बैतडीमा गाडी क्षमता भन्दा बढी यात्रु बोक्दा पनि प्रशासन मौन

क्षमता भन्दा बढी यात्रु बोक्दै बलेरो गाडी
क्षमता भन्दा बढी यात्रु बोक्दै बलेरो गाडी
March 28, 9:22

बैतडी १४ ,चैत्र /  बैतडीका स्थानीय तथा शाखा सडकहरूमा यातायात व्यवसायीले मनोमानी भाडा, क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको छ । विभिन्न बहानामा यात्रुहरू ठगिन थालेको र जोखिम पूर्ण यात्रा गर्न बाध्य भएको यात्रुहरुको गुनासो रहेको हो ।

बैतडीको ढोल्यामोड देखि पुर्चौंडी हाट सम्म १६ किलोमिटर सडक भएपनि भाडा भने ५ सय तिर्नुपरीरहेको गुनासो आएको छ । जथाभावी भाडा असुल हुँदा समेत सरोकारवाला निकायहरुको ध्यान नगएको गुनासो रही आएको छ । मनोमानी भाडाका साथै क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम समेत बढ्दै गएको पुर्चौंडीका स्थानीय पुरन ऐरले बताए । जिपको पछाडि र छतमा समेत व्यवसायीले यात्रु बोक्ने गरेको उनले बताए । उनले भने ‘हामीले भाडाका बिषयमा के भन्न सक्तैनौं । सरोकारवाला निकायहरुको ध्यान नै गएको छैन् ।’

यस्तै सतबाँझदेखि सुर्नयाको भाडा पनि निकै महंगो भएको तर सरोकारवाला निकायले ध्यान नदिएको यात्रुहरुले गुनासो गरेका छन् । सडकमा गाडी चलेको बेला गाडीमा चढेर आवतजावत गर्नुपर्ने तर भाडाका कारण समान्य नागरिकलाई गाडी चढ्नै मुस्किल भएको सुर्नया ६ का दिवाकर अवस्थीले बताए । उनले भने ‘जिपमा यात्रा गर्दा निकै महंगो भाडा छ । समान्य नागरिकको पहुँच भन्दा बाहिर जाने हिसाबले जिप व्यवसायीले भाडा असुल गर्ने गरेका छन् ।’ सतबाँझदेखि सुर्नयाको वडा नं ६ सम्म चारसयदेखि साढे चार सय सम्म भाडा असुल्ने गरिएको छ।

बढी भाडा तिर्नुपर्ने र सिट क्षमता भन्दा माथि यात्रुको ज्यान जोखिममा राखी छतमा समेत यात्रु बोक्दा समेत स्थानीय प्रशासन, यातायात व्यवसायी, ट्राफिक प्रहरी सुरक्षा बल कसैले पनि वास्ता नगरेको पुचौंडीका स्थानीय ऐरले आरोप लगाएका छन् । उनले लेखेका छन्, ”ढोक्यामोड देखि पुर्चौडी नगरपालिका सम्म १६ किलोमीटर बाटोको  ५०० भन्दा माथि भाडा पर्छ  सिट क्षमता भन्दा माथि र छत मा यात्रु बोक्ने यातायात बेवसाइ र ट्राफिक प्रहरी  सुरक्षा बल बैतडी  पुर्चौडी सिहदर्वार को लापरबाही सरोकारवालाको अनदेखी । ले नागरिक असुरक्षित छ्न। सरोकारवाला सङ्गै नागरिक पनि सचेत र जिम्मेवार बन्नु आउसेक छ ।” सो कुराको ज्वलन्त उदाहरण एवम् प्रतिनिधिमूलक घटना स्वरूप हामीले बैतडीको पुचौंडीका पुरन सिंह ऐरले सामाजिक सञ्जालमा राखेको स्ट्याटस समावेश गरेका छौँ । सो स्ट्याटस लेखेको भन्दै ऐरलाई विभिन्न ठाउँबाट धम्की पूर्ण शैलीमा स्ट्याटस हटाउन दवाव समेत आइरहेको उनले बताएका छन् ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

अछाममा आगोले जलेका घाइतेलाई प्रधानमन्त्रीको निर्देशनमा…
धनगढी - आगलागीमा परेर गम्भीर घाइते भएका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.-८ कोसेडीका दुई… विस्तृतमा
सुदूरपश्चिममा काँग्रेस संसदीय दलको कार्य विभाजन…
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस भित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन… विस्तृतमा
दार्चुलामा गठबन्धनका कार्यकर्ताले अवरुद्ध गरेको सडक…
दार्चुला - दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ। नेकपा एमालेका… विस्तृतमा
‘राष्ट्रपतिको संविधान विरोधी कदम भन्दै कैलालीका सत्तारुढ भातृ…
धनगढी  - सरकारमा सहभागी दलहरूका कैलाली स्थित भातृ तथा युवा सङ्गठनहरूले नागरिकता विधेयकमा… विस्तृतमा