बैतडीमा पूर्ण खोप लगाउनेको संख्या एक लाख नाघ्यो

news
news
January 22, 1:32

बैतडी,८ माघ /  जिल्लामा पूर्ण खोप लगाउनेको संख्या एक लाख नाघेको छ।  स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख पाँच हजार ६५८ जनाले पूर्ण खोप लगाएका  छन्। यस्तै, पहिलो मात्रा लगाउनेको संख्या भने एक लाख ३९ हजार ९८५ रहेको छ। पछिल्लो विवरणअनुसार पुर्चौंडी नगरपालिकामा २० हजार ५६८ जनाले पहिलो मात्रा र  १२ हजार ७७२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार १६७ जनाले पहिलो मात्रा र २२ हजार ११८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। डिलाशैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। यसैगरी, जिल्लाको पाटन नगरपालिकामा १५ हजार ३१८ जनाले पहिलो मात्रा र २१ हजार ६६७ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले पहिलो मात्रा र ७ हजार ४१० जनाले पूर्ण मात्रा खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा र ८ हजार ५९५ जनाले पूर्ण मात्रा पाएका छन्।

सिगास गाउँपालिकामा ९ हजार ८८ जनाले पहिलो मात्रा र  ६ हजार ४०९  जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। सुर्नया गाउँपालिकामा ९ हजार ३१४ जनाले पहिलो मात्रा र ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९७० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। शिवनाथ गाउँपालिकामा ७ हजार ३५० जनाले पहिलो मात्रा र ४ हजार ४६५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ। 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा