बाजुरामा १६ वर्ष पछि एक अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको अभियुक्त
जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको अभियुक्त
February 24, 5:17

 बाजुरा १२ फागुन/ हत्या गरी फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी गिरीबाडा बस्ने भरत गिरीलाई १६ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ ।

२०६३ साल माघ ४ गते साँझ साढे ७ बजेको समयमा गाउँकै नवराज भन्ने प्रभु गिरीको हत्या गरेर १६ वर्षदेखि भारतको उत्तराखण्डमा बस्दै आएका गिरीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरिएको हो ।

नवराज गिरीको हत्या भए लगत्तै जिल्ला प्रहरी कार्यालयमा पिडित पक्षले जाहेरी दिएपछि अभियुक्त भरत गिरी फरार भएका थिए । तत्काल मृतकका दाईले किटानी जाहेर दिई अनुसन्धान पश्चात १२ जना माथि अनुसन्धान भएकोमा भरत गिरी घटनास्थलबाट सोही दिन फरार रहेका थिए ।अभियुक्त गिरीलाई जिल्ला अदालत बाजुराबाट मिति २०७८ साल माघ ४ गते सर्वश्वसहित जन्मकैदको फैसला ठहर गरेको थियो । २०७० साल भदौ २१ गते सम्मानित सवर्ोच्च अदालतबाट फरार मुख्य अभियुक्त भरत गिरीलाई जन्मकैदको फैसला ठहर भएको थियो ।

अभियुक्त भरत गिरीलाई घटना घटेको दिनदेखिनै खोजतलास गर्दा कतै फेला नपरी भारतका विभिन्न स्थानमा लुकिछिपि बस्दै आएको खवर पछि इन्टरपोल संगको समन्वय तथा भारतीय प्रहरीको सहयोगमा १६ वर्ष पछि अभियुक्त गिरीलाई भारतको उत्तराखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख चर्तुभुज ओझाले बताएका छन् ।

उनका अनुसार १६ वर्षदेखि फरार रहेका अभियुक्त गिरीलाई कानुनी प्रकृया पुर्याई २०७८ साल फागुन १० गते पक्राउ गरी जिल्ला अदालतमा पठाएको छ ।

No description available.

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा