कविता : अपराधी
February 14, 8:14
तिम्रा हरेक शब्दकोषले अपराध गर्नेलाई मात्र
अपराधी माने पनि,
म मान्न तयार छैन, प्रिय
हो,,,
हत्या हिंसा बलात्कार
चोरी डैकती लुटपाट
शोषण सामन्ति अत्याचार
गैरकानूनी भ्रष्टाचार
यि सबै अपराध हुन।
हत्या हिंसा गर्ने अपराधी हो,
बलात्कारी भ्रष्टाचारी अपराधी हो,
शोषक सामन्ति अपराधी हो।
तर,,,,,
यत्तिले मात्रै कहाँ अपराधको क्षेत्र समेट्दछ ररु
जब कोही अन्जानमा
तिम्रो नजीक हुने समिपमा
तिम्रो मायाको अन्धभक्त हुन्छ।
तिम्रो सम्झनामा छटपटाउँछ।
तिम्रो मुस्कानमा पौडीन पुग्छ !
तिम्रो तस्विरमा समय बित्छ !
तिम्रो अनुपस्थितिमा संसार फिक्का लाग्छ !
तिम्रा खुसीयालीका सपना बुनिरहन्छ !
तिमीलाई पाउने आशमा भौतारीरहन्छ !
सोच,,
तिमी जस्तो ठुलो अपराधी
अरु कोई छैन !
तिमी अपराधी हौ, प्रिय !
अपराधी
दिल चोर्ने अपराधी।।
✍️ कुश्मा भट्ट,धनगढी
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:40
April 16, 10:55
October 12, 3:52
October 16, 5:39
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा