डोटीको सुजङ्ग अस्पतालमा पत्रकार र परिवारका सदस्यलाई उपचारमा सहुलियत, चेकजाँच नि:शुल्क

news
news
February 07, 4:23

डोटी २४ माघ  / सुजङ्ग अस्पतालले जिल्लामा क्रियाशील पत्रकार र उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाको समन्वय अस्पतालले सहुलियत दिने निर्णय गरेको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले पत्रकार तथा उनीहरूका परिवारका सदस्यहरुलाई उपचार गर्न आउँदा औषधिमा २० प्रतिशत छुट दिने जनाएको हो । त्यस्तै ल्यावका सबै प्रकारका जाँच, एक्सरे , भिडियो एक्सरे लगायतका सेवा नि:शुल्क गरिएको छ । विषेशज्ञ सेवा ( अप्रेशन, सर्जन) मा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने अस्पतालले जनाएको छ ।बुधबार अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायर र नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन शाहीले स्वास्थ्य सेवामा छुट गर्ने गरी दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार स्वास्थ्य सेवा लिने पत्रकार नेपाल पत्रकार महासंघको साधारण सदस्य हुनु पर्ने छ। स्वास्थ्य सेवा लिन जाँदा नेपाल पत्रकार महासंघकाे सदस्यताको परिचय-पत्र र महासंघको सिफारिस पेश गर्नु पर्ने छ ।जिल्लामा पत्रकारहरुले निर्वाह गरेको सामाजिक उत्तरदायित्व, मर्यादा, स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको योगदान र भूमिकाको मूल्यांकन गर्दै स्वास्थ्य उपचारमा सहजता पुगोस् भन्ने उद्देश्यले सहुलियत दिने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । दूरदराजका जनताले उपचार नपाएको खबर सम्प्रेषण गर्ने पत्रकार नै आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनु पर्ने अवस्था सिर्जना नहोस् भनेर स्वास्थ्य उपचारमा सहुलियत गरिएको उनले बताए ।

मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारहरूको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको पत्रकार महासंघका अध्यक्ष शाहीले बताए । पत्रकारितालाई सेवाका रुपमा लिएर निष्ठापूर्वक आफ्नो पेशामा लागेका पत्रकारहरुले अहिले पनि उपचार देखि विभिन्न अभावहरु झेल्दै आउनु परेको उनले बताए । उनले यस्तो अवस्थामा पत्रकारहरुलाई मध्यनजर गर्दै महासंघको अनुरोधलाई स्वीकार गर्दै स्वास्थ्य सेवामा सहुलियत प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । यसले मोफसलमा रहेर पत्रकारिता गर्ने पत्रकार र उनीहरूको परिवारलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे ।

महासंघले जिल्लामा रहेका अन्य अस्पतालहरूसँग पनि समन्वय गर्ने जनाएको छ । योसँगै निजी तथा आवासीय विद्यालयहरूसँग समन्वय गरेर शिक्षामा पनि सहुलियतका लागि प्रयास गर्ने जनाएको छ ।

सुजङ्ग अस्पताल सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा एक मात्र ५० शैयाको सामुदायिक अस्पताल हो । अस्पतालले आर्थिक अवस्था कमजोर भएका अन्य व्यक्तिहरूलाई पनि सहुलियत दिँदै आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा