कोरोना विरुद्धको खोप : सबै भन्दा बढी कैलालीमा, कम डडेल्धुरा

news
news
February 03, 2:59

धनगढी,२० माघ / सुदूरपश्चिम प्रदेशमा १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। प्रदेशका ९ वटै जिल्लामा गरेर हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पूर्ण मात्रा भने ११ लाख ४ हजार ९४६ जनाले मात्रै लगाएका छन्। प्रदेशको सबैभन्दा बढी कैलालीमा ४ लाख ७२ हजार ९७४ जनाले पहिलो मात्रा पाएका छन् भने ३ लाख ५५ हजार ७२० जनाले पूर्ण मात्राको खोप लगाएका छन्। यस्तै सबैभन्दा कम डडेल्धुराका ६५ हजार ६०७ जनाले पहिलो र  ५९ हजार ५५७ जनाले पूर्ण मात्रा लगाएका निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ।

प्रदेशको कञ्चनपुर जिल्लामा ३ लाख ४२ हजार ६५१ जनाले पहिलो र २ लाख ४४ हजार २५१ जनाले पूर्ण मात्रा, बैतडीका १ लाख ५२ हजार ६२९ जनाले पहिलो र ९४ हजार १८३ जनाले पूर्ण मात्रा, अछामका १ लाख ३७ हजार ४५२ जनाले पहिलो र ९१ हजार २१ जाले पूर्ण मात्रा, बाजुरामा १ लाख २४ हजार ९२५ जनाले पहिलो र ७४ हजार ३४५ जनाले पूर्ण, डोटीका १ लाख २० हजार ५७२ जनाले पहिलो र ६५ हजार ५७५ जनाले पूर्ण मात्रा, बझाङका ९९ हजार ८४४ जनाले पहिलो र ५६ हजार ३८ जनाले पूर्ण मात्रा, दार्चुलाका ९० हजार १९ जनाले पहिलो र ६२ हजार २५६ जनाले पूर्ण मात्रा लगाएका जनाइएको छ।

सुदूरपश्चिममा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, जन्सन, भेरोसेल र फाइजर खोप दिइएको हो। अहिले पनि प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालनमा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा