई पोजेटिभ देखिए टीकापुर अस्पतालबाट एम्बुलेन्स मगाएर टीकापुरमै होल्डिङ सेन्टरमा राख्ने गरेका छौँ’, रोकायाले भने, ‘भारतबाट आउने वा भारत जाने नागरिकका लागि खोपकार्ड अनिवार्य गरेका छौँ, खोप नलगाएकालाई लगाएर पठाउने गरेका छौँ ।’

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले कोरोनाको संक्रमण बढ्न थालेको अवस्थामा सीमानाकामा कडाइ गरिनुपर्ने बताए । सत्ती भन्सार कार्यालयस्थित हेल्थ डेस्कको अवस्थाबारे जानकारी लिन पुगेका उनले भारतबाट आउने नेपाली नागरिकको सीमा क्षेत्रमै कोरोना परीक्षण तथा खोप नलगाएकालाई खोपको व्यवस्था गरिनुपर्नेमा जोड दिए । 

‘पहिलेभन्दा अहिलेको संक्रमण दर उच्च छ, सबैले स्वास्थ्य सावधानी अपनाउन सकेमात्रै हामी कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित हुन सक्छौँ, सीमानाकामा सावधानी अपनाउन आवश्यक छ । भारतबाट आउनेलाई सीमामै निगरानी गन सके सङ्क्रमण गाउँगाउँमा फैलिने जोखिम कम गर्न सकिन्छ’, रावलले भने । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले सत्ती भन्सारबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि नगरपालिकाले विशेष सावधानी अपनाएको बताए । उनले नागरिकको आगमन चापलाई हेरेर हेल्थ डेस्कमा तीन स्वास्थ्यकर्मी  खटाइएको बताए । उनले भने,  ‘दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म हेल्थ डेस्कबाट सेवा प्रवाह हुँदै आएको छ। भारतबाट आउने तथा जानेको तथ्याङ्क राख्ने गरेका छौँ । खुला सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले निगरानी गर्ने गरेका छन् । ‘कोरोना जोखिम कम गर्न प्रयासरत छौं’, रावलले भने । 

यसैगरी, पछिल्लो समय बैतडीमा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । भारतमा संक्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टकाअनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्दा बढी जोखिममा बैतडी छ । उनले भने–‘भारतसँग सीमा जोडिएकोले जिल्ला पनि उच्च जोखिममा छ ।’ हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ पुगिसकेका छन् ।

कार्यालय स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १७ जना छन् । यस्तै पाटन , पुर्चौंडी र मेलौली नगरपालिकामा क्रमशः सात ,चार र दुई पञ्चेश्वरमा छ,सिगासमा दुई, सुर्नया एक, शिवनाथ गाउँपालिकामा एक जना छन् । सक्रिय संक्रमित सबै होम आइसोलेशनमा छन् । 

यसैबीच दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शून्य छन् । यी पालिकामा हाल एकजना पनि सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जनाएको छ । सिमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गरिँदैछ । नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत परीक्षण गरिन लागिएको हो । 

कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डपालना गर्न आग्रह गरिएको छ । जिल्लाका हालसम्म संक्रमणकै कारण १९ जनाले ज्यान गुमाइसकेका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा