लघुकथा : जीवनाधार

एक
एक
February 01, 11:49
news
­नवीन प्रधान

करिब ९ वर्षकी बालिका उसको जीणर् शरीर, लट्टा परेको कपाल, थोत्रो कपडा, जाडोले कठाङ्घिएर काप्तै गरेको शरीर र पत्रिकासँगै करेन्ट सर्ने उसको हातमा चिसोपनाको डिग्री । साक्षरहिन आँखा भएपनि अरुलाई पढ्न अनुरोधको कर्तव्यबोध गर्छे । यसैले ऊ जुन पत्रिकालाई पनि समाचार पत्र भनिदिन्छे ।

परिवारको तिरस्कार अत्याचार कस्तो हुन्छ ? अचानालाई पो थाहा हुन्छ । यसैले आफ्नो स्वाभिमानको अस्तित्व बचाउन आमा मुस्किलले फुटपाथमा पसल थापेर आफ्नो लाजगाल टार्छे र टाउको लुकाउने अपरिहार्यतालाई घरबाट निकाली चिसो र फोहोर छिंडी भए पनि डेरा सम्मुख पुर्‍याउँछे । दिन बित्तै जाँदा एक दिन आफन्तको जालो बुन्दै सहारा र ममता खन्याउने मामा भनाउँदाहरुले बेपत्ता बनाईदिन्छन् । समाचारपत्रहरुमा खबर बनाइन्छ तर ती अवोध बालिकालाई के थाहा ? -आमा मरिसकी भनेर । ऊ सम्झिन्छे – आमा मावल गएकी छ ।

यसैले ऊ भनिरहेकी छे – एउटा निरिह महिलामाथि अत्याचार, लौ पढ्नुस्, पढ्नुस् आजको “समाचारपत्र” पुलमुनि महिलाको लाश ।

म नियाल्दै गरेको हुन्छु – कठै ! संसारबाटै एक्ली, आफ्नो अस्तित्वको लागि, आज आमाको मृत्यु बनेको छ,उसको लागि खबर, पेट भर्ने उसको जीवनाधार ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा