सांस्कृतिक सङ्घ चुरे समिति गठन 

सांस्कृतिक सङ्घ चुरे समिति गठन 
सांस्कृतिक सङ्घ चुरे समिति गठन 
March 19, 6:41

धनगढी – नेपाल सांस्कृतिक सङ्घको स्थानीय पालिका गठन प्रक्रिया अन्तर्गत नेपाल सांस्कृतिक सङ्घ चुरे गाउँपालिका तदर्थ समिति गठन शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । 

  नेपाली काङ्ग्रेस चुरे गाउँपालिका सभापति हेम विक्रम शाहको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य लक्ष्मी भण्डारी र नेपाली काङ्ग्रेस महासमिति सदस्य धना थापा  विशिष्ट रहनु भएको थियो ।

No description available.

  सो कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य धना थापा, नेपाली काङ्ग्रेस प्रदेश सदस्य लक्ष्मी भण्डारी, जिल्ला सदस्य दिलबहादुर भाट, नेपाली काङ्ग्रेस प्रदेश महाधिवेशन द्वय दीर्घ देउवा, प्रेम सुर्जामगर, नेपाली काङ्ग्रेसका क्षेत्र न-४ का निबर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशी, नेपाली काङ्ग्रेसका निबर्तमान चुरे सह सभापति टिकाराम ढुङ्गाना, पूर्व क्षेत्र न-४ का सदस्य कलाधर कँडेल, पूर्व जिल्ला सल्लाहकार भोजबहादुर छेडाल, नेपाल शिक्षक सङ्घ सुदूरपश्चिम प्रदेश सदस्य केशवराज ओझा, नेपाल सांस्कृतिक सङ्घका केन्द्रीय सदस्य प्रेम विवश चन्द, नेपाल तरुण दलका क्षेत्र न-४ का कार्यवाहक अध्यक्ष खगेन्द्र खडायत, चुरे गाउँपालिका वडा न।६ वडा सभापति प्रेम गौतम, वडा न-५ का सभापति  जयपाल धामी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अतिथिलाई स्वागत नेपाली काङ्ग्रेस चुरे गाउँपालिका  उपसभापति चक्र बोहराले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नेपाली काङ्ग्रेस चुरे गाउँपालिका सचिव प्रदीप मल्लले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल सांस्कृतिक सङ्घको चुरे गाउँपालिकामा दामोदर रिजालको सभापतित्वमा १३ सदस्यीय तदर्थ समिति चयन गरिएको छ ।

त्यस्तै  सदस्यमा धनसरा साउँद, जितबहादुर खडायत, जीवन थापा, कुमार सुर्जामगर, रघुप्रसाद उपाध्याय, बुद्धि सागर सापकोटा, मिलन अधिकारी, पदम बहादुर खडायत, रोशन विष्ट, धिरज धामी र प्रदीप नेपालीलाई चयन गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा