अछामको ढकारीमा एमालेबाट अध्यक्ष र उपाध्यक्ष चयन

April 13, 10:12

अछाम ३० चैत्र / अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट धर्मबहादुर शाही उम्मेदवार चयन भएका छन्। उपाध्यक्षको उम्मेदवारमा युवा नेतृ एमाले अछामकी सदस्य मायादेवी बुढा चयन भएकी छिन्।  

त्यस्तै, आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका लागि पालिकाको वडा नम्बर ३ बाट धनबहादुर बुढा, ४ बाट नैनसिंह बुढा र ८ बाट दीपेन्द्र खड्कालाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको बताइएको छ। एमालेको ढकारी गाउँ कमिटिले एक भेलाको आयोजना गर्दै अध्यक्ष, उपाध्यक्षसहित तीन वटा वडाका अध्यक्षका लागि उम्मेदवार चयन गरेको हो। ढकारी गाउँपालिकामा जम्मा आठ वटा वडा रहेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा