मनिराव वाङमय पुरस्कार वरिष्ठ समालोचक दधिराज सुवेदीलाई प्रदान

Dadhiraj Subedi
Dadhiraj Subedi
June 29, 7:27

धनगढी,  असार १४ - यस वर्षको मनीराज वाङ्मय पुरस्कार वरिष्ठ समालोचक दधिराज सुवेदीलाई प्रदान गरिएको छ । आज धनगढी स्थित कैलाली जनपुस्तकालयमा एक कार्यक्रममा आयोजना गरी सुवेदीलाई १ लाख धनराशिको उक्त पुरस्कार हस्तानन्तरण गरिएको हो । 

1

सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ले उनलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । २००४ सालमा विराटनगरमा जन्मेका सुवेदी विगत ४ दशक देखि नेपाली साहित्यमा सक्रिय स्रष्टाका रूपमा स्थापित छन् । 
उनका तीन दर्जन कृति प्रकाशन भइसकेका छन् भने देशभरका तीन सय बढी संस्थाले उनलाई नागरिक अभिनन्दन समेत प्रदान गरिसकेका छन् । महाकाव्यकार मनीराज जोशीका छोरा गोविन्दराजले स्थापना गरेको मनीराज वाङ्मय पुरस्कार सुवेदीलाई प्रदान गरिएको हो । 
भाषा विज्ञ एवं साहित्यकार डिल्लीराज फुलाराको संयोजकत्वमा गठन भएको तीन सदस्यीय समितिले गरेको सिफारिसानुसार यस वर्ष उक्त पुरस्कार सुवेदीलाई दिने निर्णय गरेर प्रदान गरिएको नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी ९कैलाली० का अध्यक्ष पदमराज जोशीले बताए । 
पुरस्कार ग्रहणपछि सुवेदीले पुरस्कारले एउटा स्रष्टालाई पुरस्कृत गर्ने भन्दा पनि समग्र मेची महाकालीलाइै जोड्ने अभियान प्रारम्भ गरेको प्रतिक्रिया दिए । 
गत वर्ष उक्त पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई प्रदान गरिएको थियो ।

234

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा